मनका धनी मानसिंह


बाला राई
छाङवन – गत अप्रिल २५ मा नेपालमा गएको विनाशकारी महाभूकम्पले हरेक नेपालीलाई मर्माहित मात्र बनाएन विचल्लीको अवस्थामा पुर्याएको छ  । ‘आफ्नो देश विपत्तिमा पर्दा हामी परदेशमा बस्नेहरु कहाँं हाँस्न सक्दा रहेछौं र ?’ विगत एकदशकदेखि दक्षिण कोरियाको थेगु शहरमा नेपाली रेष्टुरेष्ट चलाइरहेको मानसिंह गुरुङ  भन्छन् ।

 

ओखलढुंगा सेवा समाज दक्षिण कोरियाका अध्यक्ष एवं व्यवसायी गुरुङ आफ्नो परिवार तथा आफन्तजनमा कुनै क्षति नभएपनि भूकम्पबाट क्षतिग्रस्त नेपाल र नेपालीप्रति चिन्तित छन् । भन्छन्, ‘यतिखेर  विपदमा परेका नेपाल र नेपालीको सहयोगार्थ देशविदेशमा बस्ने नेपालीहरु एकजुट भएर सहयोगी हातहरु बढाइरहेका छन् । सबैमा यस्तै सहयोगी भावना भयो भने देश छिटै बन्न सक्छ ।’ उनी थप्छन् , ‘ दैविप्रकोपले जे हुनु भइगयो अब सबै मिलेर देश पुर्ननिमार्णमा लाग्नुपर्छ । ’

 

यस्तो बेला त्यही गएर भूकम्प पिडितहरुको लागि केही गर्ने मन भएपनि आफ्नो व्यवसाय र कार्यव्यस्तताको कारणले जान नसकेपछि सहयोग जुटाउने कार्यमा लागि परेका  छन् । उनका अनुसार ओखलढुंगा सेवा समाजले कोरियामा प्रदर्शन गरेको नेपाली चलचित्र रेशम फिलिलिबाट उठेको रकम १६ लाख ६६ हजार ६ सया ६६ वन नेपाली दूतावासको भूकम्प पिडित राहत कोषमा पठाइसकेको छ । त्यसैगरी उनी सहित ओखलढुंगावासी र अन्य व्यक्तिहरुबाट सहयोग संकलन गरि महाभूकम्पमा परि ओखलढुंगा जिल्लामा मात्र ज्यान गुमाएका १९ जनाको परिवारलाई राहत स्वरुप दुई लाख ७५ हजार नेपाली रुपैयाँ समेत पठाइसकिएको छ । ‘ हामीले मृतकका परिवारलाई सम्वेदना दिदै प्रोत्साहन स्वरुप थोरै सहयोग गर्न खोजेका हौं ,’ मानसिंह भन्छन् ।

 

२०१६ सालमा रुम्जटारमा जन्मेका मानसिंह गुरुङ व्यापार व्यवसायका साथै विदेशी भूमिमा रहेपनि आफ्नो जन्मभूमिको लागि केही गर्नुपर्छ भन्ने मानसिकता पालेका छन् । त्यसैले कोरियामा बस्दै आएका ओखलढुंगाका नेपालीहरुलाई एकजुट गरी केही समय अघि उनकै अध्यक्षतामा ओखलढुंगा समाजसेवा दक्षिण कोरिया तदर्थ समिति गठन गरेका छन् । कोरियामा रहेका ओखलढुंगावासीहरुले आपतविपतमा हातेमालो गर्दै सामुहिक समाधान गर्ने उद्देश्यले उनकै अध्यक्षतामा गठित संस्थाले भविष्यमा ओखलढुंगाको रेडक्रसलाई एउटा एम्बुलेन्स किन्ने एवं रुम्जटारमा बन्दै गरेको पुर्वाञ्चलकै ठुलो गुम्बालाई पनि सहयोग गर्ने योजना बनाएको छ ।

 

व्यापार व्यवसायका साथै सामाजिक कार्यमा पनि त्यत्तिकै सक्रिय मानसिंह गुरुङ व्यवसायले रेष्टुरेन्ट संचालक हुन् । थेगु  ट्रेनस्टेशन नजिक धोङसङरोमा अवस्थित उनको  बालाजी रेष्टुरेण्टमा नेपाली, नेवारी  र इन्डियन खानाका परिकारहरु राखिएका छन् । उनको रेष्टुरेन्टमा नेपाली र इन्डियन स्वादका विभिन्न स्वादिष्ट परिकारका साथै नेवारी खानाका सेटहरु राखिएका छन् । दुई जना कुकसहित  गुरुङ र उनका श्रीमती आफैं रेष्टुरेन्टमा खटिन्छन् ।  उनका अनुसार नेवारी सेटमा हाँसको पोलेर साँदेको छोइला,  ताइचिनको चिउरा, फ्राइ अण्डा, आलू, बोरी र तामाको रश, भटमास साँदेको, रायले साँदेको साग, बँदेलको साँदेको सुकुटी र मूलाको अचार रहेको छ । त्यस्तै पाँच प्रकारका मःम, नेपाली स्वादको चाउमिन, थुक्पा, नेपाली खानाका सेटसहित इन्डियन स्वादका थुप्रै परिकारहरु राखिएका छन् ।

 

ओखलढुंगाको रुमजटारबाट प्रवेसीका उतिर्ण गरेर २०३४ सालमा काठमाडौं हानिएका मानसिंहले कानुन र राजनीतिशास्त्रमा स्नातक गरेपछि केही समय वकालत समेत गरे । तर वकिल पेशा उनलाई त्यति मन परेको थिएन । त्यहिबेला २०३८ सालमा नेपाल राष्ट्रिय वाणिज्य बैंकको कानुनी विभागमा जागिरे भए । आठवर्ष बैंकमा जागिर खाएका मानसिंहले जागिर खानुभन्दा आफैले कुनै व्यापार व्यवसाय गर्न उचित ठाने । अनि जागिर छाडेर लागे व्यापारतिर । काठमाडौं, बैंकक र हङकङमा व्यापार गर्दागर्दै सामाजिक कार्यमा समेत सक्रिए रहेका गुरुङले २०५१ सालमा काठमाडौंमा ‘ग्रामिण समुदाय उत्थान संघ नेपाल’को स्थापना गरे ।

 

विशेषगरी ग्रामिण समुदायको हतहितको लागि स्थापित संस्थाले दोलखा र ओखलढुंगाका विभिन्न ठाउँंमा गएर पिछडिएका वर्गको आयआर्जन गर्ने एवं दक्ष जनशक्ति उत्पादन गर्ने जस्ता तालिम दिने काम गर्न थाल्यो । ‘आफु मात्र नभई आफ्नो समुदायको लागि पनि केही गर्नुपर्छ भन्ने सोच थियो त्यसैले संस्था दर्ता गरेर ग्राणिम भेगमा धेरै कार्यक्रमहरु पु¥यायौं’, उनी सम्झन्छन् । तर त्यो बेला नेपालमा भएको द्धन्द्धकालिन अवस्थाले गर्दा सोचेजस्तो काम गर्न सक्ने वातावरण नभए पछि उनी पूर्णरुपमा विदेशिए ।

 

बैंककको फैराद भन्ने ठाउँंमा नेपाली रेस्टुरेन्ट संचालन गरेका थिए । त्यहिबाट पहिलो पटक सन् १९८८ मा घुम्नको लागि भनेर दक्षिण कोरिया आए । फर्किदा कोरियाको टाइ, सिल्कको स्कार्फ, लगेर थाइल्याण्डमा बेचे । त्यसपछि कोरिया आउनेजाने क्रम चल्न थाल्यो । उनले रेष्टुरेन्ट छाडेर कपडाको व्यापार गर्न थाले । कोरियाको ब्ल्याङकेट, ज्याकेट, ट्राउजर जस्ता सामग्री लगेर बैंककमा बेच्थे । त्यस्तै थाइल्याण्डको लुङगी हङकङको गोर्खा पल्टनमा लगेर बेच्ने गर्थे । पछि हङकङ चीनले लिएपछि भने उनले बिस्तारै कोरियालाई आफ्नो व्यापारिक स्थल बनाउन थाले ।

 

सन् २००६ मा दक्षिण कोरियाको थेगु शहरमा सामान आयात निर्यात गर्ने बाबा ट्रेडिङ कम्पनी खोलेर कोरियामै बस्न थालेका उनले कोरियामा बस्ने नेपालीहरुलाई नेपालको दाल, मसला जस्ता खाद्यसामग्री आयात गरिदिने र कोरियाको लत्ताकपडा, ल्ब्याङकेटलगायतका कोरियन सामग्री नेपाल पठाइदिने काम गर्थे । तर, बिजिनेस भिसामा बस्दै आएका मानसिंहलाई कोरियाको इमिग्रसनले सन् २०१० मा एकर्षको भिषाबाट छ महिनाको भिषामा झारिदियो । अनि पछि फेरी तीनमहिनाको मात्र भिषा लगाइदिएर आफ्नै देश फर्किन भनेपछि उनले व्यापारिक पाटो परिवर्तन गरेर रेष्टुरेन्ट संचालनमा ल्याए ।

 

कोरियाको कानुन अनुसार तत्काल एकलाख डलर बराबरको कोरियन वन जम्मा गरेर रेष्टुरेष्ट खोलेपछि इमिग्रसनले सजिलै विजिनेस भिषा लगाइदियो । उनी भन्छन्, ‘कानुन सबै देशको उस्तै हो सिस्टम मात्र फरक हुन्छ । मैंले नेपालमा कानुन पढेकोले पनि कानुनी रुपमा सबै प्रकृया पुरा गर्न मलाई सजिलो भयो । मैंले गलत काम गरेको भए कोरियामा बस्न पाउँंदिन थिएँं ।’ मान्छे रहरले भन्दा पनि बाध्यताले विदेशिने बताउँंदै गुरुङ अगाडि थप्छन्, ‘जहाँं भएपनि आफ्नो इमान्दारिता देखाउनुपर्छ । हामीले अवसर पाएका छौं यसको दुरुपयोग गर्नुहुन्न । मैंले आयस्रोतको वर्षेनी कर तिर्दै आएको छु ।’

रेष्टुरेन्ट संचालक तथा समाजसेवी मानसिंह गुरुङले रेष्टुरेन्ट सँंगैको चौथो तलासमेत भाडामा लिएर सेल्टर समेत खोलेका छन् । काम नपाएर बस्ने ठाउँं नभएका तथा विभिन्न समस्यामा परेकाहरुलाई उनले आफैसँंग राख्दै आएका छन् । विदेशमा बसेर ब्यापार र समाजसेवामा आफुलाई सक्रिय राख्नुको पछाडि सबैभन्दा ठुलो हात  श्रीमतीको रहेको उनी बताउँछन् । भन्छन्, ‘उनको सहयोग र सर्मथन नपाएको भए म यति सफल हुने थिइन ।’

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...