Advertisement
SKIP THIS

कोरियामा मृतक मनोज ढांगीको आत्माहत्या नै भएको ठहर


सउल

दक्षिण कोरियामा गत मंगलबार (सेम्टेम्बर २०) मृत भेटिएको रेष्टुरेन्ट व्यवसायी मनोज ढांगीको आत्माहत्या नै भएको पुष्टी भएको छ । शनिबार पोष्टमार्टमको प्राथमिक प्रतिवेदनले ढांगीको मृत्यु आत्माहत्याबाटै भएको पुष्टी भएको एनआरएन आइसिसीका प्रतिनिधी केपी सिटौलाले बताए ।

पोष्टमार्ट प्रतिवेदनमा घाँटीमा डोरीको डोब बाहेक अन्य चोट नदेखिएको उल्लेख गरिएको छ । चिकित्कबाट उपचार गर्नेक्रममा छातीमा दवाब दिइदा नाक र कानबाट रगत निस्को र अस्पताल पुराएपछि घाँटीको मुनी प्वाल पारी पाइप हालेर कृतिम स्वाश्प्रस्वाश दिनेक्रममा घाँटीमा चोट लागेको प्रतिवेदनमा उल्लेख गरिएको सिटौलाले जानकारी गराए ।

सिटौलाका अनुसार मृतक ढांगीको मृत्यु भएको दिन विहान १० बजेदेखि सिसी टिभीमा अध्ययन गर्दा पनि एक्लै हिडुल गरेको देखिएको । तर घटना घट्नु भन्दा १ घण्टा १९ मिनट को अन्तरमा भने ढांगीको अवस्था अज्ञात रहेको सिसी टिभीको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सउलको सिन्छोनमा काठमाण्डौ रेष्टुरेन्ट संचालन गर्दै आएका ढांगीले आत्माहत्या गर्नु पर्ने कुनै कारण नखुलेको र एक साजसेवी त्यक्तित्वबाट भएको आत्माहत्यालाई कोरियाको नेपाली समुदायले विश्वासै गर्न नसकेकोले हत्याको आशंका गरेका थिए । नेपालीहरुले मृतक ढांगीको परिवारलाई भेटी , पासो लगाई आत्माहत्या गरिएको ठाउँको र शबको अवलोकन गरेपछि शंकास्पद देखिएको भन्दै छनविनको माग गरिएको थियो ।

साथै ढांगीको नेपालमा रहेको परिवारबाट मृतक ढाँगीको श्रीमति र ठूलो छोरालाई शंका गरी किटानी जाहेर गर्दै कोरिया स्थित नेपाली राजदूताबासमा घटनाको छानविन गर्न माग गरी निवेदन परेको थियो । त्यसैले मृत्यु भएकै दिन घटनामा संलग्न प्रहरीले आत्माहत्याले नै मृत्यु भएको पुष्टी गरेपनि सबैको अथक प्रयासबाट अस्पतालमा मृतक ढांगीको पोष्टमार्टन गरिएको हो । एनआरएन आइसिसी प्रतिनिधी केपी सिटौला, डा. देवि बहादुर बस्नेत र नेपाली दूतावासको विषेश पहलमा प्रहरी प्रशासन र अस्पतालसंग मिलेर पोष्टमार्टन गरेका थिए ।

मृतक ढांगीको कोरिया स्थित श्रीमती र दुई छोराबाट ढांगीको भोली आइतबार कोरियामै सउलको याइ०जे दाहसंस्कार घरमा अत्येष्टी गरिने भएको छ । विहान ११ वजे शब अस्पतालबाट प्रस्थान गरी १ बजे अन्त्येष्टी शुरु गरिने परिवारले जनाएको छ । शनिबार साँझदेखि मृतक ढांगीको शब राखिएको अस्पतालमा श्रद्धाञ्जली आरम्भ गरिने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ती विशेष भेटघाट एवम वनभोज कार्यक्रम’ अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...