Advertisement
SKIP THIS

नयाँ शक्ति कोरिया द्वारा आफ्नो भाबी कार्यक्रम सार्बजनिक गर्दै, प्रत्येक क्षेत्रमा पार्टी प्रबेश कार्यक्रम राखिने


 फोनिज कोरिया सम्बाददाता
नयाँ शक्ति कोरियाले आफ्नो संगठनलाई अझ ब्यापक बनाउन छिट्टै आफ्नो भाबी कार्यक्रम सार्वजनिक गर्ने भएको छ।
यहि सेप्टेम्बर १६ तारिकका दिन राजधानी सउलमा ऐतिहासिक रुपमा कार्यक्रम सफल पारेपछि अझ उत्साहित बनेको नयाँ शक्तिले नब प्रवेशी हरुलाई उचित ब्यबस्थापन गर्न र संगठन लाइ अझ सक्रिय पार्न आफ्ना बिभाग हरुलाइ थोरै परिमार्जन गरेर भाबी रणनीतिहरु ल्याउन लागेको हो । यसका लागि आफ्नो ऐतिहासिक कार्यक्रमको समिक्षा गर्न छिट्टै केन्द्रिय समितिको बैठक बस्ने र उक्त बैठकबाट अन्तरिम समयका लागि केहि आन्तरिक कार्य विभाजन मा समेत हेरफेर हुन सक्ने नयाँ शक्ति कोरियाले जनाएको छ भने पार्टी प्रवेशको लागि धेरै युवाहरुले इच्छा ब्यक्त गरेका कारण भाबि योजनामा प्रवेश कार्यक्रमलाइ निरन्तरता दिदै अब प्रत्येक क्षेत्रमा औपचारिक रुपमा पार्टी प्रवेश कार्यक्रम पनि समाबेश गर्ने नया शक्ति कोरियाले जनाएको छ ।
सेप्टेम्बर १६ तारिक का दिन डेढ सय भन्दा बढी युबाहरु कार्यक्रम स्थल मै पार्टी प्रवेश गरेका थिए । कोरियामा कार्यक्रमलाइ अत्यन्तै सभ्य र भब्य रुपमा सफल पारेको नयाँ शक्ति यतिखेर सबैको बधाइको पात्र बनेको छ । कार्यक्रम स्थलमा सुरक्षा, स्वयंसेवक, अतिथि स्वागत लगायतका बिषयहरु अत्यन्तै चुस्त थिए भने संगठन भित्रका बक्ताहरु पनि समाबेशिताका आधारमा चयन गरेको थियो ।
जस मध्ये दलितबाट प्रबक्ता जिबन बिश्वकर्मा, जनजातिबाट सचिबालय सदस्य लोचन राइ, खस आर्यबाट सचिबालय सदस्य रमेश उप्रेती र महिलाबाट सचिबालय सदस्य नारायणी घर्ति मगरले आफ्नो मन्तब्य राखेका थिए भने सहसंयोजक सी.पी. ओलीले शुभकामना मन्तब्य राखेका थिए । नयाँ शक्तिको नयापनको यो अभ्यासलाई सबैले खुलेर प्रशंशा गरेका थिए ।
 त्यस्तै  कार्यक्रम सफल पार्न उपस्थित जनाउनुहुने महामहिम कार्यबहाक राजदुत ज्यु,एन आर एन ,एन सी सी का प्रतिनिधि हरु ,विभिन्न संघ सस्थाका प्रतिनिधि हरु, राजनीतिक दलका कार्यकर्ता हरु,पत्रकार तथा सामजसेबी हरु लगायत सबै सुभेच्छुक हरुलाई नयाँ शक्ति कोरियाले हार्दिक धन्यबाद समेत प्रकट गरेको छ l

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...