Advertisement
SKIP THIS

नेसासको सांगीतिक एल्बम ‘सहयात्रा ‘को उडान अगष्ट २८ मा


 

सोल-नेपाली साहित्य समाजले ‘सहयात्रा’ एल्बमको विमोचन तथा सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।आगामी अगष्ट २८ मा सांगीतिक तथा साहित्यिक कार्यक्रमको बीचमा सो एल्बमको विमोचन गर्न लागेको हो ।कोरियामा कार्यरत १५ जना सर्जकको शब्द समेटेर नेसासले सो सांगीतिक एल्बमको विमोचन सोलमा गर्दैछ ।

नेपाली साहित्यमा योगदान दिदैं आएका साहित्यकारहरुको गीत,गजलको संयुक्त एल्बम ‘सहयात्रा’ उत्कृष्ट बनेको नेसासकी अध्यक्ष धरति कल्पनाले बताईन् ।नेसासको यो एल्बम विमोचन ऐतिहासिक र संझनालायक हुने उनले विश्वास व्यक्त गरिन् ।यस अघि नेसासले थेगुमा गर्दैं आएको साहित्यिक कार्यक्रम सोलतिरको साहित्यिक सर्जकलाई मध्यनजर गरी गर्न लागिएको सचिव सुरेन्द्र कार्कीले बताए ।
‘सहयात्रा’मा श्रष्टाहरु सायद कृष्ण राई,गंगा पौडेल ,सकुन आँसु ,खगेन्द्र पराजुली ,सुशील राज रेग्मी ,गणेश पौडेल ‘अकबरे’,बिनोद बान्तवा ,मिलन किराँती ,पुर्बेली गाउले ,चन्द्र लामा ‘अनुराग’ ,मणि भुसाल ,यल्जी बिबस ,फडिन्द्र भण्डारी ‘अर्पण’,सुरेन्द्र कार्की र धरती कल्पनाले शब्द कोरेका छन् । कोरियामा कार्यरत चर्चित संगीतकार डि आर अटुको धेरैंजसो संगीत रहेको यो एल्बममा नेपालका ख्यातिप्राप्त गायक गायिका तथा कोरियामा रहेका रोविन रेगम,राजेन्द्र परियारले आफनो स्वर दिएका छन् ।सिडिएम म्युजिक क्रियसनले तयार पारेको उक्त एल्बमको कभर डिजाईन फडिन्द्र भण्डारी ‘अर्पण’ले गरेका हुन् ।

साथैं सांगीतिक एल्बमको विमोचनलाई रमाईलो र मनोरञ्जन प्रदान गर्न लोक गायक सिपि मगर,संगीतकार डि आर अटु, गायकहरु अशोक थुलुंग,साम लिम्बू,रोविन रेगम,सन्दिप नेपाली,राजेन्द्र परियार,अमन तामांग,अमन थिंग,बुद्ध गुरुंग,विनोद वान्तवा,उमेश नेम्वांग र अर्जुन सुब्बाले सांगीतिक प्रस्तुती दिने छन् ।
नेसासले ‘सहयात्रा’ एल्बम बिक्रीवितरणबाट आएको आर्थिक सहयोगलाई कुल रकमको ६० प्रतिशत सेवक नेपाललाई प्रदान गर्ने भएको छ । बाँकी रहेको ४०प्रतिशत रकम नेसासकै कोषमा राखेर साहित्यिक उत्थानमा खर्च गर्ने उद्देश्य नेसासले लिएको छ ।नेसासले आगामी आईतबार हुने कार्यक्रममा कोरियामा रहेका सम्पुर्ण संघसंस्था,राजनीतिक तथा जातिय भातृसंगठन,बुद्धिजीवि,पत्रकार,साहित्यिकार,व्यापारी लगायतलाई सो दिन उपस्थित भएर सहयात्रा एल्बम विमोचन तथा सांगीतिक एल्बमको सोभा बढाईदिन आग्रहसमेत गरेको छ ।

विस्तृत जानकारीको लागि

सहयात्रा एल्बम विमोचन तथा सांगीतिक कार्यक्रम
मिति :२०१६ अगस्ट २८ तारिख, आईतबार
समय: बिहान ११ बजे
स्थान :काठमाण्डौं रेष्टुरेन्ट सोल,
लाईन २ सिन्चोन स्टेसन गेट नं २ बाट ५ सय मिटर अघि
For Taxi:서울시 서대문 구 연재 로 11길 29( 창천동52-152) 2 층
थप जानकारीको लागि
धरति कल्पना: ०१०५९६९७०१०
सुरेन्द्र कार्की :०१०५९५०७४८३
ऐश्वर्य श्रेष्ठ :०१०४८३३६९०८

आयोजक : नेपाली साहित्य समाज दक्षिण कोरिया

invitation

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...