कोरियनहरुको लागि कति सुरक्षित छ अल्कोहल ?
ऐश्वर्य श्रेष्ठ,सोल -कोरियनहरु संसारमा सब भन्दा धेरैं धुम्रपान र मध्यपान गर्ने राष्ट्रमा पर्दछ ।
कोरियामा अल्कोहल पिउन स्वतन्त्रता छ ज जसले जति पिएपनि हुन्छ ।जबसम्म मातेको मान्छेले फटाई गदैंन तबसम्म प्रशासनले पनि कारवाही गदैंन् ।
सार्वजनिक ठांउमा सामान्यत होहल्ला गर्न कोरियामा प्रतिबन्ध जस्तो नैं छ तर मादकपदार्थ सेवन गरेकालाई भने सामान्यत छुट छ ।नेपालमा विभिन्न संस्कृतिमा जाडरक्सीको प्रयोग हुन्छ त्यसरी नैं कोरियनहरुले आफनो संस्कृतिमा मादकपदार्थको प्रयोग गर्छन् ।
कोरियन एकेडेमी अभ फयामेली मेडिसिनले एक विश्लेषण गदैं अल्कोहल उपभोक्तालाई भनेको छ कोरियनहरुको स्वभावमा रिसाहापन र मधुमेहको सिकार बन्नुमा अल्कोहलको प्रमुख हात रहेकोे छ ।
चुंगनाम नेशनल युनिभर्सिटी हस्पिटलका किम जोंग सुंगले भने कोरियनहरुले हप्तामा मिनिमम ११२ ग्राम अर्थात ८ ग्लास पिउछन् जसको कारण खासैं लिभर खराब गर्नलाई असर नगर्ने बताए ।एक ग्लास बराबर १४ ग्राम हुन्छ जसमा एक ग्लासमा १५० एमएल वाइन र ४५ एम एल लिक्वरको मात्र हुन्छ ।त्यसैंगरी वियरमा ३६० एम एल,माकुल्लीमा २५० र सोजुमा ९० एम एल हुन्छ ।किम भन्छन् जब अनुहार रातो हुन्छ त्यस्ता व्यक्तिले तोकिएका भन्दा कम अल्कोहल पिउन सल्लाह दिन्छन् ।अल्कोहलको कारण विभिन्न किसिमका रोगहरु निम्तिने गर्छन् ।