Advertisement
SKIP THIS

कसरी भयो एसएमएसको सुरूवात


एजेन्सीको सहयोगमा
हामी सबैले आफ्नो मोबाइल फोनबाट एस एम एस पठाएकै हुन्छौँ र हामीलाई पनि एस एम एस आएका हुन्छन् । कहिलेकाहीँ तपाइँलाई लाग्दो हो यस्तो छोटो सन्देश सेवा अर्थात् एस एम एसको चलन कसले ल्याएको होला ?

तपाइँलाई त्यो समयको याद पनि होला जब कुनै विशेष पर्वहरुमा कति धेरै एस एम एसहरु मोबाइलमा आदान प्रदान गरिन्छन् की मोबाइल नेटवर्क नै ठप्प हुन बेर लाग्दैन । साँच्चीकै मोबाइल प्रयोगकर्ताका लागि निकै उपयोगी यो छोटो सन्देश सेवा अर्थात् शर्ट मेसेजिंग सर्भिस, एस एम एसको पहिलोपटक आविष्कार भने फिनल्याण्डका म्याटी मेक्ननले गरेका हुन् । पिज्जा खाँदा खाँदै एस एस एसको अवधारणा फुराएका ६३ वर्षका म्याटीको गत वर्ष नै निधन भैसकेको छ । एस एम एसका पिता म्याटी र एस एम एसको कथा रोचक छ ।

फिनल्याण्डको निजामती सेवाका कर्मचारी मेक्नन सन् १९८४ मा डेनमार्कको राजधानी कोपनहेगनमा एक टेलिकम सम्मेलनमा भाग लिन गका थिए । त्यहाँ भोजनका दौरान उनले दूरसंचार विज्ञहरुसँग एउटा प्रश्न राखे, यदि मोबाइल बन्द भयो भने कोहीसँग कसरी सम्पर्क गर्ने रु विज्ञहरुले यसको उत्तर सोँचिरहेका थिए । तर मेक्ननले भने टेक्स्ट मेसेज सर्भिसको अवधारणा निकालिहाले ।

तर सबैले उनको यो अवधारणालाई खारेज गरे । सन् १९८५ मा शोधकर्ता प्रिmडहम हिलब्रांड र उनको टोलीसँग मिलेर म्याटीले एस एम एस प्रविधिमा चुपचाप काम सुरु गरे । त्यसपछि सन् १९९२ मा पहिलोपटक मोबाइलमा एस एम एस पठाउन सफल भए । सन् १९९४ मा नोकिया कम्पनीले पहिलोपटम मेसेज टाइपिंग गर्न मिल्ने फोन बजारमा ल्याएसँगै एस एम एस विश्वभर नै लोकप्रिय बन्यो ।

मेसेज पठाउने त्यो सेवा भलै एसएमएसको नामबाट लोकप्रिय बन्यो तर म्याटीले यसको नाम मेसेज ह्यान्डलिंग सर्भिस राखेका थिए । उनले यसलाई कम शव्दमा सन्देश पठाउने माध्यम ठानेका थिएनन् । उनका अनुसार यो सेवा भाषाको विकाशको नयाँ तरिका थियो । म्याटीले आफैले विकाश गरेको यो प्रविधिबाट पैसा कमाउन भने सकेनन् । किनकी उनले यो प्रविधिको पेटेन्ट अधिकार दर्ता गराएनन् । त्यसैले आफुलाई एस एम एसका पिता भन्दा उनी निकै रिसाउँथे ।

म्याटी लामो समयसम्म गुमनाम रहे । हेलसिन्कीको एक पत्रिकाको संवाददाताले लामो शोधपछि म्याटीलाई पत्ता लगाए । निकै कर गरेपछि म्याटीले मेसेजिंग सर्भिसको सुरुवातका पछाडिको रोचक कहानी बताउन तयार भए । त्यसपछि दुनियाले उनको बारेमा जान्न पायो । फिनल्याण्डको सबैभन्दा ठूलो मोबाइल कम्पनी फिननेटको सिइओ समेत रहेका म्याटी ग्राण्ड ओल्ड म्यान अफ मोबाइल इन्डस्ट्रीको नामले समेत चर्चित रहे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...