Monday, June 23rd, 2025
सन्तोष लिम्बू बने ‘पुल प्रतियोगिताका’ च्याम्पियन

दोश्रो पुल प्रतियोगिताको उपाधि सन्तोष लिम्बूले जितेका छन्। उनले फाइनल प्रतिस्पर्धी रवि शर्मालाई पराजित गरेका हुन्। उनले १५ लाख वन नगद पुरस्कार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए। यसैगरी प्रतियोगितामा रवि शर्मा दोस्रो भएका छ्न्। उनले ८ लाख वन साथै ट्रफ्री मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए। फाइनल खेल बेष्टअप फाइभ सेटमा खेलाएको थियो । विजेता लिम्बुले पहिलो एक सेट र दोस्रो, तेस्रो साेझो सेटमा जितेको थियो । तेस्रो स्थान हासिल गर्ने अर्बिन राना र निगस जंग मगर थिए। उनिहरुले २ लाख वन सहित मेडल र प्रमाणपत्र पाएका थिए।फुर्सदमा
मोक्पोमा दूतावासको घुम्ति सेवा सम्पन्न, राजदूतद्वारा गुम्बामा माने अनावरण

जुन २२ आइतवार नेपाली राजदूतावासले मोक्पोमा घुम्ति सेवा सम्पन्न गरेको छ। यस घुम्ति सेवालाई मोक्पो साम्हो साझा चौतारी- किराँत याक्थुङ् चुम्लुङ् छल्लादो-नेपाल मगर संघ मोक्पो छल्लादो शाखाले संयुक्त व्यवस्थापन गरेको थियो। राहदानी नवीकरण (E-Passport Renewal) घुम्ती साथै राजदुत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम र अतिरिक्त श्रमिक सचेतना तथा मानसिक स्वास्थ्य समस्या सम्बन्धि काउन्सेलिङ कार्यक्रम पनि सम्पन्न गरिएको थियो। यसैगरी मोक्पोमा अवस्थित हुन्डाई साम्हो पानीजहाज कम्पनीको निमन्त्रणामा नेपाली राजदूतद्वारा पहिलो पटक अफिसियल भ्रमण गरिएको थियो। भ्रमणका क्रममा कामदारको स्थिति , कम्पनीको वस्तुगत अवस्था अवलोकन गरिएको थियो। यस कम्पनीमा करिबफुर्सदमा