Monday, May 26th, 2025
नेपाल मगर संघ दक्षिण कोरियाद्वारा भुमे पूजा तथा वनभोज कार्यक्रम गर्ने

दक्षिण कोरिया, २६ मे २०२५ – नेपाल मगर संघ दक्षिण कोरियाले आउँदो जुन १४ र १५, २०२५मा भुमे पूजा तथा वृहत वनभोज कार्यक्रम भव्य रूपमा आयोजना गर्ने भएको छ। संघका सम्पूर्ण शाखाहरूको सहभागिता र थेगु शाखाको मुख्य व्यवस्थापनमा हुने यो कार्यक्रमले प्रवासमा रहेका नेपाली समुदायबीच आपसी मेलमिलाप र मगर समुदायको सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने उद्देश्य राखेको जनाएको छ। मगर संघ थेगु शाखाकी अध्यक्ष दिक्षा मगरले कार्यक्रमको मुख्य उद्देश्य बारे जानकारी दिँदै भने, “यो कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच भेटघाट र दुखसुख साटासाटको अवसरप्रदान गर्नेछ। साथै, मगर समुदायको परम्परागत भुमे पूजा रफुर्सदमा
कोरियाको सुवनमा भव्यताका साथ ‘साकेला’ मनाइयो

किरात राई यायोक्खा दक्षिण कोरियाले आइतवार सुवनमा साकेला मनाएको छ। कोरियाको ऐतिहासिक स्थल ह्वासमूनको पार्कमा कार्यक्रम आयोजना गरिएको थियो। नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष विशन राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुजारी लोचन राईले आफ्नो परम्परा अनुसार पूजा अनुष्ठान गरेर साकेला नाच सुरु गरेका थिए। कार्यक्रममा किरात याक्थुङ चुम्लुङले केलाङ समेत प्रस्तुत गरेको थियो। साकेला मनाउनको निम्ति कोरियाकोविभिन्न स्थानबाट नेपाली समुदाय उल्लेख्य रुपमा उपस्थित भएका थिए। साकेला नाचको साथमा राई समुदायको मौलिक परिकारहरुपनि वितरण गरिएको थियो। यायोक्खाले मे १८ तारिख जेजुदोमा साकेला मनाएको थियो भने जुन १ तारिख बुसानमा मनाइने भएकोफुर्सदमा