Saturday, June 22nd, 2024
यूवा तथा खेलकुद मन्त्री श्रेष्ठ कोरिया आउने
माननिय यूवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराज भक्त श्रेष्ठ कोरिया भ्रमणमा आउने भएका छन्। यहि जुन २८ तारिख देखि एक हप्ते कार्यक्रम लिएर उच्च स्तरीय टोली सहित माननिय श्रेष्ठ दक्षिण कोरिया आउन लागेका हुन्। दक्षिण कोरियाको संस्कृती तथा खेलकुद मन्त्रालय र “कोईकाको ” निमन्त्रणामा दक्षिण कोरिया आउन लागेक हुन्। भ्रमणका क्रममा युवा तथा खेलकुद मन्त्री श्रेष्ठले कोरियाको संस्कृती तथा खेलकुद मन्त्री यु ईन छोनसंग उच्च स्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्तामा दुई देश बीच खेलकुदको विकास तथा अन्य विषयहरुमा सम्झौता गर्ने कार्यक्रम रहेकोफुर्सदमा