Advertisement
SKIP THIS

कोरीया देखी नेपाल सम्म नौभाग्यको चम्केको भाग्य


अशोक पोख्रेल
प्रगतिको शिखरमा पुग्नुछ तर शुरुवात आफैंबाट, यो भनाइ वास्तवमा आफैंमा सत्य छ। प्रतेक मानिसले जन्मसंगै खास विशेषता र प्रतिभा लिएर आएका हुन्छन तर जसलाइ चिन्न सक्नु र प्रयोग गर्नसक्नु फरक कुरा । हुन त कसैलाइ शारीरिक सौन्दर्यका साथै भित्री प्रतिभा दुवैले साथ दिएको हुन्छ भने कसैलाइ कुनै एउटाले त साथ दिएकै हुन्छ । तर हरेक मानिसमा कुनै न कुनै प्रतिभा चैं हुन्छ नै यसमा दुइमत नहोला ।
यस्तै वाहिरी सौन्दर्य अनि भित्री प्रतिभा दुवैले साथ दिएका स्याङजा मल्याङकोट दार्सिङमा जन्मेका हाल पोखरा निवासी विरेन्द्र कुमार नौभाग्य रहेकाछन्। सन् २००८ बाट नेपाली म्युजिक भिडीयोमा प्रवेश गरेका नौभाग्यले हाल सम्म करीब २० भन्दा बढी नेपाली म्युजिक भिडीयोमा अभिनय प्रस्तुत गरिसकेका छन् । इपियस पद्धतीबाट सन् २०११ मा नेपाली कामदारको रुपमा कोरीया आएका नौभाग्यले कामको साथ-साथै कलाकारिता( अभिनय) लाइ पनी संगै लगेका थिए । कोरिया बसाइको क्रममा खेलकुद, लगायत विभिन्न सामाजिक क्षेत्रमा सहयोगी र सहभागी रहंदै आएका उनी स्याङजा परिवार गणतन्त्र कोरीयाको कलाकार छनौट समितीमा समेत रहेर काम गरेका थिए ।
कोरीयाको हरेक जसो नेपाली कार्यक्रमहरुमा नौभाग्यको दम्दार नृत्य प्रस्तुती रहनेगर्दथियो । खास गरेर कोरीयाका शहरहरु वुसान, किम्हे, याङसान,उल्सान, छाङवन वरपर नौभाग्य र उनकी जिवन साथी अनीता राइ ( नौभाग्य)को एकल तथा जोडी नृत्य हुने गर्दथियो । समय मिले सम्म आफु साथमा जिवन साथी अनितालाइ लिएर पुग्ने गर्दथे । नौभाग्य आउने खबर पाएपछी कार्यक्रममा नेपालीहरुको ठुलो भिड हुने गर्दथियो भने उनका फ्यानहरुको संख्या पनी ठुलै थियो। गाउँको लुरे नामक पहिलो म्युजिक भिडीयोबाट नृत्य अभिनय गरेका नौभाग्य अहीले तिमी हाँसी-हाँसी मायालुको निर्देशक तथा अभिनय समेत गर्न सफल भएकाछन् ।
कोरीयाको पाँच बर्षे अवधी सकेर नेपालमा रहेका उनी तिजका गित देखी लिएर विभिन्न म्युजिक भिडीयोका गितहरुमा भ्याइनभ्याइ रहेकाछन्। सुन्दर तथा आकर्षक शारीरिक संरचना रहेका नौभाग्यको मोडलीङ तथा नृत्य अभिनयको संयोजन साँच्चै राम्रो देखीएको छ । अहीले भर्खरै कपील लामाको निर्देशन, प्रविन थापाको संगीत रहेको ” नमेटीने अतित” नामक एल्बम अविरल म्युजिकले बजारमा लियाएको छ । जसमा प्रमोद खरेलको स्वर, सुरेश श्रेष्ठको छायाङकन,सुजन शाहीको इडिटीङ साथै रितु गुरुङ (२०१५ को मिस गुरुङ) र विरेन्द्र नौभाग्येको मुख्य अभिनय रहेको छ ।
यसरी समग्रमा हेर्दा र भन्नुपर्दा कोरीया देखी नेपाल सम्म आफुमा भएको प्रतिभालाइ नौभाग्यले निरन्तरता दिन सफल भएकाछन् । अहीले नेपालमा सबैले चाहेका र रोजेका कलाकारको अगिल्लो पंतिमा रहन पनी सफल भएकाछन् । यसरी चम्कीदै गरेको नौभाग्यको भाग्य सधैं चम्कीरहोस हामी सबैको यही छ कामना ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...