धन्न घाटी काट्न परेन


मञ्जु गुरुइ०

 

गत विहिबार दिउसो खाना आएर कोठामै आराम गरिरहेका थियौ । पल्लो कोठाको बहिनी आएर तारा दिदीको घाटीमा दाँत अड्कियो भने । सुनेर तुरुन्तै दौडिए । कहाँ , कसरी  प्रश्न तेर्सादै म उनी भएको ठाउँमा पुगे ।  तारा बहिनी औला मुखमा घुसार्दै वाक वाक गरिरहेका थिए । गएर हत्त न पत्त ढाडमा हातलो थप्थपाए । तर केही शिप लागेन । वाक वाक गर्दा गर्दै हल्का रगत देखिन थाल्यो ।

लौ लौ अस्पताल जौ भनेर कोठाबाट निस्कीयौ । ट्याक्सी चड्यौ । नजिकैको अस्पताल आजुतिर हुइक्यौ । आपतकालिन कक्षामा पुग्यौ । नेपालको जस्तो जान साथै बेडमा राखेर डक्टर नर्सहरुले हेलार्न भनेको त कहाँ हुनु र । काउन्टरमा नाम लेखाएर टिकट लिएपछि अर्को कोठा भित्र छिर्न पाइयो । कोठामा लहरै बसेका कर्मचारीको अघिल्लो टेबलमा बसेर विरामीको पूर्ण विवरण उल्लेख गरेपछि डक्टरको कोठा जान भने । आधा घण्टा जति कुरेपछि डक्टरको कोठामा पुग्यौ ।

एक्सेरे गरेर हेरे । निकाल्न सकिने र  निकाल्ने बेला रगत आउन सक्ने भएकाले जवाफदेही पत्रमा हस्ताक्षर पनि गराएर पर्खन लगाए । झण्डै पौने घण्टा जती कुरेपछि डक्टरले बोलाएर सिटी स्क्यानीइ० गर्नुपर्छ भने । त्यसपछि शल्यक्रिया गर्नु पर्ने अवस्था आउन सक्ने बताए । जसको लागि २० देखि ३० लाख कोरियन वन अर्थात २ देखि ३ लाख रुपियाँ खर्च हुन सुनाए ।

उनी विदेशी भएकाले कोरियन भन्दा दोब्बर शुल्क रे अनि विमा पनि निश्क्रृय रे । काम छाडेको बेला विमा पनि निश्क्रीय हुने व्यवस्थाले उनको उपचार महगो देखियो । तारा इपिएस मार्फत कोरिया आएको वर्ष दिन भयो । हाल उनी काम छाडेर नयाँ कामको खोजीमा छन् । त्यसैले तारा करिब १५ दिन अघि हाम्रोमा बस्न आएका थिए ।

खाना खानेक्रममा बंगरामा भएको नक्कली दाँत फुस्केर अचानक सर्किदा दाँत निलि पठाएका रहेछन् । घाटीमा दाँत अड्केको पनि ३ घण्टा जति भइसकेको थियो । अस्पतालमा पालो कुरेर बस्दा पनि तारा शौचालयमा गएर वाक वाक गर्न छाडेका थिएनन् । उनको दुखाई बढ्दै थियो । त्यसैले हामी अस्पतालबाट निस्क्यौ ।  सुवन स्टेशन नजिकै अस्पताल इ छुन थेकमा पुग्यौ । त्यहा प्रशासनका एक अधिकृतसंग परिचित भएकाले उनैलाई गुहारयौ । उनकै आदेशमा ताराको घाटीमा अड्कीएको दाँतलाई निकाल्ने प्रयास गरियो ।

क्यामेरा घाटीभित्र छिराएर मनिटरमा हेर्दै मुखबाट दाँत निकाल्ने प्रकृया शुरु गरियो । एक डक्डर दुई नर्सको टोलीले आधा घण्टा भन्दा बढी समय लगाएर अथक प्रयासमा बल्ल दाँत निकाल्न सफल भए । हामी सबैको लागि ठूलो युद्ध जिते झै भयो ।

दुई वटा दाँत दुई तिर तार भएको । घाटीको दुवै भित्तामा तार अड्कीएकाले दाँत निकाल्न सजिलो थिएन ।

घाटीको भित्री भाग सुनिएकोले २४ घण्टा पानी खानइ ,दुई दिन अस्पतालमा बसेपछि उनी साधारणरुपमा घर फकिए । उपचार खर्च ५० प्रतिशत कटौती गरेर ३ लाख ५० वन मात्रै विल आयो । यदी आजुमै बसेको भए कुर्दा कुर्दै घाटी सन्निएपछि दाँत निकाल्न कठिन हुने भन्दै शल्यक्रीया गराउन गलाउथे होला । धन्न घाटी काट्न परेन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...