यौंनदासीको कथा कोरियन पाठयक्रममा
ऐश्वर्य श्रेष्ठ
सोल-दक्षिण कोरियाका बालबच्चाहरुले अब दोस्रो विश्वयुद्धताकाको यौंनदासीको बारेमा अध्ययन गर्न पाउने भएका छन् ।
जापानी सिपाहीहरुले विश्वयुद्धताका कोरियनहरुलाई कसरी यौंनदासी बनाए त्यसबारेमा पाठयसामाग्रीमा समावेश गर्ने भएको छ ।
आउदो बर्षबाट लागु गरिने यो सामाग्री कोरियन महिलाहरुलाई कसरी यौंनदासी बन्न बाध्य पारियो सो कुराको उल्लेख छ ।
कोरियन सरकारले बुधबार जनाए अनुसार सो सामाग्री प्राथमिकदेखि माध्यमिक तहमा पनि अध्यापन गराईने बताएको छ ।जापानी सिपाहीहरुले उक्त समय कोरियन महिलाहरुलाई आनन्द दिने महिलाको संज्ञा दिने गरेका थिए ।