उत्तर कोरियाद्धारा ब्यालेस्टिक मिसाइलको पानीमुनि परीक्षण
ऐश्वर्य श्रेष्ठ,सोल- उत्तर कोरियाले ब्यालेस्टिक मिसाइलको पानीमुनि परीक्षण गरेको छ ।उत्तर कोरियाका नेता किम जोंग ऊन शनिबार पनडुब्बीमा ब्यालेस्टिक मिसाइलको परीक्षण नियालेका छन् ।त्यहांका सञ्चारमाध्यमहरुले बताए अनुसार किमले मिसाइलको परीक्षण आदेश दिदैं भने ‘पानीमुनिबाट आकाशमा गर्जन ।’
एक सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेनसीका अनुसार सो परीक्षण शुक्रबार गरिएको हुन सक्ने जनाएको छ ।अधिकारीहरुले दाबी गरेअनुसार ब्यालेस्टिक मिसाइलको पानीमुनि परीक्षण उत्तर कोरियाको पुर्वीतटको सिन्पोमा गरिएको अनुमान गरेको छ ।
पानीमुनिबाट आकाशमा प्रहार गर्न सक्ने सो मिसाइल २५ सय टनको भार बोक्न सक्छ ।नेता किमले सो सफल परीक्षणको लागि सम्पुर्ण टिमको प्रशंसा समेत गरे ।