कोरियामा नेपाली भलिबल सिजन सुरु हुँदै


नोमराज गुरुङ

सोल- गर्मी मौसम सुरु भएसँगै कोरियामा रहेका प्रवासी नेपालीहरु बीच भलिबलको मौसम पनि सुरु भएको छ । कोरियामा कामले थाकेका र गुम्सिएका मनहरुलार्ई पुर्नताजागी गर्न खेलप्रेमी नेपालीहरुको लागि भलिबल प्रतियोगिताहरु पनि एउटा पर्व नै बन्ने गरेको छ ।

गतवर्षहरुमा झैं यस वर्ष पनि कोरियामा रहेका ६ वटा संघ संस्थाहरुले बिभिन्न मितिमा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । त्यसको लागि गएको मार्च महिनामा नै भलिबल मेलमिलाप समितिले सम्पूर्ण संघ–संस्थाहरुलाई राखेर आयोजनाको बाँडफाँड समेत गरिसकेको छ ।

गएको वर्षहरुमा जस्तै यसवर्ष पनि समितिले सरोकारवालाहरु सबै संघ–संस्थाहरु बसेर भलिबल प्रतियोगिता कुन–कुन संस्थाले आयोजना गर्ने भन्ने बारे छलफल गरी बाँडफाँड गरिएको कास्की परिवारका अध्यक्ष एवं भलिबल मेलमिलाप समितिका सदस्य नविन गुरुङ्ले जानकारी दिनुभयो ।

समितिले गरेको बाँडफाँड अनुसार अगामी मे १० तारिख आईबार तनहुँ सम्पर्क समितिले यसवर्षको पहिलो भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताको लागि समितिले सम्पूर्ण तयारी गरिसकेको बताईएको छ । उसले टाईसिट समेत सार्वजनिक गरी आफ्नो तयारी अन्तिममा चरण पुगेको जानकारी दिएको हो ।

समितिले सार्वजानिक गरेको टाईसिट अनुसार समुह ‘ए’ मा गुल्मी सम्पर्क समिति, म्याग्दी परिवार, तनहुँ ’बी’, खोटाङ समाज, स्याङ्जा परिवार, तनहुँ ‘ए’ र ठकुरी समाज रहेका छन् । त्यस्तै समुह ‘बी’ मा पर्वत समाज, यूनिक भिजन, छन्त्याल समाज, बाग्लुङ सम्पर्क समिति, मेची महाकाली, कास्की परिवार र नेपाल मगर संघ रहेको छ ।

त्यस्तै अगामी जुन पहिलो हप्ता कास्की परिवार, जुलाई पहिलो हप्ता खोटाङ समाज, अगष्ट पहिलो हप्ता (गर्मी बिदा) मा स्याङ् परिवार, अगष्टकै अन्तिम हप्ता गुल्मी समाज र सेप्टेम्बर पहिलो हप्ता यूनिक भिजनले भलिब प्रतियोगिता आयोजना गर्ने भएको छ ।

गएको वर्षहरुमा बाग्लुङ सम्पर्क समिति, कास्की परिवार, गुल्मी समाज र यूनिक भिजन उपाधि उचाल्ने टिमहरु हुन् । तर यसवर्ष भने अरु टिमहरुमा पनि नयाँ खेलाडीहरु भित्रिएको हुनसक्ने भएकाले उपाधीको दाबेदार को हुने अनुमान लगाउन नसकिने स्याङ्जाका टिम क्याप्टेन अमित रानाले फोनिज कोरियासँग बताउनुभयो ।

यो वर्षदेखि प्रतियोगिता सोलमा आयोजना हुने

यो वर्षदेखि कोरियामा नेपालीहरुरुले आयोजना गर्ने भलिबल प्रतियोगिताहरु सोलमा हुने भएको छ । गत वर्षहरुमा भलिबल प्रतियोगिताहरु व््ेजम्बु नजिक सिहुङ युनिभर्सिटी माङ्वल्सामा सञ्चालन गर्दै आईरहेको थियो ।

माङ्वल्सा भलिबल स्टेडियममा अहिले नयाँ भौतिक निर्माणका कार्यक्रमहरु भईरहेकाले प्रतियोगिताको लागि स्टेडियम परिवर्तन गर्नुपरेको हो ।

परिवर्तित स्टेडियम भने सोलको गुफाबाल ‘उन्फ्यङ खेलकुद केन्द्र,’ रहेको तनहुँ सम्पर्क समितिले जनाएको छ । ट्रेन लाई नम्बर ३ बाट गुफाबाल स्टेशनको २ नम्बर गेटदेखि १० मिनेट पैदन हिँडेपछि केन्द्रमा पुगिने पनि समितिले जनाएको छ ।

नयाँ भलिबल स्टेडियमले कोरियाका टाढा–टाढाबाट आउने खेलप्रमी दर्श र खेलाडीहरुर्लाइ अझ सुगम गराउने आशा लिईएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...