Advertisement
SKIP THIS

भूकम्प पीडित राहतमा कोरियाका नेपालीहरुले यसो गरे कसो होला


मञ्जु गुरुङ
नेपालमा गत अप्रिल २५ तारीख गएको विनाशकारी महाभूकम्पले नेपाल र नेपाली अहिले भोक, शोक, र रोगले ग्रस्त बनेका छन् । विश्वलाई भावुक बनाएको यस विनासकारी महाभूकम्पले विदेशमा रहने नेपालीलाई अझ बडी चिन्तीत तुलाएको छ । त्यसैले त विदेशबाट गर्न सक्ने आर्थिक सहयोगको लागि हर नेपाली जुटेका छन् । कोरियामा पनि संस्थागत मात्र हैन व्यक्तिगतरुपमा पनि आ आफ्नै तर्फबाट सहयोग संकलन गर्न नेपालीहरु लागेका छन् । कोरियाका हरेक शहर र चोकको सडकमा चन्दा बक्स बोकेरै पनि लाखौ आर्थिक सहयोग संकलन गरिरहेका छन् । तर यसरी संकलन गरेको सहयोगलाई वास्तविक पीडितसम्म पुराउने चुनौतीको सामना संगै इमान्दारीताको पनि त्यत्तिकै आवश्यक छ ।

नेपाली मात्र हैन कोरियका विभिन्न संघ संस्था र परोपकारी समुदायदेखि आम नागरिकसम्म सहयोग गर्न त्यत्तिकै जुटेका छन् । कसैले सिधै नेपाल राजदूतबासले स्थापना गरेको राहत कोषको खातामा जम्मा गरिदिएका छन् भने कसैले नेपाली संस्थाहरुमार्फत पनि सहयोग गरेका छन् । कोरियाका कुनै राज्यामा त कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरुलाई बहुसांस्कृतीक परिवार सहयोग केन्द्र मार्फत नागद पनि वितरण गरिरहेका छन् । त्यस्तै कतिपय कम्पनीहरुले पनि आफ्नोमा काम गर्ने नेपालीहरुलाई तपाईको देशमा दुःख परेको छ सहयोग गर्नु भन्दै नगद वितरण गरिरहेका छन् ।

यसरी कोरियाको कुटनीतिक सम्बन्धबाट गरिने सहयोग बाहेक नागरिक स्तरबाट पनि त्यत्तिकै सहयोग प्राप्त भइरहेको छ । यस्तो बेला कोरियामा रहने नेपालीहरुले दिर्घकालिन राहतको लागि पनि सोच्ने होकी । अहिले कोरियामा नेपालीहरुको गतिविधी हेर्दा तुरुन्तै आर्थिक संकलन गर्ने र जतिसक्दो चाडो पीडितको हातमा पुराउने भन्ने जस्तो मात्रै भान हुन्छ । हाल कोरियामा रहेको लगभग ३० हजार नेपालीहरुमा इपिएस मार्फत आएका प्रवासी मजदुरको संख्या नै बढी छ । त्यस्तैले इपिएस प्रणाली मार्फत तोकिएको निश्चित अवधिको लागि काम गर्न आएका धेरै नेपालीहरु अहिले समय अवधि पुरा भई नेपाल फर्कने तयारीमा छन् होला । कतिको केही महिनापछि समय अवधि सकीदै पनि होला । यस्तो अवस्तामा रहेको नेपालीहरुको समय अवधि थप्न नेपालीहरु एकजुट भइ कोरियन सकरालाई आग्रह गर्न सक्छौ ।

यदी नेपाल फर्कन लागेको नेपालीहरुले थप केही समय कोरिया मै काम गर्न पाए आर्थिक बलियो बनाउन सकिन्थ्यो । त्यसरी थपिएको समय अवधिमा श्रम गरी आर्जन गरेको आर्थिकको निश्चित प्रतिशतबाट राहत कोष स्थापना गरी कुनै दिर्घकालिन परियोजना संचालन गर्न सकिन्थ्यो । जसले कोरियामा रहेको नेपालीहरुले छुट्टै उदाहरणीय काम गर्न सकिन्थ्यो की ।
यसको लागि कोरियामा रहेको नेपालीहरु मध्ये परिवार वा आफन्तको मृत्यु भएको र घर पुरै ध्वस्त भएको नेपालीहरुको तथ्यंक संकलन गरी एनआरएन कोरिया, एनसिसी, मजदुर युनियन र राजदूतबासको संयुक्त पहलमा सामूहिक आवहान गर्न सकिन्छ । कोरियामा रहेका सम्पूर्ण संघसंस्थाका प्रतिनिधि, कोरियन सरकारी कार्यलयमा कार्यरत नेपालीहरु, कोरियाका स्थायीबासी नेपालीहरु लगायत सम्पूर्ण नेपालीहरुको वृहत छलफलबाट संयुक्त टोली बनाई , सम्पूर्ण क्षतिको विवरण उल्लेख गरी अपिलपत्र सहित कोरियन सरकारको सम्बन्धीत निकायमा निवेदन गर्न सकिन्छ ।

अथवा नेपालका भूकम्प पीडित युवा युवतीहरुलाई कोरियाको रोजगारीमा प्राथमिक्ता दिई कोरिया ल्याइदिन पनि आग्रह गर्न सक्छौ । बैदेशिक रोजगारीको आकर्षक गन्तब्य मानिएको दक्षिण कोरियामा रहेका नेपालीहरुको यो एउटा मुख्य दायित्व पनि हो । अहिले नेपाल र नेपालीको अवस्थाप्रति कोरियन सरकारदेखि नागरिकस्तरसम्म सहयोगी मनस्थीतिको बेला हाम्रो आग्रह पुरा हुनसक्ने सम्भावना प्रवल देखिन्छ । त्यसैले कोरियामा रहेका नेपालीहरुले यसतर्फ पो पहल गर्ने होकी ?

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • मंगल योङहाङ लिम्बूद्वारा NRNA ‘उपाध्यक्षका’ लागि उमेदवारी घोषणा
  • एनआरएनए दशौँ अधिवेशनमा तारा पुन मगरले वरिष्ठ उपाध्यक्षमा उमेद्वारी दिने
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...