एकदिने पत्रकारिता तालिम सम्पन्न


सोल-एकदिने पत्रकारिता तालिम सम्पन्न भएको छ ।कोरियाको राजधानी स्थित ग्लोबल पिस सेन्टरमा ३ दर्जन बढीले छापा,रेडियो र टिभिसंबन्धी सो तालिममा सहभागिता जनाएका थिए ।

 

कान्तिपुर दैंनिकका सहायक सम्पादक तथा क्रियटिभ कोअर्डिनेटर अखण्ड भण्डारीले सो तालिम दिएका हुन् ।कोरियाका विभिन्न अनलाईन,टिभि,रेडियोमा आवद्ध पत्रकार तथा ईच्छुकहरु पत्रकारिताको जानकारी लिन उपस्थित भएका थिए । पत्रकार महासंघ दक्षिण कोरिया शाखा र फोनिज कोरियाले कोरियामा पत्रकारितामा धेरैंको रुचि बढेकोले पहिलो पटक कोरियामा तालिमको आयोजना गरेका हुन् ।

 

सोही कार्यक्रममा बोल्दैं श्रमसहचारी अनिल गुरुंगले सिकेका कुरालाई व्यवहारमा उतार्न सकेमात्र सफलता हात पार्न सकिने बताउदैं प्रशिक्षार्थीलाईआफुले सिक्न चाहेको कुरा मथेर लिन सक्नुपर्ने धारणा व्यक्त गरे ।

 

त्यसैंगरी एन आर एन अध्यक्ष राजु क्षेत्रीले कोरियाका पत्रकारले निष्पक्ष भैं कपी पेस्ट भन्दा पनि सत्यतथ्य समाचार बाहिर ल्याउनुपर्नेमा जोड दिए । एन आर एन आइसिसि प्रतिनिधि के पी सिटौंला र विनोद कुंवरले प्रशिक्षाथीहरुलाई बधाइ तथा शुभकामना दिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनसीसीको अधिवेशन जुन ४ मा हुने
  • चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३ सम्पन्न, उपाधि फारान एफसिलाई
  • नेफिन कोरियाको विशेष अधिवेशन मे २८ हुने
  • धनकुटा सेवा समाज कोरियाद्वारा बिरामीलाई आर्थिक सहयोग
  • ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...