Advertisement
SKIP THIS

कोरियामा निधन भएका ठाकुर प्र.राईको परिवारलाई संखुवासभा सम्पर्क परिवारको आर्थिक सहयोग


सोल-कोरियाको नयाँ बर्ष सलनालको बिदामा संखुवासभा सम्पर्क परिबारले नेपालहाउसमा आयोजित कार्यक्रममा जिल्लावासिहरूको बृहत भेटघाट तथा श्रम सहचारी श्री अनिल गुरुङ ज्युको बिधाई कार्यक्रम सम्पन्न गरि कोरियमा निधन भएका ठाकुर प्र.राईका बालबच्चाहरूको शिक्षाको लागि संखुवासभा सम्पर्क परिबारले संकलन गरेको ३,४२२,०००वोन(चौतिस लाख बाईस हजार वोन) राईको परिवारलाई हस्तानतरण गर्ने भएको छ ।

 

संस्थाका अध्यक्ष गणेश घिमिरेको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख अथिती श्रमसहचारी श्री अनिल गुरुङ्ग, अथितीहरूमा संस्थाका संस्थापक सल्लाहाकार तथा अनेसास कोरिया च्याप्टरका अध्यक्ष मनोज कुमार डाँगी, सल्लाहाकार कमल थाप, हरी केसी, अनेसार कोरिया च्याप्टरका उपाध्यक्ष(संगितकार) सूर्य खत्री “घायल” र निमेष पौड्येल उपस्थित रहेको कार्यक्रमलाई सचिब रेख बहादुर गुरुङ्गले संचालन गरेका थिए । प्रमुख अथिती ज्युबाट दिप प्रज्वलन गरि शुरू भएको कार्यक्रममा स्वर्गिय ठाकुर प्र.राई लगाएत कोरियामा ज्यान गुमाएकाहरूको संझनामा १ मिनेट मौनधारण गरिएको थियो ।

 

कार्यक्रममा उपस्थित सम्पूर्ण जिल्लबासिहरूलाई संस्थाका उपाध्यक्ष भुपालमान बस्नेतले स्वागत मन्तब्य राखेका थिए । स्वा. राईको बालबच्चालाई शिक्षाबाट बन्चित हुन नदिन सहयोग रकम संकलन गरेको र सहयोग संकलनमा सहभागी सम्पूर्ण जिल्लाबासी लगायत सबै संघ संस्था र सहयोगीहरूमा अध्यक्ष घिमिरेले आभार तथा धन्यबाद ब्याक्त गरेका थिए । प्रमुख अथितीको आसनबाट बोल्दै अनिल गुरुङ्गले कोरियामा ज्यान गुमाएका राईले कानुनिरूपमा पाउनु पर्ने सम्पूर्ण सुबिधाको लागि पहल गरिरहेको जानकारी गराए ।

 

आफू जहाँ जसरी रहे पनि आफु जन्मेको माटोलाई भुल्न सकिँदैन र त्यहि गाउँ ठाउँका हामी बिदेसमा पनि एक अर्काप्रति दुःख पिडाहरुमा सहयोगी भावना हुनुपर्दछ भन्दै संखुवा सभालीहरुको साझा संस्था संखुवासभा सम्पर्क परिबारलाई धन्यबाद ब्याक्त गरेका थिए । साथै आफ्नो कार्यकाल सकाएर नेपाल फर्किन लाग्नु भएका श्रमसहचारी श्री अनिल गुरुङ्गलाई सोहि कार्यक्रममा संखुवासभा सम्पर्क परिबारले विदाई तथा सम्मान गरिएको थियो ।

 

संस्थाको बार्षिक आय ब्यय कोषाध्यक्ष प्रकाश घिमिरे प्रस्तुत गरेपश्चात अनेसास कोरियाका च्याप्टरका उपाध्यक्ष सुर्य खत्री “घायल” र गजलकार लभकुस घिमिरेले मिठा कबिता र गजल बाचन गरेका थिए । संखुवासभा सम्पर्क परिबारका सदस्यहरू गायक डिगेश गुरुङ्ग र सुमन गुरुङ्गको गितमा सबै जिल्लाबासीहरूले नाचेर रमाइलो गर्दै भरपुर मनोरंजन लिएका थिए । संस्थामा विशेष योगदान पुर्याउने ब्याक्तिहरूलाई सम्मान पत्र प्रदान गर्दै कोरियन नयाँ बर्षको शुभकामना आदान प्रदान गरेर कार्यक्रम समाप्त गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...