Advertisement
SKIP THIS

कोरियाको टप सर्जन नेपालको भुकम्पपिडित क्षेत्रमा जादैं


ऐश्वर्य श्रेष्ठ,सोल –दक्षिण कोरियाका टप प्लास्टिक सर्जन नेपालको भुकम्प प्रभावित क्षेत्रमा जाने भएका छन् ।

नाफारहित संस्था ग्लोबल केयरले बताए अनुसार यु दे हिउन आगामी सोमबार नेपाल जाने भएका छन् ।सोलस्थित रहेको गैंरसरकारी संस्था ग्लोबल केयरमा कार्यरत ५३ बर्षीय हिउनले नेपालमा रहेको एनजिओ हुमन डेभल्पमेन्ट एण्ड कम्युनिटी सर्भिससंगको सहकार्यमा काठमाण्डौंमा सेवा दिने भएका छन् ।

नेपालमा गत शनिबार गएको ७.८ रेक्टर स्केलको भुकम्पमा परि घाइते भएकाहरुको उपचारमा हिउनले शुक्रबारसम्म काम गर्नेछन् भने उनको टिम भने केही दिन त्यही रहने समेत ग्लोबल केयरले बताएको छ ।

हिउन भन्छन् “कस्तो बिरामीहरु बढीछन् र तिनका आवश्यकता जान्नु महत्वपुर्ण काम भएको बताउछन् ।काठमाण्डौं बाहिर झन हजारौं भुकम्पपिडित छन् जसले उपचार पाएका छैंनन् ।हाम्रो प्रमुख दायित्व भनेको दीर्घकालिन उपचार व्यवस्था गर्नु हो तसर्थ हामीले कस्तो औंषधीहरु त्यहां आवश्यक पर्छ त्यो जान्नु हो ।”

हालसम्ममा नेपालमा भुकम्पमा परी ५६सय ३० को मृत्यु भैंसकेको पुष्टि भएको छ भने १० हजार भन्दा बढी घाइते भएका छन् ।

गत मार्चमा एक व्यक्तिले अनुहार र हातमा चक्कुले हान्दा गम्भिर घाइते भएका अमेरिकी राजदुत मार्क लिर्पटको हिउनले सफल उपचार गरेका थिए ।त्यसैंगरी उनको टिमले भियतनाम,लाओस,म्यानमार लगायतका देशमा सफल सर्जरी गरीसकेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?
  • प्रथम सेवारो कपको उपाधि ‘आस्याङ ‘ एफ सीलाई
  • कोरियाको पहिलो शोमा ‘अञ्जिलाले’ दर्शकको मन जित्यो
  • परिस्थितिले सिर्जना गरेको एकता महाधिवेशन NRNA का लागि अवसर हो। विनोद कुवँर
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...