Advertisement
SKIP THIS

कोरियामा लुक्न आवश्यक छैन


 

काठमाडाैं – रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दक्षिण कोरिया गई तोकिएकै अवधिभित्र नफर्केर लुक्ने प्रवृत्ति घट्न सकेको छैन । फर्किएका कामदार पुनः सहजै कोरिया जान पाउने भएपनि समयावधि सकिएपछि त्यहाँ लुक्नेकाे संख्या झनै बढेकाे छ ।
इपीएस कोरिया शाखाले समयमै फर्किएका कामदारलाई प्रत्येक तीन महिनामा कम्प्युटरमा आधारित कोरियन भाषा विशेष परीक्षाका गर्ने गरेको छ । जसमार्फत भाषा परीक्षामा उर्तीण हुने प्राय सबै परीक्षार्थी पुनः कोरिया जान पाउँछन् । त्यस्तै कामदारले पहिले काम गरेको कम्पनीले लैजान चाहेर सम्झौतापत्र पठाए परीक्षानै नदिएर पनि कामदार कोरिया जान पाउने व्यवस्था छ ।
परीक्षा दिएर दुई हजार भन्दा बढी र पुरानो कम्पनीले पठाएको सम्झौतापत्रको आधारमा नौ सय कामदार पुन रोजगारीका लागि कोरिया गइसकेको इपिएस कोरिया शाखा निर्देशक डिल्लीराम बास्तोलाले जानकारी दिए ।
नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय र गणतन्त्र कोरिया सरकारबीच इपिएस प्रणालीमा समझदारी पत्रमा हस्ताक्षर भएपछि सन् २००८ देखि हालसम्म कोरिया जानेको सङ्ख्या ३४ हजार ४ सय पुगेकाे छ ।
अवधि सकिएर फर्किएका कामदार सहजै पुन कोरिया जान पाउने भएपनि अज्ञानताका कारण केही कामदार गैरकानुनी रुपमा कोरिया बस्ने गरेको इपिएस कोरिया शाखा निर्देशक बास्तोलाले बताए | सहजै पुनः कोरिया जाने बाटो छदाछदै अवधि सकिएपछि पनि लुक्ने प्रवृत्तिले एकतर्फ देशकै बेइजत हुने गरेको छ भने अर्को तर्फ कामदार स्वयम्लाई हानी गरिरहेको छ ।
त्यहाँ अवैध रुपमा लुक्ने कामदारले बीमा रकम नपाउने, श्रम शोषणमा पर्ने, जुनसुकै बेला प्रहरीले पक्राउ गर्ने, भविष्यमा कोरियामा प्रवेश नपाउने गरी फिर्ता पठाइने जस्ता समस्या झेल्नुपर्छ । अवैध कामदार बढ्दै गए भविष्यमा कोरियामा नेपाली कामदारको सहज पहुँचसमेत रोकिनसक्ने अवस्था छ ।
इपिएस मार्फत गएका कामदार अवधि सकिएपछि पनि करिब ६०० जना कोरियामा अवैध रुपमा बसिरहेका छन् । १४ देशबाट इपिएस मार्फत कामदार लिइरहेको कोरियाले गएका कामदारमध्ये पाँच प्रतिशत भन्दा बढी कामदार अवैध रुपमा बसे त्यसलाई नकारात्मक रुपमा लिँदै सम्बन्धित देशलाई सचेत गराउने गरेको छ ।
नेपालको सन्दर्भमा पनि पाँच प्रतिशत भन्दा बढी अवैध कामदार पुगेको बताइन्छ । तर इपिएस शाखा प्रमुख बास्तोलाले कोरियाले औँपचारिक रुपमा त्यसरी नेपाललाई सचेत नगराएको जानकारी दिए ।उनले भूकम्पपछि अवधि सकिएर पनि स्वदेश नफर्कने कामदारको सङ्ख्या केही बढेको स्वीकार गर्दै अज्ञानताका कारण त्यसरी लुक्ने गरेको देखिएको बताए ।

 

 

विशेषत परिवारका सदस्यले स्वदेश नफर्कन दिने सुझाव, भाषा परीक्षामा उर्तीण हुनसक्छु भन्ने कामदारमा आत्मविश्वसको कमी जस्ता कारणले कामदार त्यहाँ लुक्ने गरेको उनकाे भनाइ छ । नेपालीका लागि आकर्षक गन्तव्यको रुपमा रहेको कोरियाले अवैध नेपाली कामदारको सङ्ख्या बढ्दै गए भविष्यमा कामदार नै लिन छोड्नसक्ने भएकाले त्यहाँ गएका इमान्दारीपूर्वक समयमै फर्कन अाग्रह गरे ।
बढी अवधि बस्ने कामदारलाई निरत्साहित गर्न शाखाले त्यसरी बस्ने कामदारको नामावली सार्वजनिक गर्नेदेखि उनीहरुको परिवारलाई सचेत गराउनेसम्मको कार्य गरिसकेको छ ।
कोरियाबाट फर्किएका नेपालीको सङ्स्था अङ्कुर नेपालका अध्यक्ष गम्भीर गुरुङले पुनः कोरिया जना पाउने उमेर ३० वर्षबाट बढाएर ४४ वर्ष बनाउन सकिए लुक्ने प्रवृत्ति आधा घट्ने बताए । एक पटक आफू कोरिया गइसकेपछि अरु पनि जान पाउने बाटो नरोकियोस् भन्नका लागि पनि कामदार समयमै स्वदेश फर्कन आवश्यक रहेको उनकाे पनि भनाइ थियो ।
कोरियामा कार्यरत र फर्किएकाको सहभागितामा हाईड्रोपावरमा लगानीका लागि वातावरण बनाउनेदेखि कोरियाबाट फर्किएकालाई स्वदेशमै स्वरोजगार बनाउन आवश्यक सहुलियत ऋण दिनेसम्मको व्यवस्थाका लागि तयारी गरिरहेको शाखा प्रमुख बास्तालाले जानकारी दिए ।
इपिएस. अन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात प्रवेशाज्ञा अवधिभित्रै स्वेच्छिक रुपले नेपाल फर्केका कामदार, उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा अदालतबाट जेल सजाय नपाएको,कोरियामा गई गैरकानुनी रुपमा बसोवास नगरेको, नेपालबाट अन्य मुलुकमा जान रोक नलगाइएकाले मात्रै आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
उत्पादनमूलक, कृषि, पशुपालन, निर्माण, मत्स्यपालन, सेवामूलक क्षेत्रमा उर्तीण भएका कामदार जान पाउनेछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...