थारू कल्याणकारिणी सभा दक्षिण कोरियाको प्रथम अधिबेशन सम्पन्न


 
सोल – कोरियन नव बर्ष सलनालको शुभ अबसरमा थारू कल्याणकारिणी सभा दक्षिण कोरियाको प्रथम अधिबेशन भव्यताको साथ सम्पन्न भयो ।

 
राजधानी सौलको दोङ्देमुन स्थित शुभेच्छा रेस्टुरेन्टमा भएको सो कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिबासी जनजाती महासंघ दक्षिण कोरियाका कार्यबाहक अध्यक्ष श्री पवन राई र कार्यक्रम सभा अध्यक्ष श्री पुष्प कुमार चौधरी ज्यूबाट मैनबती प्रज्वलन गरि कार्यक्रमको उदघाटन गरिएको थियो ।

 

सोहि अवसरमा संघीय समाजवादी फोरम दक्षिण कोरियाका प्रतिनिधि सकशेस राई, नेपाली सम्पर्क समिती दक्षिण कोरियाका उपाध्यक्ष अन्जु केसी , NRN उपाध्यक्ष जुनु गुरुङ लगायतका अतिथिहरुको उपस्थिति रहेको थियोे | कार्यक्रममा द. कोरियामा यस संस्थाको गठनको आवश्यकता र महत्त्व बारे श्री राजेश चौधरी र मोहन चौधरीले प्रकाश परेका थिए ।

 

 

यसका लगायत प्रमुख अतिथि श्री पवन राइ ज्यूबाट पनि यश संस्थाको आवश्यकता दर्शाउदै यसको सफलताको शुभकामना मन्तव्य दिनु भएको थियो । लगभग तीन घन्टा चलेको कार्यक्रममा आफ्नो मन्तव्य सहित खुल्ला सत्रको अाैपचारिक समापनको घोषणा कार्यक्रम अध्यक्ष श्री पुष्प कुमार चौधरीले गर्दै वहाँकै अध्यक्षतामा निम्न अनुसारको ११ सदस्यीय कार्यसमितीको गठन गरिएको थियो ।

 

 

 

१. श्री पुष्प कुमार चौधरी – अध्यक्ष
२. श्री शिव चौधरी – उपाध्यक्ष
३. ” बिनोद चौधरी – सचिब
४. सुश्री श्रीता माझी थारू – उप- सचिब
५. अमर चौधरी – कोषाध्यक्ष
६. शिवशंकर महतो थारू – सदस्य
७. लीलामणि महतो – सदस्य
8. नेत्र बहादुर चौधरी सदस्य
९. चन्द्र बहादुर थारु – सदस्य
१०. बसन्त महतो – सदस्य
११. जंगबहादुर थारू सदस्य

 
यसका साथै सो कार्य समितिले १ जना केन्द्रिय पार्शद र ३ जना सल्लाहकार समेत सर्वसम्मतले छनौट गरि पारित गरिएको थियो ।

 
१२. श्री मोहन चौधरी – केन्द्रिय सदस्य
१३. श्री राजेश चौधरी – सल्लाहकार
१४. श्री अवदेश चौधरी – सल्लाहकार
१५. श्री दिप नारायण चौधरी – सल्लाहकार

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेपाली जनप्रगतिशिल मञ्चको पहिलो पूर्ण बैठकद्वारा विभागिय प्रमूख चयन
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...