Advertisement
SKIP THIS

उत्तर कोरिया फेरि मिसाइल परीक्षण गर्दै , जहाज खस्ने डरले जापानले रुट बदल्यो


सोल – उत्तर कोरियाको स्याटेलाइट परीक्षणबारे थाहा पाएपछि छिमेकी मुलुक जापाले आफ्नो हवाई रुट नै बदलेको छ। ८ देखि २५ फेब्रुअरीको बीचमा उत्तर कोरियाले ‘अर्थ अब्जर्भेसन स्याटेलाइट लन्च’ गर्ने थाहा पाएपछि जापानाले असुरक्षाको कारण जनाउँदै आफ्नो देशमा आउने जाने जहाजको रुट नै बदलेको हो ।

 

कयौं देशले यही आडमा किम जोङ्ग उन लामो दुरीको मिसाइल प्रविधिलाई अघि बढाउने तयारीमा रहेको आरोप लगाएका छन् |प्योङ्गयाङ्गले मंगलवार इन्टरनेशनल म्यारीटाइम अर्गनाइजेसनलाई लामो दुरीको मिसाइल परीक्षणबारे जानकारी गराएको छ।
उत्तर कोरियाका अनुसार उसले स्याटेलाइट लन्च गरिरहेको छ । तर अमेरिकासहितका देशहरुले भने ब्यालिस्टिक मिसाइल परीक्षण गर्न लागेको दाबी गरेका छन् ।  इन्टरनेशनल म्यारीटाइम अर्गनाइजेशनका अनुसार परीक्षणपछि पहिलो मिसाइलको भग्नावाशेष दक्षिण कोरिया र चीनको समुद्री इलाकामा खस्नेछ ।  जबकि दोस्रो स्टेपममा यो मिसाइलको भग्नावाशेष फिलिपिन्सको उत्तरी समुद्रीक्षेत्रमा खस्ने बताइएको छ ।
उत्तरकोरियाले मिसाइल परीक्षणको तयारी गरेपछि जापानका दुई ठूला एयरलाइन्स अल निप्पो र जापान एयरलाइन्सले बिहीबार आफ्ना सात उडानको रुट बदलेको घोषणा गरे ।  अल निप्पोक टोक्योको हनेदा एयरपोर्टबाट मनिला, मनिलाबा टोक्योको नरिता एयरपोर्ट, जकार्ताबाट नरिता जाने उडान र नरिताबाट मनिला जाने जहाजको रुट बदलिएको हो।

 

 

कम्पनीहरुका अनुसार रूट बदल्दा अब जहाज अवतरण समयमा १० मिनेट ढिला हुनेछ । जापानलाई उत्तरकोरियाले परीक्षण गर्ने मिसाइलको भग्नावाशेष जहाजमा ठोक्किने डर रहेको छ।

 

दक्षिण कोरियाले उत्तरको यो कदमलाई अन्तर्राष्ट्रिय समुदायलाई सिधा चुनौती भएको प्रतिक्रिया दिएको छ । उसले उत्तरलाई चेतावनी दिँदै यदि उसले यो कदम चाल्यो भने त्यसको नतिजा नराम्रो हुने जनाएको छ ।

 

जापानका प्रधानमन्त्री सिन्जो आबेले पनि उत्तर कोरियालाई यो मिसाइल परीक्षण रोक्न आग्रह गरेका छन् । आबेका अनुसार उनको क्याबिनेट, अमेरिका र दक्षिण कोरियासँग मिलेर कडा भन्दा कडा जवाफ दिन लागिएको छ ।

 

जापानले कुनै पनि खतरा हुनुभन्दा अघि नै यो मिसाइललाई गिराउन आदेश दिएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता लू क्याङ्गले उत्तर कोरियाको यस कदमबारे गहिरो चिन्ता जनाएका छन् ।  ‘हामीलाई विश्वास छ कि उत्तर कोरियाको यस कदमले आसपासको इलाकामा तनावको माहौल हुने छैन’, उनले भनेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...