Advertisement
SKIP THIS

उत्तर कोरियाको प्रोपोगान्डा युद्ध : ट्वाइलेट पेपर चुरोटका ठुटा


काठमाडौं-आफ्नो छिमेकी मुलुकविरुद्ध कुनै देश कतिसम्म निम्न स्तरको हरकतमा उत्रिन्छन् भन्ने कुरा उत्तर कोरियाले प्रदर्शन गरेको छ । उत्तर कोरियाले छिमेकी दक्षिण कोरियाको विरुद्ध प्रोपोगान्डा युद्धलाई अघि बढाउन नयाँ तरिका प्रयोग गरेको छ ।

 

उत्तर कोरियाले बेलुनको प्रयोग गरी दिसा पुछिसकेका तथा प्रयोग भैसकेका ट्वाइलेट पेपर, टिस्यु पेपर र चुरोटका ठुटा दक्षिण कोरियामा खसालिदिएको छ ।

 

उत्तर कोरियाको यो कदमबाट दक्षिण कोरिया आक्रोसित भएको छ । बेलुनमा भरिएका सामानहरु हेर्दा सुरुमा त दक्षिण कोरियाली अधिकारीहरु तर्सिए । कतै उत्तर कोरियाले बेलुनमार्फत जैविक रासायनिक आक्रमण त गरेन ? भन्ने आशंका गरियो । तर पछि ती सामान प्रयोग भैसकेका ट्वाइलेट पेपर, टिस्यु पेपर र चुरोटका ठुटा भएको प्रमाणित भयो ।

 

वास्तवमा यो प्रोपोगाण्डाको सुरुवात दक्षिण कोरियाले नै सुरु गरेको थियो । वर्षको सुरुमा उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको घटना लगत्तै दक्षिण कोरियाले केही बेलुनहरु उडाएर उत्तर कोरियातर्फ पठाएको थियो, जिस्काउने शैलीमा । त्यसको जवाफ दिँदै उत्तर कोरिलाले घिनलाग्दा सामान भरिएको बेलुन दक्षिण कोरियाको गैरसैनिक इलाकामा पठाएको हो ।

 

उत्तर कोरियाले छाडेका बेलुनमा एक टाइमर पनि सेट गरिएको छ । दक्षिण कोरियाली इलाकामा छिरेसँगै उक्त बेलुनमा सानो विस्फोट गराइन्छ । त्यस लगत्तै बेलुनभित्रका सामानहरु यत्रतत्र फैलिन्छन् । जब ती सामान भुइँमा र्झछन् तब पो थाहा हुन्छ, ती त प्रयोग भैसकेका ट्वाइलेट पेपर, टिस्यु पेपर र चुरोटका ठुँटा पो रहेछन् ।

 

उत्तर कोरियाले कुनैपनि बेला यस्तै बेलुनको प्रयोग गरी जैविक रासायानिक हमला गर्नसक्ने सम्भावना रहेको तर अहिलेसम्म बेलुनमार्फत पठाएका चिजहरु कुनै खतरनाक चिज नभै फोहोरमैला मात्र रहेको दक्षिण कोरियाली अधिकारीहरुको भनाइ छ | -एजेन्सी

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...