Advertisement
SKIP THIS

ईपिएसबाट कृषि क्षेत्रमा आएका नेपाली कामदारले जान्नैपर्ने ६ कुरा


ईपिएस कामदारको रुपमा नेपालीहरु कोरियामा मूलतः उत्पादन तथा कृषि क्षेत्रमा कार्यरत रहेका छन् । कोरियामा कृषि क्षेत्रमा कार्यरत नेपाली कामदारहरु पनि उल्लेख्य संख्यामा रहेका छन् । यहां म कृषि क्षेत्रमा काम गर्ने नेपाली कामदारहरुका लागि उपयोगी दुर्घटनाबाट बच्ने बिषयमा केही जानकारीहरु प्रस्तुत गर्न गई रहेको छु ।

 

 

१. कृषि क्षेत्रमा काम गर्दा कस्तो कस्तो दुर्घटना हुन सक्दछ ?

 

 

कृषि क्षेत्रमा काम गर्दा विभिन्न् किसिमका दुर्घटनाहरु हुन सक्दछन् । जस्तै कृषि यन्त्र चलाउंदा, मर्मत गर्दा, बाटोमा कृषि क्षेत्रसंग सम्बन्धित सवारी साधन चलाउदा, कारखाना भित्र अक्सिजनको कमी, ग्यास लिक हुनु वा त्यस्तै अन्य दुर्घटना हुन सक्दछ । यसका साथै बिषादीको प्रयोगमा लापरवाही भएमा वा पशु पंक्षीको आक्रमण समेतबाट दुर्घटना हुन सक्दछ । साथै पशुपक्षीहरुबाट रोग व्याधि समेत सर्न गएर बिरामी पर्न सक्छ ।

 

 

२. कृषि क्षेत्रमा काम गर्दा दुर्घटनाबाट बच्न के के उपाय अवलम्बन गर्नु पर्छ ?

 

 

कृषि क्षेत्रमा काम गर्न कामदारहरुले कुनै पनि कृषि यन्त्र चलाउंदा त्यसको बारेमा पर्याप्त जानकारी लिएर मात्र चलाउनु पर्छ । जबरजस्ती चलाउनु हुन्न् । आफू काम गर्न कारखानामा प्रवेश गर्दा कुनै अनौठो गन्ध छ छैन, एकिन गर्नु पर्छ । खासगरी भर्खर किटनाशक औषधी छरेको कृषि घरमा प्रवेश गर्दा पर्याप्त सावधानी अपनाउनु पर्छ । कतिपय बिषादीले तत्कालै प्रभाव देखाउछ भने कतिपयले लामो  समयपछि देखाउने हुनाले यसतर्फ बिशेष सर्तक रहनु पर्छ । पशु तर्फ काम गर्नेहरुले खासगरि पशु हिंसक छ छैन, बिरामी पो छ कि ? ईत्यादि बिषयमा समेत बिशेष ध्यान पु¥याउनु जरुरी छ । धेरै भोकाएको अवस्थामा, बच्चा जन्माउन लागेको अवस्थामा वा बिरामी अवस्थामा पशु हिंसक हुन सक्दछ ।

 

 

३. कृषि यन्त्र संचालन गर्दा के के ध्यान पु¥याउनु पर्छ ?

 

 

कोरियामा प्रयोगमा ल्याईने कृषि यन्त्रहरु अत्यन्तै आधुनिक प्रविधियुक्त रहेका छन् । यस्तो मेसिन संचालन गर्नु अघि विस्तृत जानकारी लिनु पर्छ । खासगरी ईन्धन भर्दा, ईन्धनको छेउमा सलाई, लाईटर ईत्यादि संचालन गर्नु हुदैन । बिषादीको प्रयोग गर्नु अघि राम्रोसंग प्रयोग विधि तथा अपनाउनु पर्ने सावधानीका बिषयमा जानकारी लिनु जरुरी छ ।  बिषादी छर्ने यन्त्र प्रयोग गर्दा सुरक्षाकालागि आवश्यक पोशाक, मास्क, पञ्जा, जुत्ता ईत्यादि अनिवार्य रुपमा लगाउनु पर्छ । बिषादी छर्दा हावाको दिशा पहिचान गरी आफू तर्फ बिषादी नपर्ने गरी छर्कनु पर्छ । बिषादी छर्कि सके पछि साबुन पानीले राम्रोसंग शरीरको सरसफाई गर्नु अनिवार्य छ ।

 

 

४. पशुपक्षीबाट हुन सक्ने दुर्घटनाहरु के के हुन ?

 

 

पशुहरुको फारममा काम गर्दा निकै होस पु¥याउनु जरुरी छ । गाई, घोडा जस्ता पशुहरुलाई आहार खुलाउंदा, खोरको सरसफाई गर्दा यस्ता पशुहरुले आक्रमण गर्न सक्ने संभावना पनि रहने हुनाले यस तर्फ बिशेष सर्तक रहनुका साथै यस्ता फारममा काम गर्दा झिझो नमानी आवश्यक उपकरण तथा पोशाकहरुको प्रयोग अनिवार्य हुन्छ । रोगी पशु पक्षीहरुलाई स्याहार गर्दा वा त्यस्ता पशुहरु विर्सजन गर्दा बिशेष सावधानी अपनाउनु पर्छ, अन्यथा विभिन्न् रोग सर्न सक्छ । कामबाट आफनो आवासमा फर्कदा वा काममा जांदा पनि कुनै रोग ओसार पसार नहोस भन्ने तर्फ बिशेष सर्तक रहनु पर्छ ।

 

 

५. कुनै दुर्घटना भएमा के गर्ने ?

 

 

कृषि क्षेत्रम कार्यरत कामदारहरु कुनै दुर्घटनामा परेमा वा बिषादीको कारण शारीरिक समस्या देखिएमा तुरुन्त चिकित्सकलाई देखाउनु पर्छ । हेलचेक्रयाई गर्नु हुन्न ।

 

 

६. अन्त्यमा कृषि क्षेत्रमा काम गर्ने ईपिएस कामदारले सिबिटि दिएर उत्पादन क्षेत्रमा जान पाईन्छ कि पाईदैन् ?

 

 

कृषि क्षेत्रमा काम गर्ने ईपिएस कामदारले सिबिटि दिएर उत्पादन क्षेत्रमा जान पाईन्छ । यसको लागि सिबिटिको फारम भर्दा आफूले जान चाहेको क्षेत्र उल्लेख गर्नुपर्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...