कोरियाको ट्रेनमा यौंन अपराध बढदो
ऐश्वर्य श्रेष्ठ,सोल -यातायातको छिटो ,छरितो र सहज साधनको रुपमा रेललाई लिन सकिन्छ ।तर आज भोली रेलमा यातायात गर्ने क्रममा यौंन अपराध बढदैंछ ।
एक अध्ययन अनुसार सन २०१२ देखि २०१४ बीचमा रेल यातायातमा यौंन अपराध वृद्धि उच्च देखाएको छ । दुई बर्षको समयमा कोरिया यातायात तथा पुर्वाधार मन्त्रालयले दिएको जानकारीमा ८४ प्रतिशतले यौंन अपराध बढेको उल्लेख छ ।
रेलमा हुने यौंन र्दुव्यवहार तथा अपराधमा पुरुषहरुले स्मार्ट फोनको प्रयोग गरी छोटो स्कर्ट लगाएका महिलाका गोप्य अंगको तस्विर लिने तथा भिडियो खिच्ने गरेको पाइएको छ ।त्यस्ता अपराधीले फोटो भिडियो खिच्न हिडन क्यामेराको प्रयोग गर्ने गछैन जसलाई सुरक्षित तवरले जस्तो कि चेन,पेन,घडी, हयाटमा लुकाउने गर्छन् ।यस प्रकारको अपराध बिहान ६ बजेदेखि ९ बजेसम्म बढी हुने गरेको छ ।
मन्त्रालयले सब वेमा भएका ३ हजार ५ सय ६८ यौंन घटनामा ७ सय ४९ यस्ता घटना प्रहरीमा दर्ता भएको जनाएको छ ।विषेश गरी ट्रेन स्टेसन,सब वे र यात्राको क्रममा हुने गरेको समेत उल्लेख छ ।
सुरक्षा निकायले यस्ता घटना रोक्नलाई ट्रेन लगायत स्टेसनमा सेक्युरिटी क्यामेरा जडान गरिने जनाएको छ ।