Advertisement
SKIP THIS

चलचित्र वडा न ६ फेब्रुअरी १४ जापानको मेगुरो कुमिन हलमा प्रर्दशन हुदै


शान्त पहरी

टोक्यो/जापान   अनाथ बालबालिकाको अध्ययनको सहयोगार्थ यहि फेब्रुअरी १४ मा मेगुरो कुमिन सेन्टरमा मेगुरो स्टेशन नेर नेपालको सर्बाधिक सफल चलचित्र वडा न ६ फिल्म प्रर्दशन हुने भएको छ ।

 

जेएमइको मुख्य सपोर्टमा ,एनआरएन जापानका सदस्य हरि चन्द्र लामा को कोडिनेशनमा एनआरएन जापान ,निको जापानीज ल्यान्गोज स्कुल को सपोर्टमा प्रदर्शन हुन लागेको उक्त फिल्म प्रदर्शनबाट आएको आम्दानी ले अनाथ बालबालिका  शिक्षामा सहयोग र एनआरएन जापानका सुरुआत गरेको परोपकारी राहतकोष बढाउने अभियानको लागि पनि यसबाट हुने आम्दानी को १० प्रतिशत हिस्सा सहयोग गर्ने लामाले जानकारी दिए ।

 

साथै उनले  हामी नेपालीविचको भाइचारा एकतालाइ प्रघाढ राख्नको लागि पनि सहयोग पुग्ने बताए । सो चलचित्र हेर्न जानको लागि अनाथ र आपतकालिन कोषको सहयोगको लागि २५ सय येन तोकिएको  लामाले जानकारी दिए ।

 

सो फिल्म गत असोज १ गते शुक्रवारदेखि नेपालमा प्रदर्शन भएको थियो चलचित्र हेर्न सिनेमा हल पुग्ने १६ वर्षभन्दा कम उमेरका दर्शकले अब अभिभावकको साथमा मात्र यो चलचित्र हेर्न पाउने जनाएको थियो । यस चलचित्र दीपकराज गिरी, दिपाश्री निरौला तथा निर्मल शर्माद्वारा निर्मित यो चलचित्रको निर्देशन उज्वल घिमिरेले गरेका हुन् । चलचित्रमा दीपकराज गिरी, दयाहाङ राई, प्रियंका कार्की, जीतु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, विल्सन विक्रम राई, सन्दिप क्षेत्री आदि कलाकारले अभिनय गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...