कोरियाली राष्ट्रपति पार्कद्वारा समवेदना प्रकट
निश्चल काउचा
सोल- कोरियाका राष्ट्रपति पार्क गुन्हेले गत हप्ता नेपाल गएको ठूलो भूकम्पमा परि ज्यान गुमाएका हजारौं नेपाली जनताप्रति समवेदना प्रकट गरेकी छिन |
पार्कले नेपाली राष्ट्रपति रामवरण यादवलाई एक पत्र लेखि सहानुभूति व्यक्त गरेको राष्ट्रपति कार्यालय छङ वादेले जनाएको छ ।
कोरियाली नागरिकहरु र आफु काठमाडौं नजिकै गएको ठूलो भूकम्पमा परि हजारौं नेपालीको मृत्यु भएको खबरले धेरै दुःखी र मुटु छियाछिया भएको महसुस गरेको कुरा पनि पार्कले पत्रमा भनेको छिन ।
पार्कले भुकम्पको प्रकोपमा परि ज्यान गुमाउने प्रति गहिरो समवेदना प्रकट गर्दै ज्यान गुमाउनेका आफन्त र सम्पूर्ण नेपाली जनतालाई धैर्यधारण गर्न पनि आग्रह गरेकी छिन
पार्क दक्षिण अमेरिकी राष्ट्रको १२ दिने यात्रा पछि सोमबार स्वदेश फर्केकी छिन |