Advertisement
SKIP THIS

जनसम्पर्क समिति कोरियाले भूकम्प पीडितहरुका लागि राहत संकलन गर्ने ।


सोल-जनसम्पर्क समिति कोरियाले चिसोबाट कठ्याग्रीरहेका भूकम्प पीडितहरुका लागि राहत संकलन गर्ने भएको छ । साथै  निवर्तमान कार्य समितिलाई विदाई पनि  गर्ने भएको छ । गत २० डिसेम्बरमा नेपाली जनसम्पर्क समिति सभापति गिरिराज कुंवरको सभापतित्वमा बसेको नव निर्वाचित कार्य समितिको पहिलो बैठकले सो निर्णय गरेको हो ।

 

जनसम्पर्क समितिका महामन्त्री जीतेन्द्र महताका अनुसार भारतीय नाकाबन्दीबाट नेपालमा औषधि लगायतको अभावले विरामीहरुलाई परेको मर्कालाई मध्यनजर गर्दै एन.आर.एन. दक्षिण कोरियामार्फत पीडितहरुलाई राहत पुर्‍याउनको लागी सोही दिन एक कार्यक्रमका माझ एन.आर. एन. अध्यक्ष राजु क्षेत्रीलाई  ५,००,००० (पाँच लाख) वन हस्तान्तरण गरेर नयाँ कार्य समितिले परोपकारी कार्यको सुरुवात गरेको बताए ।

 

उक्त सहयोग रकम जनसम्पर्कका क्षेत्रीय कार्य समिति र केन्द्रीय समितिबाट संकलन गरिएको थियो । नेपालमा भूकम्प पीडितहरु चिसोको कारण केही जिल्लाहरुमा स्थिति कष्टकर बन्दै नाबालक र बृद् , बृदाको मृत्युु भईरहको छ । यो बिचमा सरोकार वाला सम्बन्धित निकायबाट भूकम्प पीडितहरुको उचित व्यवस्थापन, सामान्य आवास र न्यानो लत्ताकपडाको उचित जोहो गर्न सकिरहेको छैन ।

 

भूकम्प पीडितहरुको जनजीवन मध्यनजर गर्दै नेपाली जनसम्पर्क समितिले चिसोमा कठ्याइङ्ग्रीरहेका पीडितहरुका लागि कम्बल वितरण गर्ने उद्देश्यले कोषाध्यक्ष रामु कार्कीको संयोजकत्वमा क्षेत्रीय सभापतिहरु क्रमशः ईश्वर क्षेत्री, राजु देउवा, तिर्थ घिमिरे, आनन्द सिलवाल, सुन्दर लिम्बू, सोम ढकाल र सुवास थापा सदस्य रहने गरि सहयोग संकलन समिति बनाएर राहत संकलनलाई तिव्रता दिएको छ ।

 

प्रवासमा रहेकाहरु अलिकति धन र फराकिलो परोपकारी मन राखी यस कार्यमा नेपासहयोग गर्न जनसम्पर्क समितिले दक्षिण कोरियाले सम्पूर्ण मनकारी कांग्रेसजन, नेविसंघ, तरुण दल,व्यापारी, बुद्धिजीवी लगायत ईच्छुक महानभावहरुलाई जनवरी १० तारिखसम्म संयोजक रामु कार्कीको IBK बैंकमा रहेको खाता नं. 01072652409 मा सहयोग रकम जम्मा गरि दिन हार्दिक अपिल गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...