Advertisement
SKIP THIS

अमेरिका हिँडेका २६ नेपाली कोस्टारिकामा पक्राउ


 

सोल — स्थलमार्गबाट अमेरिका हिँडेका २६ नेपाली कोस्टारिकामा पक्राउ परेका छन्। ट्रक चढेर निकारागुवा, ग्वाँटेमाला, मेक्सिको हुँदै अमेरिकातर्फ हिँडेका उनीहरुलाई त्यहाँको राष्ट्रिय प्रहरीले पक्राउ गरेको हो। उनीहरुसँग यात्राका लागि आवश्यक कानुनी कागजात नभएको अध्यागमन अधिकारीहरुले उल्लेख गरेका छन्।

 

 

 

ट्रकबाट निकारागुवातर्फ गइरहेका ५१ जनालाई आप्रवासन अभियोगमा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा ९ बंगलादेशी, ९ समोलियन, ४ इरिट्रियन, दुई इराकी र एक पाकिस्तानी रहेको द टिको टाइम्स न्युजले उल्लेख गरेको छ। अध्यागमन अधिकारीहरुले पक्राउ परेकाहरु कसैसँग पनि यात्राको वैधानिक कागजात नभएको जनाएका छन्।

 

 

 

पक्राउ पर्नेमा ट्रक चालक र अरु तीन कोस्टारिकाका नागरिक पनि छन्। ती सबैलाई मानव बेचविखनको अभियोग लगाइएको छ। कोस्टारिका नागरिकले ट्रकलाई एस्कर्ट गरेर गन्तव्यतर्फ लगिरहेको अवस्थामा पक्राउ गरेको अध्यागमन अधिकारीले उल्लेख गरेका छन्।
त्यहाँको कानुनअनुसार पक्राउ परेकाहरुलाई २ देखि ६ वर्षसम्म जेल सजाउ हुनसक्छ। कोस्टारिका प्रहरीले यसअघि पनि अमेरिका हिँडेका नेपालीलाई पक्राउ गरेको थियो।

 

 

 

मानव दलालहरुले मोटो रकम लिएर प्लेन, डुंगा, रेल र ट्रकमार्फत् जोखिमपूर्ण तरिकाले विश्वका विभिन्न देशका मान्छे अमेरिका पुर्‍याउँदै अाएका छन्। पछिल्लो समय दलालहरुले नेपालीहरुलाई समेत यस्तो जोखिम मोलेर अमेरिका पुर्‍याउँदै अाएका छन्।

 

 

दलालहरुले दक्षिण अमेरिकी मुलुकहरु ब्राजिल, कोलम्बिया पुर्‍याएर कामदारहरुलाई कोस्टारिका छिराउने गर्छन्। त्यसपछि निकारागुवा, ग्वाँटेमाला र मेक्सिको पुगेपछि अमेरिकासँगको सीमा पुर्‍याउँछन्। स्थलमार्गको यात्रामा दलालहरुले कामदारलाई ट्रक जस्तो तल्लोस्तरको यातायात साधनमा राखेर मान्छे ओसार पसार गरेको देखिएको छ। कोस्टारिकादेखि अमेरिकाको सबैभन्दा नजिकको सहर टेक्सासको लारेडियो हो। त्यसको दूरी कोस्टारिकाबाट ४ किलोमिटर छ। दलालहरुले यति लामो दूरीमा कामदारलाई ट्रकमा राखेर भेडाबाख्रा जसरी यात्रा गराउँछन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...