Advertisement
SKIP THIS

ए न सि सी बुसानको निर्वाचन निष्पक्ष र बिधान सम्मत भएको एन सि सी केन्द्रको भनाई


सौल –  सन्तोष दाहाल । नेपाली सम्पर्क समिती कोरियाले बुसान शाखाको ७ औं अधिवेशन निष्पक्ष र धाँधली रहित रहेको बताएको छ । समितीले आज एक विज्ञप्ती प्रकाशित गरी कोरिया बाट प्रकाशन हुने एक अन लाईन मेडियामा आएको समाचारको खण्डन समेत गरेको छ ।

हेर्नुहोस् बिज्ञप्ती –

कोरिया बाट प्रकाशन हुने एक अन लाईन मेडियामा आएको ‘भ्रमपूर्णसमाचार’को एन सि सी कोरियाको घोर आपत्ती |

सबै कोरिसाबासी नेपालीहरूलाई बुसान शाखाको ७ औं अधिवेशन निष्पक्ष र धाँधली रहित रहेको जानकारी गराउदैं नव निर्वाचित कार्यसमितीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। तर एक अन लाईन मेडियामा निर्वाचन बिधीसम्मत र निष्पक्ष नभएको भन्ने कपोकल्पित र भ्रामक समाचारको खण्डन गर्दछौं। बुसान शाखाको साधारण सभा विवादका बिच नभैकन बहस,छलफल र उपस्थीत सभाहलले ताली बजाएर सर्वसम्मत र बैधानिक प्रकियाबाट सम्पन्न भएको छ । ओपचारिक पहिलो चरणको कार्यक्रम सकिएपछि दोस्रो चरणको बन्द सत्रको शुरूवातमा केहि अस्पष्टता रहेको थियो ।तर यथार्थताको जानकारी पश्चात उपस्थीत सभाले सर्वसम्मत अध्यक्ष लगायत सबै पदहरूको चयन गरेको थियो । सर्वप्रथमत शाखाको अधिवेशन समय भन्दा ढिलो भएको कारणले (२ बर्षको समय सकिएर करिब १ बर्ष कामचलाउको अवस्थामा रहेको) केहि दुबिधा श्रृजना भएको थियो । यो अधिवेशन केन्द्रीय  अधिवेशन भन्दा पहिला नै हुनुपर्ने थियो । बिभिन्न कारणले अघिल्लो कार्यसमितीले समयमा नै सम्पन्न गर्न नसेको कारण यहा केहि दुबिधाको अवस्था श्रृजना हुनु स्वभाविक नै हो । तर उपस्थित सभाहलले छैठौ कार्यसमितीलाई आगामी नेतृत्व दिन खोज्दा सो समितीका एल बी बिष्ट  र शुवास देवकोटा मात्र रहेको र निवर्तमान कार्यबाहक अध्यक्ष एल बी बिष्टले पुन नेतृत्वमा आउन रूची नदेखाउनु भयो भने अर्का बाकीं सदस्य शुवास देवकोटाले अध्यक्ष पदको लागी उमेद्वारी दर्ता गर्नुभयो । त्यसैगरी बाहिरबाट हिरा लामा र संगित अधिकारीले पनि उमेद्वारी दर्ता गराउनुभयो । त्यसैगरी अन्य पदाधीकारीहरूको पनि निर्वाचनमण्डलले मनोनयन लियो । त्यसपश्चात केन्द्रिय अध्यक्ष प्रेम शाहले अध्यक्षका तिनै जना प्रत्यासीलाई आफ्ना विचार र योजना राख्नको लागी मन्चमा आउन आग्रह गर्नुभयो । निर्वाचन मण्जलका सदस्य खेम कार्कीले पालै पालो मन्चमा बोलाएर विचार राख्नै मौका दिनुभयो । त्यपश्चात निर्वाचन मण्डलले आपासी समझदारी गर्न तिनै जनलाई आग्रह गरियो । उहांहरूले बन्द कोठामा केहि बेर छलफल गरेपछि सहमती लिएर आउनुभयो र मन्चमा आएर उहांहरू मध्ये हिरालामाले संगित अधिकारीलाई समर्थन गर्दै उमेद्वारी फिर्ता लिनुभयो । त्यसैगरी शुवास देवकोटाले पनि आफ्नो कुरा राख्दै मनोनयन फिर्ता लिनुभयो । र अध्यक्षका एक मात्र प्रत्यासी संगित अधिकारी सर्वसम्मत अध्यक्षमा निर्वाचित भए । संग संगै अरू पदहरूमा बरिष्ठ उपाध्यक्ष ,उपाध्यक्ष ,महासचिव,सचिव र कोषाध्य र सदस्य निर्विरोध निर्वाचित भए । यसरी निवर्तमान अध्यक्ष तथा कार्यक्रमका सभापती एल बि बिष्टले निर्वाचित पदाधीकारीहरूलाई बधाई दिंदै आगामी दिनमा पनि हातेमालो गर्दै अगाडी बढ्ने प्रतिवद्दत व्यक्त गरेर कार्यक्रम समापन भयो । समाचारमा आएजस्तो न त्यहां राजनीती भएको थियो न धाँधली नै । यो अधिवेशले समयमा नै शाखाको अधिवेशन सम्पन्न गर्नुपर्ने पाठ भने सिकाएको छ । जहासम्म अध्यक्ष शाहले एकलौटी गरी नयाँ कार्यसमिती घोषणा गरेको आरोप छ जुन सरासर गलत सावित छ । मन्चबाटै कार्यसमितीलाई बधाई दिंदै बिष्ट ,सोन्सिकका अध्यक्ष ईन्दिरा तिवारी लगायत निर्वाचन कमिटीले खांदा ओढाई बधाई तथा शुभकामना दिएका थिए । तर यति हुंदा हुंदैपनि मिडियामा गलत समाचार सम्प्रेशन हुनु दुखद र भ्रत्सनायोग्य रहेको छ। यस्ता गलत र भ्रामक समाचारले समाजमा गलत सन्देश जाने मात्र नभएर सिंगो मिडिया जगतलाई नै बद्नाम गराउने कार्य गर्दछ । त्यसैले आगामी दिनमा यस्ता भ्रामक समाचार सम्प्रेश नगर्न आग्रह गर्दै निश्पक्ष र सत्यतथ्य सुचना प्रवाह गर्न अनुरोध गर्दछौ । बिज्ञप्ति मा जनाइएको छ |

नेपाली सम्पर्क समिती दक्षिण कोरिया केन्द्रिय समिती

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...