कोरियामा नेपालीहरुको दु:खमा साथ दिदै अम्बिका डाँगी पार्क


12431799_10208468452254670_97351027_n

निश्चल काउचा

सोल – कोरिया नेपाली युवा माझ आकर्षक गन्तब्य मुलुक हो | मासिक लाख रुपैया भन्दा बढी कमाई हुने कोरिया सोचे जस्तो छैन | कोरिया हेर्दा जति झिलिमिली र झकिझकाउ देखिन्छ तर भित्री पाटो बुझ्दा दु:खको सागर नै छ | दिन रात नभनी चौबिसै घण्टा चल्ने कम्पनीहरु | १२ देखि १६ घण्टासम्म लगातार काम गर्नु पर्ने |

 

शुरुमा खाना र भाषा नमिल्दा उत्तिकै समस्या | कसैलाई साहुले समयमा तलब दिदैन , कसैलाई गालि गजौल देखि कुटपिट सम्म गर्ने कोरियन साहु देखि संगै काम गर्ने कोरियन सहकर्मीहरु | कोही नेपाली दाजु भाई र दिदी बहिनीलाई देखिने स्वास्थ्य समस्याहरु | कसैको डिप्रेसन भएर रात भर निन्द्रा नलाग्ने कसैको ढाड दुख्ने समस्या कसैको छाती , पेट दुख्ने समस्या यस्तै- यस्तै अनेक समस्यावाट पिडित नेपालीहरुको दु:खमा साथ् दिदै आएकी छिन अम्बिका डाँगी पार्कले |

 

 

सन् १९९९ कोरियन नागरिकसंग बिवाह गरेर कोरिया आएकी पार्क पछिल्लो २ बर्ष देखि दुखमा परेका नेपालीहरुलाई सहयोग गर्दै आईरहेकी छिन | महिनामा बिभिन्न समस्या परेका २५ देखि ३० जना नेपालीलाई सहयोग गर्ने गरेको सुनाउदै उनीले भनिन कसैलाई साहुले समय तलब दिएको हुदैन तिनलाई नोदोङबु लिएर जानु , काम छोडेकालाई काम खोजेर लगाई दिने , स्वास्थ्य समस्या देखिएकालाई हस्पिटल लिएर जानु पार्कको दैनिकी हो | काम नपाउनसम्म आफ्नै घरमा आश्रय समेत दिन्छिन |

 

 

अहिले उनीले फेन्थेक , फारान र सुवन क्षेत्र वरपरका नेपालीहरुलाई सहयोग गर्दै आईरहेकी छिन | कोरियाको अरु क्षेत्रवाट पनि आफुलाई कसैले सहयोग मागे त्यस क्षेत्रमा जान आफु तप्पर रहेको समेत सुनाईन | कोरिया विभिन्न क्षेत्रीय , जातिय , राजनीतिक संघ संस्थावाट आफु टाढा रहेको सुनाउदै पार्कले प्रश्न गरिन समाजसेवा गर्नलाई कुनै संस्थाको पदमा बस्नै पर्छ र ? ईन्जिनियर पतिले आफ्नो कार्यमा पूर्ण साथ दिएकोले पनि नेपालीहरुको दुखको साथी बन्न सकेको सुनाईन |

 

 

12434736_10208468452414674_1331908079_n

कोरियन नागरिकसंग बिबाह गरेर आएका नेपाली चेलीहरुको प्रशंग पार्कले भनिन बिदेशी केटा भन्न बित्तिकै हाम फालेर बिबाह गर्न नहुने र केटाको बनि व्यहोरा देखि घर परिवारको बारेमा पनि बुझ्न जरुरी रहेको सुझाईन | केही नेपाली दलालहरुले पैसा लागि अनेक तिकडम देखाएर नेपाली चेलीहरुलाई कोरियन नागरिकसंग बिबाह गराई दिएर ल्याउने गरेको र यो कार्य रोक्न जरुरी रहेको समेत बताईन | कोरियन नागरिकसंग बिबाह गरेर आएका अधिकांस नेपाली चेलीहरुको अवस्था राम्रो रहेको तर केही चेलीहरु समस्या रहेको अनुभव सुनाउदै पार्कले भनिन सबै कोरियन राम्रो छन् भन्न मिल्दैन तर त्यो आफुमा पनि भर पर्ने बुझाईन |

 

 

पछिल्लो चरणमा आएर कोरियन नागरिकसंग बिवाह गरेर आएका नेपाली चेलीहरु ईपिएस मार्फत कोरिया आएका नेपाली केटाहरु लिभिङ्ग टुगेदर बस्ने गरेको र नागरिता लिए डिभोर्स गर्ने गरेकाले कोरियामा बिदेशी बुहारीलाई हेर्ने दृष्टिकोण फरक आएको अनुभव सुनाउंदै पार्कले अन्त्यमा भनिन म नेपालको ईज्जत जाने र नेपाल झण्डा झुकाउने कुनै कार्य गर्ने छैन |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...