कोरियाको ख्यङगी राज्यले काठमाण्डौ महा नागरपालिकालाई सहयोग गर्ने
फोनिज कोरिया संवादाता
सोल
नेपालमा गत शनिबार गएको भूकम्पबाट बढी नै क्षतिग्रस्त शहर राजधानी काठमाडौंलाई कोरियाको ख्यङगी राज्यले २० लाख डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । ख्यङगीका राज्यपालक नाम क्याङ पिलले काठमाण्डौ महानगरपालिकाका मेयर पूर्ण भक्त तण्डुकारलाई सम्बोधन गर्दै पत्रमार्फत सोमबार यस्तो प्रतिबद्धता जनाएको कोरियन संचारमाध्यमले जनाएको छ ।
राजधानी काठमाडौंमा भएको विध्वसं र ठूलो जनधनको क्षतिप्रति हार्दिक सम्वेदना प्रकट गर्दै राज्यपाल पिलले एक अर्काको मैत्रीपुर्ण सम्बन्धलाई अझ दरिलो पार्न भर पुर सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कोरियन सरकारले तत्काल राहतको लागि १० लाख डलर र कोरिया रेडक्रसले पनि छुट्टै १० लाख डलर सहयोग गर्ने आइतबार नै जनाइसकेका छन् ।