एन आर एन ए कोरियाको निर्वाचन समितिले पदीय प्रमाण पत्र हस्तान्तरण तथा छलफल कार्यक्रमको आयोजना गर्ने ।


सौल –   एन आर एन ए  कोरियाको गत  २९ सेप्टेम्बर २०१५ मा  संपन्न अधिवेशनबाट नव निर्वाचित पदाधिकारीहरूलाई हार्दिक वधाई तथा शुभकामना दिने  क्रममा निर्वाचन समितिले पदीय प्रमाण पत्र वितरण सहित छलफल कार्यक्रमको आयोजना यहि डिसेम्बर २० तारिखका दिन  गरेको छ| तत्कालीन निर्वाचन समितिले नव निर्वाचित कार्यसमितिलाई प्रमाण पत्र सहितको निर्वाचन प्रक्रियामा संकलन भएको आर्थिक हिसाब किताव हस्तान्तरण कार्यक्रम रहेको यही सुचना मार्फ़त जानकारी गराईएको छ । यसै सुचनालाई आधार मानी कोरियामा रहेका विभिन्न क्षेत्रीय ,जातीय , राजनितिक संगठनहरू, पत्रकारहरू , व्यापारी ,विध्यार्थी लगाएत समस्त नेपाली दाजुभाई तथा दिदीवहिनीहरूमा उपस्थितिका लागी अनुरोध गरीएको छ ।

 

एन आर एन ए  दक्षिण कोरियाको आफ्नै अन्य देशको भन्दा भिन्न विशेषताहरू छन् । यहॉं वस्दै आउनु भएका नेपालीहरूको समस्या संग प्रत्यक्ष रूपमा काम गर्दे आएको छ ।दक्षिण कोरिया प्रत्येक वर्ष नेपालीहरूको श्रम गन्तव्यको रूपमा विकसित हुदै गएको वर्तमान परिप्रेक्षमा दिनानुदिन समस्या पनि बड्दै छन् त्यसैले नेपालीहरूको बड्दो समस्या अनि एन आर एन कोरिया प्रतीको चासो विषयक छलफल कार्यक्रम पनि रहने छ। एन आर एन ए कोरियाले गरेको विगतको कामको मुल्यांकन, वर्तमानको समीक्षा र भविष्यमा गर्न पर्ने कार्यहरूमा वृहत वहस हुनेछ । एन आर एन ए कोरियासंग संवद्द सम्पुर्ण महानुभावहरू रहनुहुने उक्त कार्यक्रममा प्रमुख अतिथि उपनियोग प्रमुख किरण शाक्य लाई आमन्त्रण गरिएको छ  । सम्पुर्ण कोरियावासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरूमा उपस्थितिका लागी तत्कालिन निर्बाचन समिति का एक सदस्य गिरिराज कुँवरले अनुरोध गरेका छन ।

मिति :२०१५ डिसेम्बर २० तारिख

स्थान : नेपाल हाउस

समय : दिनको २ वजे

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • छुसकका लागि NCC ले कार्यक्रम बॅाडफाड तथा अन्तर्क्रिया कार्यक्रम गर्ने
  • एकै साता दुई नेपालीको मृत्यु, शव नेपाल पठाउन पैसा उठाउनु नपर्ने
  • कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब ११ जुनमा हुने
  • एनसीसीको १८ औं अधिवेशन सम्पन्न अध्यक्षमा हरि खनाल
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...