Advertisement
SKIP THIS

हेटाैडा-काठमाडाैं सुरुङमार्गमा फस्याे कोरियाका नेपालीकाे पैसा


नविन अर्याल

सोल/कोरिया । दक्षिण कोरियामा कार्यरत लक्ष्मण गिरीले साढे दुई वर्षअघि हौसिँदै काठमाडौं-हेटौंडा सुरुङ मार्गमा शेयर लगानी गरे । नगरुन् पनि किन ? उद्योगी कुशकुमार जोशीको नेतृत्वमा रहेको कम्पनीले कोरियामै पुगेर सुनको अण्डा पार्ने आयोजनाबारे व्यापक विज्ञापन गरेको थियो ।

 

गुल्मी निवासी गिरीले सुरुङमार्गमा दुई लाख रुपैयाँ संस्थापक लगानी गरेका हुन् । उनीजस्तै कोरियामा कार्यरत नेपालीले एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म लगानी गरेका छन् । कुशकुमार जोशी आफैं कोरिया पुगेर लगानी गर्न हौस्याएपछि धेरैले शेयर खरिद गरेको गिरी बताउँछन् ।

 

तीन वर्षमा लगानीको ‘रिटर्न’ पाउन सुरु हुने बताइएको परियोजनाको निर्माण कार्य तीन वर्ष पुग्नै लाग्दा सुरुसमेत नहुँदा लगानीकर्तामा चिन्ता छाएको छ । सुरुङ निर्माता नेपाल पूर्वाधार विकास कम्पनीले कोरियासहित १० वटा मुलुकबाट संस्थापक लगानी भन्दै रकम संकलन गरेको थियो ।

 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका चर्चित व्यवसायी जोशीले लगानीको राम्रो अवसर भनेपछि शेयर किनेको गिरी बताउँछन् ।

 

‘दुःख गरेर कमाएको पैसा लगानी गरियो, तर परियोजना अनिश्चित बनिदिँदा पीडाबोध भएको छ’ उनले भने ।
त्यसमाथि गैरआवासीय नेपाली संघ (एनआरएन)का उपाध्यक्ष भवन भट्टले कोरियामै सुरुङमार्गमा एक अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता गरेपछि आफुहरु झनै हौसिएको गिरीको भनाइ छ ।

 

कोरियामा लिंक एशिया टुर्स एन्ड ट्राभल्सले सुनौलो सपना देखाउँदै सुरुङमार्गको लगानीका लागि विज्ञापन गरेको थियो । कम्पनीले हाइड्रो भन्दा राम्रो परियोजना भएको र एक लाख रुपैयाँ लगानी गरेमा तीन वर्षमै ४/५ लाख रुपैयाँ पुग्ने भनेपछि दुःख गरेर कमाएको पैसा शेयरमा लगानी गरेको लगानीकर्ताहरुको गुनासो छ ।

 

‘जोशीले नेतृत्व गरेको प्रोजेक्ट पक्कै पनि राम्रो होला भनेर ढुक्कसँग शेयर किनियो’ ती लगानीकर्ताले भने- ‘तर, प्रतिफल खाने आशा देखाइएको समय सकिन लाग्दासमेत निर्माण कार्य सुरु हुन सकेको छैन ।’

 

gh

 

काठमाडौं-हेटौंडा सुरुङमार्ग ५८ किलोमिटर लामो परियोजना हो । चार लेनको बाटोसहित डिजाइन भएको सुरुङमार्गबाट हेटौंडा पुग्न एक घण्टामात्रै लाग्ने बताइएको छ । सन् २०१६ मा निर्माण सक्ने लक्ष्य लिँदा सुरुङमार्गमा ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । तर, यस अवधिसम्म निर्माण कार्यसमेत सुरु नहुँदा लगानी बढ्ने निश्चित छ ।

 

साढे दुई वर्षअघि कोरियामा पैसा संकलन गर्दा जोशीले सुरुङमार्ग धेरै राम्रो प्रतिफल दिने आयोजना भएको र तत्कालै निर्माण कार्य सुरु हुने दाबी गरेका थिए । लगानी डुब्दैन, राम्रो प्रतिफल दिन्छ भनेको कम्पनीले अहिले फोन गर्दासमेत राम्रो रेस्पोन्स नगर्ने लगानीकतार्को गुनासो छ ।

 

‘सुरुमा लिंक एशियाले फोन गरेर लगानी गर्न फकाइरहृयो, अहिले परियोजना के भइहेको छ भनेर बुझ्न फोन गर्दा पनि उठाउँदैन’ कोरियामा कार्यरत अर्का लगानीकर्ताले भने- ‘फोन उठाइहालेमा आफूलाई थाहा नभएको बताउँदै काठमाडौंमा रहेको अफिसमा फोन गर्न भन्छ भन्दै  अनलाईन खबरमा जनाईएको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...