भूकम्प पीडितको सहयोगमा कोरियाबाट पनि उद्धार टोली
फोनिज कोरिया संवादाता
सोल
नेपालमा दुई दिन अघि गएको महाभूकम्पबाट पीडिहरुलाई सहयोग गर्न विश्वबाट उद्धार तथा राहत टोलिसहित विभिन्न औषधी र अन्य सामग्री सहयोग आइरहेको बेला दक्षिण कोरिया सरकारले पनि उद्धार तथा राहत टोली पठाउने निर्णय गरेको छ । विदेशी र स्वास्थ्य मन्त्रालयले सोमबार आपसमा छलफल गरी अध्ययन तथा उद्धार टोली नेपाल पठाउने निर्णय गरेको हो ।
उद्धार तथा राहत टोली सोमबार विहानै नेपाल गइसकेको छ भने थप टोली चाडै पठाउने मन्त्रालयले जनाएको छ । त्यस्तै गरी नागरिक स्तरबाट पनि म्याइ०जी अस्पतालका स्वास्थ्यकर्मीहरु नेपाल गइसकेका छन् । कोरियन संचारमाध्यममा पनि नेपालको महाभूकम्प बारे प्रमुख्ता साथ समाचार आइरहेकोले जनस्तरका नागरिकहरुले निकै चासो लिदै दुःख व्यक्त गरीरहेका छन् । नेपालमा रहेका कोरियन नागरिकहरु मध्ये ३ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।
आइतबार मे दिवस मनाइरहेका मजदुर संघले पनि नेपाल र नेपालीको दुःखमा आत्मासाथ गर्दै ज्ञात अज्ञात मृतकहरुको आत्मा शान्तिको लागि प्राथना गरेका छन् ।