Advertisement
SKIP THIS

कोरियामा २५ औ अन्तराष्ट्रिय प्रवासी मजदुर दिवस मनाइने


सोल -प्रवासी मजदुर संघ एमटियु कोरियाले दक्षिण कोरियामा २५ औ अन्तराष्ट्रिय प्रवासी मजदुर दिवस यहि डिसेम्बर १३ तारिक आइतबारको दिन सोलको महानगरपालिकाको हलमा आयोजना गर्ने भएको छ ।

 

दक्षिण कोरियामा रहेका लाखौ प्रवासी मजदुरहरुको हकहित र मजदुरको पक्षमा लड्दै आएको एक मात्र प्रवासी मजदुर संघ एमटियु कोरियाले  मजदुरहरुको लागि नै उक्त अन्तराष्ट्रिय दिवस मनाउने तयारि गरेको हो दक्षिण कोरियामा कार्यरत लाखौ प्रवासी मजदुरहरुले कम्पनीको मालिक तथा काम सिकाउने म्यानेजरबाट प्रत्यक्ष दैनिक रुपमा विभिन्न तनाब तथा समस्याको सिकार हुनुपरिरहेको विभिन्न तथ्यांक , अनुगमन र मजदुरहरुले खुद बताउने गरेको पाइन्छ ।

 

त्यस्ता समस्याकै कारण प्रवासी मजदुरहरुले आत्माहत्या सम्मको बाटो रोज्ने गरेका छन , यसर्थ एमटियु कोरियाले कोरियाको ठुला मजदुर संगठन कोरियन प्रजातान्त्रिक मजदुर महासंघको सहयोग तथा हातेमालोमा कोरियाको ससद र सरकारलाई निरन्तर संघर्सको माध्यमबाट मजदुर आवाज पुर्याउने काम र मजदुर नीतिमा ब्यापक सुधार गरिनुपर्ने जबरजस्त आफ्नो अडान एमटियुले राख्दै आईरहेको छ ल एमटियु कोरियाले , ईपिएसबाट कोरिया आएका मजदुरहरुले बिना अनुमति कम्पनि परिवर्तन गर्न पाइनुपर्ने, कम्पनिबाट निष्काशन भएको १४ दिन भित्र थ्वेजिकम कोरियामै पाइनुपर्ने ,आफुले चाहेको अवधि वा जतिबर्ष सम्म पनि कोरियामा काम गर्न पाइनुपर्ने , हालको उमेरको हदबन्दी ४० वर्ष सम्म मात्रै कोरियामा काम गर्न पाइने नीति हटाइनुपर्ने ,कृषि तथा सेवा क्षेत्रमा काम गर्ने मजदुरहरुलाई बिदा र अन्य सुविधामा गरिने भेदभावको अन्त्य हुनुपर्ने, कोरियामा कार्यरत सबै भिसा भएको तथा नभएको सम्पूर्ण मजदुरहरुको अधिकार सुनिश्चित हुनुपर्ने, धरपकट बन्द गरिनुपर्ने, प्रवासी मजदुरहरुलाई सम्भाव्य अपराधिको रुपमा हेरी गरिने ब्यबहार अन्त्य हुनुपर्ने,कोरियामा कार्यरत हुदा आफ्नो परिवार ल्याउन पाइनुपर्ने, लगायत अन्य विभिन्न मागहरु राखी २५ औ अन्तराष्ट्रिय प्रवासी मजदुर दिवस भब्यताको साथ् सम्पन्न गर्ने तयारि गरेको हुदा एमटियु कोरियाले कोरियामा रहेका सम्पूर्ण मजदुर , समाजसेवी ,बिधार्थी ,पत्रकार, व्यवसायी साथै विभिन्न संघ सस्थाहरुलाई हार्दिक निमन्त्रणा गरेको छ ।

स्थान : सोल , सिटिहल सोल महानगरपालिका हल

रेल लाइन १ र २ गेट न ४

समय : दिनको ठिक १:३० बजे

सम्पर्क : उदय राई, ०१०-५६७५२०११

रोशन राई :०१०-७४६०१४२२

सर्दिप श्रेष्ठ : ०१०-८५८६२२४३

रोशन न्यौपाने :०१०-४८८९०११५

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...