Advertisement
SKIP THIS

कोरियाली विकास मोडेल सिकेर फर्कियो पूर्वअर्थमन्त्रीको टोली


काठमाडौं-दक्षिण कोरियाको दुई साता लामो भ्रमणमा गएको पूर्व अर्थमन्त्री तथा सभासद् सुरेन्द्र पाण्डे नेतृत्वको टोलीले कोरियाली बिकास मोडल नेपालमा अबलम्बन गर्नेबारेमा ब्यापक अन्तक्र्रिया गरी नेपाल फर्किएको छ । आज भन्दा झण्डै ४२ बर्ष अघि कोरियाले अपनाएको ग्रामिण अर्थतन्त्रको आधुनिकीकरण गर्ने बिधि सेमाउल उन्दोड.का बारेमा विश्व नेताहरुको सहभागितामा आयोजित तालिम तथा सम्मेलनमा नेपाली टोलीलाई आमन्त्रित गरिएको थियो ।

कोरिया समोउल उन्दोड. सेन्टरको आब्हानमा भएको कार्यक्रममा ९ देशका अर्थमन्त्रीहरु, २८ देशका ९२ सहभागी र ६ हजार कोरियाली सेमाउल अभियानकर्ताहरु संलग्न थिए ।

 

कोरियाले आफ्नो देशको ग्रामिण अर्थतन्त्रलाई आधुनिकीकरण गर्न अबलम्बन गरेको समोउल उन्दोड. अभियानलाई विश्वब्यापी रुपमा फैलाउँदै लगेको छ । नेपालमा चितवन जिल्लाको पूर्वी गाउँ पिप्लेमा यसलाई लागु गरिएको छ भने नवबलपरासी जिल्लामा ८० करोडका आयोजनाहरु सुरु हुँदैछन् ।

 

त्यस्तै मंगोलिया, लाओस, भियतनाम, चीन, रुवाण्डालगायतका देशहरुमा पनि कोरयाली बिकास मोडल अबलम्बन गरिएको छ । कार्यक्रममा आज भन्दा ४२ बर्ष पहिले नेपाल भन्दा पनि गरीब र लथालिंग रहेको कोरिया आज कसरी विश्वको ११ धनी अर्थतन्त्र भयो भन्ने कुरा देखाईएको एक सहभागीले बताए ।

 

परिश्रम, स्वयंसेवा र सहकार्यको माध्यमबाट गाउँको बिकास गर्दै आधुनिक अर्थतन्त्र निर्माण गर्न प्रोत्साहित गर्ने यस अभियानमा गाउँमा सिधै रकम नदिई अत्याबश्यक निर्माण सामाग्री तथा उत्पादनका लागि आबश्यक उपकरणहरु खरिद गरेर दिने गरिन्छ । यसबाट भ्रष्ट्राचार कम हुनुका साथै गाउँलेहरुमा काम गर्न प्रोत्साहन मिलेको र बिकास कार्यक्रमहरुमा स्वामित्वबोध बढ्ने गरेको पाईन्छ । चितवनको पिप्लेमा यही मोडलको प्रयोगले ग्रामिण सिमेन्ट सडकहरु बनाईनुका साथै बिद्यलाय र आयआर्जनका कार्यक्रमहरु संचालन गरिएका छन् ।

 

८ सदस्यीय नेपाली टोलीले कोरियाको सौल सिटि, रास्ट्रिय संग्रहालय, देगु सिटि, क्रिसी अनुसन्धान केन्द्र, ख्येंग्जु पर्यटकीय सहर, मुनसङ रि नमूना सेमाउल गाउँ, पोस्को स्टिल कम्पनि, सामसङ इलेक्ट्रोनिक कम्पनि , पुर्ब राष्ट्रपति पार्क चङ हिको जन्मघर, कुमि सिटि आदिको भ्रमण गरेको नेपाल समोउलका अध्यक्ष डा. नबराज पन्तले जानकारी दिए  ।

 

कोरिया भ्रमण गरी फर्किएको टोलीमा जिल्ला बिकास समिति चितवनका कर्मचारीहरु बलराम लुइँटेल र रामहरी न्यौपाने, पिप्ले नमूना सेमाउल गाउँ पिप्लेका गौरीकान्त भट्टराई, कृष्णराज पन्त , बीर बहादुर तामाङ र नेपाल सेमाउल केन्दीय परिसदकी इश्वरी पाण्डे थिए  ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...