कोरियामा चलचित्र रेशम फिलिली किन


श्रीराम गुरुङ

यहि वैशाख १० गते काठमाडौंमा प्रिमियर शो सम्पन्न भइ ११ गतेदेखि बहुप्रतिक्षित नेपाली चलचित्र रेशम फिलिली देश भरको हलहरुमा लागिरहेको छ भने विदेशतिर पनि धमाधम प्रदर्शन को तयारी भैरहेको छ . जापान, अमेरिका ,वेलायत, अष्ट्रेलिया लगायत कोरिया सहित विभिन्न १८ देश मा बिक्रि भैसकेको छ ।सामाजिक संजाल र युटुव मा चलचित्र रिलिज नहुदै जालमा बोलको गीत भाइरल बनेपछि यो फिल्म प्रतिको कौतुहलताले देश विदेशका दर्शकहरुलाई हेर्नको लागि आतुरता पैदा गरेको छ। प्रणव जोशीको लेखन तथा निर्देशन र माधव वाग्लेको निर्माणमा बनेको हास्य प्रधान चलचित्र रेशम फिलिलिमा विनय श्रेष्ठ,मेनुका प्रधान,कामेश्वर चौरसिया को मुख्य अभिनय रहेको छ । प्रिमियर शोमा परम्परागत चलन रेड कार्पेट को सट्टा परालको सुकुल ओछएर यसले नया अर्गानिक इतिहास रचेको छ । प्रिमियर शो पश्चात विभिन्न सामजिक संजाल र मिडियाहरुमा फिल्मकर्मीहरुको विश्लेषण, धारणा र नया नया रेकर्ड कायम हुने भविष्य वाणीहरु आइरहेको छ । यो छोटो आलेखमा ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले कोरियाको लागि प्राप्त चलचित्र प्रदर्शन अधिकारको प्रयोग गर्दै यहि मे ३ तारिख देखि थेगु शहरबाट गर्दैछ,सो को छोटो चर्चा गर्ने जमर्को गरेको छु ।

हामीले निर्माता पक्षसंग सम्झौता गरे देखि नै कोरियावासी नेपालीहरुलाई फिल्म हेर्नको लागि निम्तो गर्दै आइरहेका छौं । आखिर किन हेर्ने त रेशम फिलिली अध्ययन, रोजगार, व्यवसाय लगायत विभिन्न शिलशिलामा कोरियामा नेपालीहरुको प्रवेशसंगै यहाँ भै परि आउने समस्याहरुसंग जुध्नको लागि तथा आफ्नो मौलिक नेपाली कला सस्कृतिको अन्तरष्ट्रिय स्तरमा प्रवर्धन गर्नको लागि विगत देखि नै दर्जनौ संघ सस्थाहरु यहाँ क्रियाशील छन् |यसै मध्ये पछिल्लो समय यहि सालको जनवरी १ तारिख को दिन स्थापना भएको ओखलढुंगा सेवा समाज दक्षीण कोरिया पनि एक क्षेत्रीय सामाजिक सस्था हो ।”सामाजिक रुपान्तरण को लागि हातेमालो अभियान भन्ने मुख्य नारा सहित स्थापित यस सस्थाको उद्देश्यहरु पनि नेपालको विविध भाषा,कला, साहित्य, सस्कार,सस्कृति संचार खेलकुदको संरक्षण ,संवर्द्धन लगायत कोरियामा रहदा बस्दा आइपर्ने विविध समस्याहरुलाई हातेमालो गर्दै समधान गर्ने र स सानो भए पनि जिल्लामा पनि सामाजिक कार्यहरु गर्ने रहेको छ। यी उद्देश्यहरु परिपूर्ति गर्नको लागि सस्थाको सदस्यहरुबाट प्राप्त लेबि मात्र पर्याप्तता नहुने हुदा अन्य सस्थाहरुले जस्तै हामीले पनि नेपाली चलचित्र प्रदर्शन गर्ने निधो गरेका हौ |यसैको नतिजा स्वरूप हाम्रो करिव डेढ महिना को तयारी पश्चात अहिलेको बहुचर्चित र बहुप्रतिक्षित चलचित्र रेशम फिलिली यहाहरु माझ ल्याउन सफल भएका छौ ।

हुन त हामीले धेरै पहिले देखि नै कोरियावासी नेपाली दिदीबैनी, दाजुभाईहरुलाई फिल्म हेर्न अपिल गरिरहेका छौ । सायद कोरियामा मात्रै होइन अन्य देशहरुमा पनि व्यापारिक भन्दा सामजिक उद्देश्य राखेर यस्तो प्रदर्सनी गरिन्छ । |यो फिल्म प्रदर्शनीबाट प्राप्त रकम खर्च कटाएर सम्पूर्ण मुनाफा सस्था मा रहनेछ । उक्त रकमलाइ पारदर्शी ढंगले सामाजिक हितको लागि खर्च गरिनेछ। त्यसैले तपाइहरुले मनोरन्जनको लागि हेर्नु भएता पनि हाम्रो लागि यो ठुलो सहयोग हुनेछ |हामी कृतज्ञ हुनेछौ |तत्कालको लागि ओखलढुंगा सेवा समाजले आपत बिपत तथा बेरोजगार हुदा बस्नको लागि शेल्टरको रुपमा एउटा घर लिने, दीर्घकालिन रुपमा अध्यकोषलै मजबुत पार्ने, जिल्लामा सामाजिक गतिविधहरु संचालन गर्ने, धार्मिक ,सामाजिक,सास्कृतिक,पर्यटकीय प्रवर्धन गर्ने कार्यहरुमा सहभागिता जनाउने रहेको छ । यसको साथै यो चलचित्र को माध्यमले कोरियामा रहेका विविन्न सामजिक सस्थाहरु मार्फत जनसम्पर्क बढाउने र स्थानीय संघ,सस्थाहरुसंग हातेमालो गरि उनीहरुलाइ पनि आर्थिक रुपमा सवल बनाउन उद्देश्यले उनीहरुसंग मिलेर शो गर्ने निर्णय गरेको छ ।यसै अनुरुप मे १० मा थेजन नेपाली समाजसंग मिलेर Daejon Traditional Exihibition Hall मा,मे १७ मा इमानुअल चर्च खेंगीदो खोंजु मा, मे २४ मा जेजुदो नेपाली कम्युनिटी संग मिलेर Jejudo Enginineering University मा यो चलचित्र प्रदर्शन गरिने भएको छ । सम्भवत कोरियाको इतिहासमै जेजुदो आइल्याण्डमा हामी पहिलो चोटी नेपाली चलचित्र प्रदर्शनी गर्न गैरहेका छौ ।यसको लागि हामीलाई त्यहाँ कार्यरत अग्रज समाजसेवी दिदि सुभद्रा लिम्बु र उहाको साथीहरुले हातेमालो गरिरहनु भएको छ । यसै गरि किम्हे, छाल्लादो खोंजु ,मोक्पो,किम्पुमा पनि तयारी भैरहेको छ । यसकारण पनि हामी हाम्रो नेपाली दाजुभाइ दिदीबैनिहरुलाई आफ्नो पायक पर्ने ठाउँ मा गएर चलचित्र हेरी मनोरंजन लिदै हामीलाई सहयोग गर्न अनुरोध गर्दछौ| राजधानी सउल मा भने प्राविधिक कारणले अलि पछी हुने भएको छ ।

अर्को महत्वपूर्ण विषय हामीले यस चलचित्र प्रदर्शनी मार्फत Buddha was born in Nepal भन्ने तथ्यगत नारा लाई अभियानको रुपमा प्रवर्द्धन गर्दैछौ| शान्तिका अग्रदूत भगवान गौतम वुद्ध हाम्रो नेपाल मा जन्मे को गौरवपूर्ण स्वार्णिम इतिहासलाई पनि बंग्याउने किसिमले अहिले भर्खरै हाम्रो छिमेकी देश भारतको प्रधानमन्त्रीद्वारा व्यक्त भ्रमपूर्ण वक्तव्यको प्रतिवाद गर्दै हाम्रो गौरव,हाम्रो शानलाई बुलन्द पार्नको लागि हामीले चलचित्र शुरु हुनु अघि ३ पल्ट सामहिक रुपमा यो नारा लगाउनेछौ |यस्तो राष्ट्रिय गौरव को अभियानलाई साथ दिनको लागि पनि हामीले यहारुको सहभागिता जरुरी ठानेका छौ । सबै धर्म र सम्प्रदाय प्रति हामो उत्तिकै सम्मान सद्भाव भएकोले यो अभियानलाई बिशुद्ध धार्मिक रुपमा मात्रै नलिई दिनु हुन् अनुरोध गर्दछौ । सत्य कुरा पनि सय पल्ट झूट बोले झुटो ठहरिन्छ भन्ने भनाइलाई आत्मसात गरि हामीले हाम्रो जन्मभूमि प्रतिको कर्तव्य र सत्यको निष्ठा स्वरूप हामीले यसलाई जोड्ने प्रयास गरेका हौ ।

यी सबैको अतिरिक्त हामी तपाई हरु संग हातेमालो गर्न चाहन्छौ,जोडिन चाहन्छौ । तपाई हामी एक अर्कामा जोडिनु भनेको सहयोग र सद्भाव बढ्नु हो, स्नेह बढ्नु हो । कोरियामा थुप्रै सामजिक सस्था हरुले अत्यन्तै प्रशानिय कार्यहरु गर्दै आएको छ । दिनदिनै नेपालीहरको संख्यामा वृद्धि संगै समस्याहरु पनि थपिदै गएको छ ।ति समस्याहरुसंग जुध्नको लागी हामी सबै एक हुन् आवश्यक छ । भर्खरै एन आर एन कोरियाले नेपाल हाउस व्यवस्थापन सम्बन्धि १० करोड वन संकलन गर्ने आफ्नो महत्वाकांक्षी अभियान सफल गरेको छ । अब यसै १ अर्ब वन संकलन गरि सम्पूर्ण नेपालीहरुको लागि आपतकालीन राहत कोष स्थापना गरिनपर्छ । तसर्थ ओखलढुंगा सेवा समाज दक्षिण कोरियामा हुने हरेक सामाजिक अभियानमा जोडिने वचन वद्ध हुदै हामी कोरियाको विभिन्न शहरहरुमा मे ३ देखि पिरतीको छाता लिएर आउदैछौ । हामीलाई आशा छ यहाहरुको सहयोग र सहभागिता प्राप्त हुनेछ ।

लेखक ओखलढुंगा सेवा समाजका सचिव हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...