ख्वांजुमा एसियाको सब भन्दा ठुलो सांस्कृतिक केन्द्र खुल्ला
सोल, दक्षिण कोरियाको शहर ख्वांजुमा एसियाको सब भन्दा ठुलो सांस्कृतिक केन्द्र खुलेको छ ।दक्षिण कोरियाका प्रधानमन्त्री हवांग क्यो अनले बुधबार एसिया सांकृतिक केन्द्रको उदघाटन गरेका हुन् ।
सो कार्यक्रममा करिब ७ सय जनाको सहभागिता रहेको थियो ।एसिया सांस्कृतिक केन्दले अन्र्तराष्ट्रियस्तरमा विभिन्न देशको संस्कृतिको बारेमा जानकारी दिनेछ ।सो केन्द्रमा काजकस्तान,क्रिगिस्तान,तुर्कीमिनिस्तान,उज्वेकिस्तान लगायतका देशका प्रतिनिधिहरु ३ दिने सांस्कृतिक छलफल गरीरहेका छन् ।
संस्कृति,खेलकुद तथा पर्यटन सोलका मन्त्रीका अनुसार बुधबार भेला भएका विभिन्न देशका मन्त्रीहरु विभिन्न सांस्कृतिक प्रर्दशनका लागि सहमत भएका छन् ।त्यसैंगरी उनीहरु नियमितरुपमा संस्कृति,कलाको प्रदर्शन गर्न र संबन्धित संघसंस्थाहरुलाई सहभागिता गराएर तिनीहरुको कला,संस्कृतिलाई चिनाउन सहमत भएका छन् ।