Advertisement
SKIP THIS

कोरियाली मजदूर हड्तालमा ४ लाख सहभागी


फोनिज कोरिया संवाददाता

दक्षिण कोरियाली मजदुर संगठन कोरियन कन्फेडेरेसन अफ ट्रेड युनियन (केसीटीयू) ले शुक्रबार गरेको आमहडतालमा ४ लाख मजदूरले सहभागीता जनाएका छन् |

सरकारले ल्याउन लागेको नयाँ श्रम नीतिको विरोध गर्दै आह्वान गरिएको हडतालको पहिलो दिन कोरियाको १४ शहरमा २ हजार ८ सय २९ कार्यक्षेत्रमा कार्यरत ६० हजार सरकारी कर्मचारी ,१० हजार शिक्षकसहित ४ लाख मजदूरले सहभागिता जनाएका हुन् |

दिउसो ३ बजे सोल सिटिहलबाट राष्ट्रपति भवनतिर जना लागेको जुलुस प्रहरीले रोकेको थियो | केहीबेर ठेलाठेल भएपछि जुलुस जोङनो क्षेत्रको परिक्रमा गर्दै सभा बेलुका ७ बजे सकिएको थियो | हड्तालमा सोल राष्ट्रिय विश्वबिद्यालय अस्पताल युनियनले समेत सहभागिता जनाएको थियो | माग पुरा नभएसम्म हड्ताल निरन्तर हुने केसिटियुका प्रबक्ताले जनाएका छन् |केसिटियु कोरियाको दोश्रो ठुलो मजदूर संगठन हो |सरकारले आमहड्ताल अबैधानिक कार्य र यसको प्रतिरोध गर्ने भनेको भए पनि खासै अप्रिय घटना भने भएन |

कोरिया सरकारले आउदो संसद अधिबेशनमा मजदूरहरु हित श्रम नीतिको संसोधन प्रस्ताब लाने भए पछि मजदूरहरु आन्दोलित भएका हुन् | मजदूर संगठनहरुले सम्पूर्ण मजदूरको ज्यालाप्रति घण्टा १० हजार वन हुनुपर्ने , सम्पूर्ण मजदूरहरुलाई हक अधिकार सुनिश्चित गर्नका लागि मजदूर कानुनको दफा शंसोधन गर्नुपर्ने, कम्पनीमा ठेकेदारी प्रथा हटाउनुपर्ने, ठेकेदारबाट आएका कामदारहरुलाई मुख्य कम्पनीले नियुक्ति गर्नुपर्ने, उनीहरुले मजदूर संगठन खोल्न पाउनुपर्ने र जनताको सार्वजनिक कोष मजबुत बनाउनुपर्ने निरन्तर माग गरिरहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...