Advertisement
SKIP THIS

तमु धीँ दक्षिण कोरियाको अधिवेशन तयारी तिब्र हुँदै


सोल कोरिया
तमु धीँ दक्षिण कोरियाले आफ्नो ७औं अधिवेशनको तयारी तिब्र बनाएको छ । अगामी नोभेम्बर २२ तारिकका दिन सोलको सिलसङ्दोङ् स्थित नेपाल हाउसमा अधिवेशन कार्यक्रम हुने उसले जनाएको छ ।

तयारीकै सिलसिलामा गएको छुसकमा सम्पन्न ‘रोधी सांगीतिक सौगात भाग–३, कर्म ब्याण्ड लाईभ कन्सर्ट’ समिक्षा एवं ७औं अधिवेशनको तयारी कार्यक्रम धीँले नोभम्बर ८ मा सम्पन्न गरिसकेको छ ।

सो अवसरमा अधिवेशनका तयारी बारे कोरियाको विभिन्न शहरहरुमा छरिएर रहेका तमुहरुलाई जानकारी गराएकाे संस्थाका अध्यक्ष सुरज गुरुङ्ले जानकारी दिए ।

अधिवेशनको उद्घाटनसत्रका प्रमुख अतिथि कोरियाका लागि नेपाली श्रम सहचारी अनिल गुरुङ्, बिशेष अतिथि जनजाति महासंघका अध्यक्ष चित्र तामाङ् लगायत सम्पूर्ण अतिथिहरुलाई पत्राचार गरिसकिएको पनि गुरुङ्ले जानकारी दिए ।

दिनको ठिक १२ बजे सुरु हुने ७औं अधिवेशनले संस्थालाई नयाँ नेतृत्व प्रदान गर्नुको साथै भावी कार्यनीति समेत तय गर्ने बताईएको छ ।

विश्वभरका तमुहरुलाई एकता गर्ने उद्देश्य सहित सन १९९९ सयमा तमु प्रचार प्रसार समिति नामले सुरु भएको ‘तमु धीँ दक्षिण कोरिया’ हालसम्म विभिन्न सामाजिक सेवाहरु गर्दै आईरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...