यसपालीको मेरो तिहार
नेपालीहरुको एक मुख्य पर्व तिहारमा नरमाउने साउदै नेपाली होलान । हिन्दु धर्म अनुसार यमपञ्चकको रुपमा पाँच दिनसम्म मनाउने यो पर्वको पछिल्लो तीन दिनलाई विषेशरुपमा मनाउने गर्छन् । अझ विषेश गरी तेस्रो दिन लक्ष्मीपूजा त झन देश विदेशमा रहेका नेपालीहरुले बडो हर्षो उल्लाष र रमाइलो गरी मनाउने गर्छन् । विदेशमा रहने नेपालीहरु पनि आ-आफ्नो समय र परिस्थीति अनुसार अनुकुलता मिलाएर यो पर्वलाई मनाउने गर्छन ।
यसपालीको तिहारमा दक्षिण कोरियामा रहेका नेपालीहरुले समय पाउनेले आफ्नो कोठामा राम्रैसंग लक्ष्मीपूजा गरे भने राती अवेरसम्म काम गरेर कोठा फर्कनेहरुले पनि एउटा मैनबत्ती बालेर मात्रै भएपनि लक्ष्मीपूजालाई निरन्तरता दिए ।
तर मैले भने यसपालीको लक्ष्मीपूजाको दिन फरक अनुभूति संगाल्न पाए । नेपालमा साँझ हरेक घरको आगंन र ढोकामा रंगीविरंगी अविरबाट मण्डला र लक्ष्मीको आसन बनाइरहदा म भने दक्षिण कोरियाको राजधानी सउलको एक भब्य थियटर हलमा आसिन थिए । नेपालमा पाला र मैनबत्तीको प्रज्वलन र विजुली बत्तीको झिलीमिली हुदा म भने आधुनिक कोरियन नृत्यको रंगीविरंगी प्रकाशलाई दृष्टीपान गर्न बाध्य थिए ।
मेरो अघिल्तीर मञ्चमा संगीत र प्रकाशको बेजोड समागनमा कोरियन कलाकारहरु विभिन्न हाउ भाउमा नृत्य गर्दै थिए । तर मेरो मनमा भने देउसी र भैलो घन्कदै थियो । नेपाली परम्परागत पहिरण गुन्यौ चोली र गहनामा सजिएका युवतीहरु छमछम नाचेको दृश्य सलबलाउदै थियो । सयपत्री र मखमली पूmलको माला भिरेर मादल र झयाम्टा ठोक्दै वरीपरी घुम्दै देउसीरे खेलेको दृश्य घुम्दै थियो ।
आँखा अगाडी प्रत्यक्ष दृश्यपान गरीहरेको प्रकाश पनि रंगीविरंगी नै थिए । कलाकारहरु पनि संगीत र नृत्यमै रमाइरहेका थिए । मेरो मनामा सलबलाउने पनि संगीत र नृत्य नै थियो अनि झिली मिली पनि रंगीविरंगी प्रकाश नै थियो । तर पनि कति फरक । कति अन्तर । विश्वमै हरेक मानव रमाउने , खुशी हुने , हर्ष बडाइ गर्ने उही संगीत र नृत्य नै त हो नि । विश्वको नियम एउटै हो तर अनुभूति कति फरक । देउसी भैलोमा जति रामाउथ्यौ मेरो मन यो नृत्य र संगीतमा त्यति रमाउन सायदै सक्ला । सायद यही होला आफ्नो संस्कृती ।
दई घण्टाको कोरिएयन आधुनिक नृत्य हेरेर बाहिरीयौ । कारियन साथीहरुसंग नजिकै रेष्टुरेन्टमा छिरयौ । वियर, सोजु र मकाली अडर भयो । साथमा पिरो कुखुराको खुट्टा । अनि थपियो समुन्द्री खानाको आइटम पनि । खादै थियौ । हाम्रो समूह ठूलै थियो । दुईवाटा टेवल जोडेर बसेका थियौ । मोवाइलमा घरी घरी नजर पुग्थ्यो । किन कि लक्ष्मी पुजाका थरी थरीका तस्वीरहरु फेसबुकमा हेर्न पाइन्थ्यो । त्यसैले पनि होला घरी घरी मेरो आँखा मोवाइलमा पुग्थ्यो । नजिकैको कोरियन साथीलाई फेसबुकमा राखिएका पैसा र सुन चाँदीका गहनालाई लक्ष्मी पूजा गरिएको तस्वीरहरु देखाए । आज नेपालमा यस्तो पर्व छ भन्दै । उनी पैसा र गहनालाई पनि पुजा गरिने सुनेर छक्कै परिन ।
उनले पनि आप्mनो फेसबुकको रिजाल थरका एक नेपाली युवाक साथीलाई परिचय गराईन । विज्ञान विषय लिएर कोरियामा अध्ययन गरेका ती रिजाल परिवार अहिले भने अमेरिका बसाइ सरेका रहेछन् । यी कोरियन साथीले सोधिन यो रिजालले विवाह गर्ने बेला मात्रै पत्निको अनुहार हेरेकोरे यस्तो पनि हुन्छ ? । अभिभावकले हेरेरेर ठिक लागे विवाहको कुरा फिक्स गर्ने चलन नेपालमा भएको पुष्टी मैले गरिदिए । उनी छक्कै परिन नेपालमा त्यस्तै चलन पनि छ भनेर । अहिले पनि छ मैले थपे ।
त्यहि दिन कोरियामा भने पेपेरो दिवस मनाउदो रहेछ । ११ महिनाको ११ दिन अथवा एक एक बराबर , उस्तै उस्तै भनेर विषेश गरी व्यवसायीहरुले आप्mनो व्यवसाय बढाउन यो दिवस चलन गरेको भनाइ रहेको छ । यो दिन विषेश गरी युवा युवतीहरु एक अर्कालाई उपहार दिने लिनै र पातलो सिन्का आकारको मिठाइलाई उपहारको रुपमा दिने चलन रहेछ । हामी शेयर एण्ड केयर भन्ने संस्थासंग थियौ । त्यही संस्थाका एक युवती कर्मचारी भने आप्mनो केटा साथी लिएर आएकी रहेछ । उनी केटा साथीसंग हाम्रो समूहबाट अलगिन्न चाहिन । बोसले पनि उनलाई रमाइलो गर्न भन्दै बैकं कार्ड दिएर पठायो । कर्मचारीप्रति हाकिमको यस्तो माया अनौठो लाग्यो ।
हामीसंगै बसरीरहेकी एक युवतीको छोरी पनि आमालाई खोज्दै त्यही आइपुगिन । आमाले नै गिलासमा वियर हालेर छोरीलाई दिइन । खाएपछि छोरी कतै जान लागेको जानकारी गराइन अनि भोली पनि घरमा नाउने आमालाई सूचित गरिन । कोरियाको समाज कति खुला छ । आमा र छोरीको अनि हाकिम र कर्मचारीको यस्तो सम्बन्धले एसियामा कायम पूर्विय सभ्यतालाई विश्तारै पश्चिमा प्रचलनले अतिक्रम गरेको आभास पाए ।