विदेश जाने पासपोर्ट च्यातेर तरकारी खेतीमा


गुल्मी –विदेश पठाउने दलालले पैसा ठगी गरे पछि गुल्मी सिमिचौरका एक युवाले पासपोर्ट च्यातेर गाउँमा तरकारी खेतीवाट विदेशमा भन्दा बढि कमाई गर्दै आएका छन् । रेसुङ्गा नगरपालिका–११, सिमिचौर महराईका २८ वर्षीय युवा विनोद कुँवरले विदेश जाने पासपोर्ट च्यातेर तरकारी खेतीबाट विदेशमा भन्दा बढि आम्दानी लिदै आएका हुन् ।

 

कुँवर भन्छन्–‘दश एघार वर्ष भारतमा मजदुरी गरें । त्यस पछि विदेश जाने चक्करमा लागे । दलाललाई ५० हजार दिई सकेको थिएँ । दुई महिना सम्म पठाउछु भनेर काठमाण्डौंमा राख्यो । तर पठाउछु पठाउछु भन्दा भन्दै दलाल उक्त रकम लिएर भाग्यो । म वेखर्ची भएर घर फर्किने अवस्था आयो । मेरो पालो विदेशको सपना सधैका लागि त्यागेर पासपोर्ट च्यातेर घर फर्किएँ ।’

उनले थपे–‘ घर फर्किए लगत्तै सानो क्षेत्रफलमा व्यवसायीक तरकारी खेती सुरु गरे । त्यसबाट हौसिएँ । परम्परागत कोदो, मकै र खेतीको आठौं गुना आम्दानी तरकारी खेतीबाट हुने रहेछ । क्रमशः बढाउदै गएँ र अहिले १८ रोपनी क्षेत्रफलमा तरकारी खेती गर्छु । त्यसबाट खर्च कटाएर पनि वार्षिक ६ लाख भन्दा बढि आम्दानी लिने गरेको छु । ’

 

उनले २ रोपनीमा गरेको अकवरी खुर्सानीबाट मात्र वार्षिक २ लाख आम्दानी लिने गरेका छन् । डेढ रोपनीमा लगाएको कांक्राबाट वार्षिक २ लाख, चार मौसमे जातको सिमिबाट वार्षिक ५० हजार, ६ हजार विरुवा फुल गोपीबाट वर्षिक डेढ लाख आम्दानी लिने गरेका छन् ।
त्यस्तै बन्दागोपीबाट वार्षिक ५० हजार, लौकाबाट वार्षिक २२ हजार, करेलाबाट वार्षिक ४० हजार, घिउ सिमीबाट वार्षिक ३२ हजार, भाण्टाबाट १५ हजार, ब्रो काउलीबाट ६० हजार, विभिन्न जातको सागबाट ६० हजार र केराउबाट वार्षिक १० हजार सहित वार्षिक झण्डै १० लाखको कारोवार गर्दछन् ।

 

दैनिक ३ जना स्थानीयलाई रोजगार दिएका उनि आफु विहान देखि साँझ सम्म सदरमुकाम तम्घासमा तरकारी वेच विखन गर्न खटेका हुन्छन् । दुध समेत दैनिक तम्घासमा वेच्दै आई रहेका उनले विदेशमा जानेहरुले भन्दा बढि कमाउने गरेको बताउँ छन् ।
जिल्ला कारागार, अन्य सरकारी कार्यालयमा समेत तरकारी पुराउने गरेका कुँवरले रिडर्श पव्लिक हाई स्कुल तम्घासको होस्टेलमा दैनिक तरकारी पुराएर त्यसैबाट तिन जना छोरा छोरीहरुलाई वोर्डिङ्ग पढाएका छन् ।

 

हालै ललितपुरमा रहेको दायित्व नयाँ घर नामक संस्थाको सहयोगमा एकीकृत ग्रामिण विकास समाज गुल्मीले आयोजना गरेको नविनताको खोजी नामक प्रतियोगितामा जिल्लाका २ सय ३१ जना उद्यमीहरु मध्ये उत्कृष्ट ४०, उत्कृष्ट २० हुँदै उत्कृष्ट १० मा परेका कुँवर विभिन्न संघ संस्था र दोश्रो गुल्मी महोत्सवबाट समेत उत्कृष्ट कृषकका रुपमा पुरस्कृत भएका छन् । उनले अव तरकारी खेती वा व्यवसायीक पशु पालन गरे कुनै पनि युवाहरु पैसा कमाउनका लागि विदेश जान नपर्ने अनुभव सुनाउछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियाको सुवनमा भव्यताका साथ ‘साकेला’ मनाइयो
  • गूमी एसियाली एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउँदै
  • म त्यही अनुहार हूँ
  • ‘मुक्कुमलुङ कपको’ उपाधी आस्याङ एफसीलाई
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...