लिलामी हाम्राे राष्ट्रवाद र मधेस अान्दाेलन
सज्जन कुमार सिंह
कलम हाम्राे तर लेख्छ अरुले
आँखा हाम्राे तर देख्छ अरुले
एक जना दार्जीलिङका नेपाली कविले लेखेकाे याे पंङ्ति साच्चै नै हाम्राे अहिलेकाे यथार्थमा सत्य सावित हुन्छ । याे दुई लाईनका हरफ नाै अक्षरहरुमा अाउने भावले देशकाे यथार्थ तस्बिर काेरेकाे छ । हामी हामी छैनाै ,हाम्राे देश हाम्राे छैन हामी श्वास पनि अरुकाे इशारामा फेर्न पर्छ । हामी हाम्रा लागि भन्दा पनि बढि अरुका लागि रहेछाै कि ? यस्तै यथार्थ हामी बीचमा छ । त्यतिबेला हामी नेपाली हामी गाेर्खालीले विश्व मनचित्रकाे इतिहासका बहादुरकाे स्वर्ण अक्षरले नाम लेख्याे । तर हिजाे हाम्रा पुर्खाले नुनकाे निम्ति बम बारुद चलाए । नुनसंग जीवन पैचाे दिए नुन दिनेले दुश्मन ठानेकाहरुलाई अाफ्नाे पनि दुश्मन ठानेर जाइलागे । कैयन कठिन युद्धहरु जिते बदलामा एउटा फुलि लगाइदियाे भावि सन्ततिका लागि नुनकाे साेझाे गर्न बन्दुक समात्ने मार्ग प्रसस्त गरिदियाे ।
हामी फक्ल्याङका टापुहरुमा अरुकाे लागि लड़यौ,जम्मु कश्मिरमा अरुका लागि लड़यौ केवल हातमुख जाेर्नका लागि थियाे | याे समर्पण ब्रिटिस साम्राज्यले हजाराै नेपालीलाई युद्धमा सामेल बनायाे | प्रयाेग गर्याे तर तिनै गाेर्खालाई लात हानेर सामान्य सुविधा दिन समेत मानेन कतिपय युद्धमा मारिएका परिवारजनहरु अझै अाउछ कि भनेर बाटाे कुरेर बसेका छन । भारतियले सिमाना गाेर्खालीलाइ पिलर बनाएर राखेकाे उसकाे देश जाेगाउन मृत्यु पत्रमा साइन मारेका गाेर्खालीका रगत लियाे,ज्यान लियाे सिंगाे जीवन लियाे तर उसले दिने पेन्सन र सेवा सुविधा राेकिदियाे ,हजाराै इन्डियन अार्मिकाे पेन्सन राेक्ने जथाभावि पेन्सन काट्ने काम भईरहेकाे छ । किनकि हामी नेपाली हाम्रा लागि रहनेछाै हामी नेपाली देशका लागि भन्दा अन्य देशका लागि पसिना चुहाउन,रगत बगाउन जन्मिएका रहेछाै । खाडि र परदेशकाे अहिलेकाे नेपालीकाे अबस्थाले यहि भन्छ । हाम्राे खाेलामा कति पानी छ , कति बिजुली निस्कन्छ हामीलाई थाहा छैन त्याे अरुले भन्दिनु पर्छ ।
हाइड्राेपावरको हर्व र टसरिज्म हिट फरमुला अरुले भन्दिनु पर्छ । देशकाे पानी अरुले लान्छन , देशका युवा अरुले लान्छन अनि हामी राष्ट्रियताको कुरा गर्छाै । देशमा कति बाघ,कति गैडा छन त्याे अरुले गन्छ अरुलाई थाहा हुन्छ । हामीले पैसाे तिरेर किन्ने तेल,चामल र लसुन प्याज अरुले भनेकाे ठाउमा किन्नुुपर्ने ? के यहि हाे हाम्राे राष्ट्रियता ? हाम्राे स्वाभिमान ?
६२ सालतिर बागलुङकाे गाजादह जाने क्रममा एउटा बनकाे बिचमा एउटा चाैतारी बनाइएकाे रहेछ । त्यहि गाउका एक जना पुन युवा दाेस्राे बिश्वयुद्धमा मारिएका रहेछन,।उनी त्यहि चाैतारका ढुंगामा संझना बनेका थिए | उनकाे नाम शिलामा टासिएका थियाे । त्यहि ठाउमा गाइबाख्रा चराएर खाएका उनकाे परिवार त्यहि चाैपारिमा संझना बिसाउछन । हामी गरिव भएर जन्मिनु अभिशाव थिएन तर अर्काकाे ढाल बनेर अाफ्नाे जीवन अरुलाइ सुम्पिनु अभिसाप थियाे । बहादुरिता हामी नुनका लागि देखायाे तर अाफ्नाे राष्टियताका लागि हामी सधै चुकेका छाै । हामी हाम्रा लागि हाेईनाै अरुका लागि बाचेका रहेछाै ।
नेपाल स्वतन्त्र र भर्जिन भुमि जहाँ निरंकुसवादि र साम्राज्यवादीले पाइलासम्म टेक्न पाएनन् भनेर हामी भन्छाै । हाम्रा वीर पुर्खाहरुले ताेपकाे अगाडि हासी- हासी अाफ्ना छाती थापे तर देशकाे शिर झुक्न दिएनन् । अाफु पानी र दाना नखाएरै भए पनि देशभित्रै बसे तर मेचिकालिकाे माटाेलाई लिलाम गर्न तयार भएनन् । सगरमाथाकाे उचाइ घटाउन दिएनन् । नेपालीकाे अस्तित्व मेटाउन दिएनन् । अाफु मरेर पनि देश मर्न दिएनन् । अाफु राेए तर देशकाे स्वाभिमान कहिल्यै झुक्न दिएनन् देशलाइ कहिल्यै रुन दिएनन् ।
त्यस्ता राष्ट्रवादी नेपालीका सन्तान हाै हामी त्यस्ता वीर पुर्खाले अार्जेकाे मातृभुमिका मान्छे हाै हामी । राणा शासन हाेस या शाह बंसिय शासन अान्तरिक रुपमा उत्पिडन अपमान समस्या जे भए पनि छिमेकी देशहरुसंगकाे सम्बन्ध र उनिहरुले नेपाललाइ हेर्ने दृष्टिकाेणकाे सबालमा सधै उच्च महत्वमा पर्थ्याे ।कसैकाे कान्छाे भाइ बनेकाे थिएन नेपाल ,कसैकाे रखैउलाे सन्तान पनि थिएन त्यतिबेला हाम्रा साना दुखले अार्जेका मुलुक हाेइन ।नत याे सानाे पीडा खपेर यहाँ सम्म अाएकाे देश नै हाे । टिष्टा देखि कागडासम्म फैलिएकाे देश घुम्चिएर अाज मेचि महाकालीमा सिमित छ । कसैकाे अाैपनिवेशमा बाच्न हामिलाई नपरे पनि पछिल्ला नेतृत्वले एउटा तिताे सत्य के बनाइदिए भने हाम्राे देशमाथि भारतिय मन्द खालकाे अाैपनिवेशिकता लाद्ने अबसर दिए । राजनैतिक स्वार्थकाे लागि भारतिय शासकलाई टेक्न अाफ्नाे छाति दिने दलका नेता जसले अाफ्नाे इज्जेत मात्र हाेइन समग्र राष्ट्रियता माथि र हाम्राे स्वाभिमान माथि कुल्चने अबसर दिए ।
सुगाैली सन्धि यता पनि भारतिय पक्षले पटक पटक देशका सिमाना अतिक्रमण गरे । नाकाबन्दि र कठिन अबस्था सिर्जना गर्याे । उसले नेपाललाइ अर्काे देश मानेन | केवल अाफ्नाे अर्जेलाे भाइ , जसकाे जयजयकार गर्नु नेपालकाे दायित्व सम्झ्याै । हामी जति नै राष्ट्रियताको कुरा गरेपनि देश भारतिय शाषककेा मुठ्ठिमा दियाै ।यदि त्यसाे हाेईन भने हाम्राे संविधान हाम्रा बिकासमा किन उसकाे टाउकाे दुखाई । हामीले हाइ काट्दा पनि भारतलाइ साेध्नु पर्ने ,? हामीलाइ मन परेकाे चाहेकाे सस्ताे पर्ने सजिलाे हुने सामाग्रि किन्न प्रयाेग गर्न पनि हामी स्वतन्त्र छैनौ भने कुन अर्थमा स्वतन्त्र रह्याै र कुन अर्थमा भारत हाम्राे छिमेकी रहे ।
भुकम्पले छियाछिया परेकाे एउटा बिकाशन्मुख देशलाई याे बेलामा नाकाबन्दि गर्ने देश जत्तिकाे शत्रु काे हुन सक्ला ? देशकाे राष्ट्रियता माथि भारतिय दादागिरि बढ्नुका केही प्रमुख कारण छन । त्यहि कारण समाधान नगरेसम्म र त्यहि कारणलाइ समाधान गर्न नेतृत्व र कर्मचारितन्त्र गम्भीर बनेर लुटिएकाे राष्ट्रियताको शाख जाेगाउने अबसर पनि बन्ने छ ।
हामीले देशका संभावना कुल्चिएर अरुकाे अाशमा पर्याे । देशभित्रका असिमित संभावनामा पसिना बगाउन छाडेर भारतिय सहयाेगकाे अपेक्षा गर्याे उच्च परनिर्भता संगै देशकाे मुल राजनितिमा भारतलाइ खेल्ने अबसर दियाै । पुलिसका भ्यान भारतले दिने,एम्बुलेन्स भारतकाे सहुलित ,सभाषदलाई चिल्ला कार भारतकाे अनुदान, सेनालाइ हेलिकप्टर भारतिय अनुदान, शंखा,घण्टा,हरेराम हरेकृष्णकाे कात्राे श्रीखण्ड चन्दन सबैभारतबाटै अनि भारतले नहेपे अरुले हेप्छ हामीले ।
भारत हाम्राे अन्न पानीकाे दाता हाम्राे मालिक यसरी नै हाम्राे मानसिकता बिकास भयाे । हाम्रा सिमामा भारतिय सेना पुलिस,हाम्रा नदिका बालुवा र गिटि भारतियले निकाल्ने ? भारतियकाे जडाैलि खाएर लाएर बाच्न बानि परेपछि अधिकांस दलाल मानसिकताका नेतृत्व र कर्मचारिले अझै भारत भारत भनेर भाका हालिरहेका छन ।यस्ताे बेलामा पनि भारतले नाका बन्दी गरेकाे छैन भारत बाटै तेल लिउ अन्त जानू हुन्न भनेर घट्काेपासाे लगाउन भ्याए । भारतबाहेक अन्य ठाउकाे नाका र बिकल्प खाेज्न नेतृत्वकाे दिमाग घुमेन ।यति सम्म कि दलका नेता विशेष गरेर काग्रेस र अन्य दलका नेता र कर्मचारिले खुलेर याे नाकाबा्दिलाइ नाकाबन्दि सम्म भन्न सकेनन् ।
काग्रेस एमाले माअाेवादि र देशका उच्च नेताका छाेराछाेरिलाई छात्रावृत्ति काेटामा भारत पठाउने । एकाद हितका लागि राष्टघाति सम्झाैता गर्ने ,अाफन्त अासेपासेलाइ जागिर अबसरमा सेटिङ गराउन र अाफ्नाे निहित स्वार्थका निम्ति जस्ताे सुकै दिशामा लम्पसार परेर जय जयकार गर्ने , मन्त्रि बन्न जस्ताे सुकै निच र राष्टघाति सम्झाैता गर्न पल्केका नेपाली नेताकाे नाडि भारतियले पहिल्यै देखि छाम्ने अबसर पाए र अबसर दिइयाे ।
यहि खराब परिपाटिले हामी माथि छिमेकिले हेर्ने दृष्टिकाेण निच र दासकाे जत्तिकै बन्नु ठुलाे कुरा हाेईन । त्यसैले याे परिपाटि अन्त्य गर्ने सुवर्ण अबसर हाे सच्चिने याे ठिक घडि हाे ।
यदि भारतलाइ बडे भैयाबाट मित्र बनाउनु थियाे भने उसले भिख दिने चिजमा हर्ष बढाइ छाडेर देशका संभावनामा खाेजि गर्नु , उसकाे बिकल्प पत्ता लगाउनु पर्छ ।यदि देशलाइ माया गर्ने नेतृत्व र सभाषद हाे भने भारतिय सरकारकाे जडाैलि गाडि छाडेर साइकल र रित्तै खुट्टा हिड्दा राष्ट्रियता देखिन्छ । इन्धन, ग्यास लाई समाधान गर्न अन्य देशसंग सम्झाैता बिधुत प्रयाेग र उपलब्ध संभावना खाेजिनु पर्छ । भारत निर्भर सामग्रिकाे बैकल्पिक खाेजि गर्न नसक्ने ,किनेर खाने र ल्याउन हामी स्वतन्त्र छाै त्याे स्वतन्त्रता का लागि माेदिका काका गाेदिले भने पनि केही हुने वाला छैन । यसकेा दादागिरिलाई घुडा टेकाउन नेतृत्व एक भएर अाम नागरिकमा दुखसुख देशमा संभावना खाेज्न हाैसाला दिनु पर्छ ।
अाम भारतियले नेपाल पहिला भारत कै एउटा चाेक्टा हाे भनेरै बुझ्छन र त बुद्ध सगरमाथा र एेतिहासिक महत्व राख्ने सम्पदामा पनि उसले सधै अन्याेल खडा गर्दै बिश्वमा असत्य प्रचार गरिरहन्छ ।यस्ता कैयन मुद्धा भारतका कारण हामी छायामा परेका छाै ।
यहि लस्करमा फेरि मधेस र मधेसि नेता फालिम लगाएका छन । मधेसि नेता,मधेसी नेपाली ले पहाडलाई हेर्ने दृष्टिकाेण मा गम्भीर समस्या छ ।त्यस्तै पहाडिया मानसिकता पनि मधेसप्रति गलत नै छ । प्रायजसाे सत्ता वरिपरि ढुसेर बस्ने मधेसि नेता उनिहरु प्राय सांसद र मन्त्री बनिरहेका छन । राजनैतिक स्वार्थका लागि सधै मधेसलाइ उचालिरहन्छन । मधेसिी नागरिककाे समस्या उठाउने हाे भने त्यहाकाे मुख्य समस्या भुमिहिनता हाे भुमिहिन किसानकाे समस्या काे भु- सम्म उच्चारण गर्न नचाहने जमिन्दारहरु मधेसी नेता छन । यसकाे अर्थ के हाे भने सिंगाे मधेस उचाल्ने र मधेसि नागरिककाे अाखामा छाराे हालेर कथित पहाडिया शाषककाे बिरुद्दमा उभ्याएर अाफु सधै त्याे मधेसकाे जमिन्दार र नेता बन्न चाहन्छन उनिहरु । जसकाे लागि उनिहरु देशकाे नागरिकता त्याग्ने, देशलाइ बिश्वले नाकाबन्दि लगाए हुन्छ भन्ने जस्ता अति नै राष्ट्रघाति बाेलि निकाल्छन ।
यदि मधेसकाे सच्चा नेता बन्ने हाे भने मधेसकाे मुख्य समस्या भुमिहिन किसान, अाम उत्पिडितकाे पक्षमा किन अावाज उठाईदैन । मधेसि अाम नागरिकलाइ उक्साएर पहाड ,हिमाल बिरुद्द उभ्याउने अधिकांस नेता अहिले पनि अान्दाेलन भन्दै गाडिमा सयर गरिरहेका छन । अाखिर पहाडिया शाषक भनेर अान्दाेलन उक्साएका नेता मन्त्री बन्न बेग मारेर काठमाणडाै पुगे ,मन्त्री बने । अान्दाेलन छाडे अाखिर सत्ताका लागि जे पनि गर्ने नेतृत्व हुनु नै देशकाे लागि सबैभन्दा घातक बन्याे ,राष्टियताका लागि बढि बिषालु बन्याे । भारतिय हरु संग साठगाठ गरि कराेडाै भारु र दारुमा मस्त हुँदै देशमा भारतिय लाखेनाच भित्राउने काम गर्ने सबै देशद्राेहि हुन ।
यदि मधेसकाे समस्या समाधान गर्ने हाे ,सच्चा देशभक्ति नेपाली हाे भने देशभित्र गैरदेशिय नागरिक र तत्व घुसाएर के अान्दाेलन गर्न लगाइन्छ ? देशभित्र सधै सत्ता मै बसेर न्युनतम जिम्मेवारि बहन नगरि भारतसंग उसकाे भित्री अाकाच्छामा कठपुतली बन्न पाइन्छ ? देशलाइ बिहारिकरण भुटानीकरण गर्ने जुन भित्री येाजना छ यसलाइ सच्चा मधेस स्थित नेपालीले बुुझ्नु पर्छ । अर्ध सामान्ति,अर्धउपनिवेश देशलाइ पुर्ण स्वतन्त्र बनाउने देशलाइ पुर्ण स्वतन्त्र बनाउने याे समयमा भारतिय उपनिवेशकतालाइ जयजयकार गर्ने चाहे हिमाली हाेस ,चाहे पहाडि वा मधेसि जाे काेहि हाेस त्याे सच्चा नेपाली हुन सक्दैन ।
नागरिकलाई चर्काे अान्दाेलनमा उक्साएर छाडेर ,मृत्युकाे खाडलमा जाकेर सुटुक्क सत्ता मा पस्ने काला नेताहरु मधेसि नेतालाइ चिन्न सच्चा मधेसि नेपालीले सक्नु पर्छ । मधेसकाे अधिकारकाे नाममा नाकाबन्दिलाई सघाउने ठिक हाे भन्दै भारतियलाइ भित्राउने काम प्रतिपात्दित र कठिन हुन्छ | देशका अाम नागरिकलाइ पीडा दिएर नत मधेस स्वतन्त्र बन्छ नत त्याे हितकारि नै हुन्छ।
मधेसलाइ नेपाल मान्ने तर त्यहाका नेपालीलाइ बिहारि देख्ने जुन खालकाे हाम्राे हेराई छ त्याे पनि सरासर गलत र दुखद छ । मधेसलाई उपेक्षा गरेर मधेसी नागरिककाे अात्म सम्मानमा चाेट पुर्याएर मजबुद नेपाल बन्न सक्दैन । पहाडि मधेसि,हिमाली क्षेत्रिय राजनिति काे बिजाराेपण गर्नेहरु पनि यतिखेर टाउकाेमा हात लगाउदै छन ।उनिहरु थुइक्क गर्दै हाेलान अाफ्नाे कदमप्रति । यदि राष्ट्रियता र स्वाभिमानलाइ जाेगाउन चाहने सच्चा नेपाली हाे हामी भने अर्काे तेश्राे देशसंग सम्झाैता गरेर देशमा अागाे बाल्नु नै बिषालु बन्छ । यसले मधेसि पहाडि र हिमालका नेपाली बिचकाे बुझाई र सम्बन्धमा अझै समस्या अाउछ ।
देशकाे सच्चा नागरिक बन्ने हाे भने हिमाल पहाड,तराई जहाँ बस्न पनि सकिन्छ । कुनै भुगाेल,जात र क्षेत्रकाे अाधारमा कटुता बढाउनु सबैभन्दा राष्ट्रघाती हुन्छ । हामी देशभित्रकाे समस्या देशमै समाधान गर्न सक्छाै । अन्य देशलाई हाम्राे देशमा परेड खेल्ने अबसर नदेउ,बरु एक छाक खाउ ,अाधा पेट खाउ नेपाली भएर खाउ ,अाफ्नाे पाैरख देखाएर खाउ । भन्न मन लाग्छ नेपाली हामी रहाैला, कहाँ नेपाल नरहे । जय स्वाभिमान जय नेपाल।