विश्वमा गाईको मासु निर्यात गर्ने मोदिलाई नेपाल हिन्दू राज्य किन चाहियो ?


  •              किरण बि.सी.

     

    सन १६०० मा बेलायतले पुर्वमा ब्यापार गर्न स्थापित इस्ट ईन्डिया कम्पनिले १८ औ र १९  औ शताब्दीमा सम्पूर्ण भारतलाई ऊपनिबेशमा पार्यो । भारतले १८५७  मा सैनिक बिद्रोह गर्ने कोशिश गर्यो तर त्यो तत्कालीन सरकारले सहजै पचाईदियो र भारत स्वतंत्रता बाट मुक्त भयो । तैपनि स्वतंत्रताको आकांक्षि भारतिय जनताले गरेको अथक प्रयास पछि सन १९४७  अगस्ट १५  मा स्वतंत्र भारतको रुपमा आफ्नो नामावलि दर्ता गरायो ।

     

    भारत स्वतन्त्र भएको केहि समय अगाडि र केहि समय पछि गरिएका षड्यन्त्रको  कारण स्वरुप गान्धि आफैले भारत र पाकिस्तान दुई वटा फरक फरक मुलुक र देश भएको घोषणा  गर्न बाध्य भए । भारत स्वतंत्र भएको बदला लिन सफल भएका ब्रिटिश सरकार र ईस्ट ईन्डिया कम्पनिले भारतलाई बिभाजन गर्न सड्यन्त्र गरे जस्तै , पाकिस्तान स्वतन्त्र भएको वदला लिन भारतीय हरुले षडयन्त्रको तानाबुना बाधेर लागे । पाकिस्तानलाई दुई टुक्रा पार्ने भारतिय चालको सहयोगमा सन १९७१  मार्च २५  मा पाकिस्तान दुई टुक्रा पार्न भारत सहयोगि बन्यो फलस्वरूप नया देशको रुपमा बंगलादेश बन्यो।

     

    भारत स्वतंत्रता पछि आफ्नो देशको संबिधानको यात्रमा सन १९४९ नोभेम्बर २७ मा निस्कियो र १९५०  जनवरि २७  मा आफ्नो संबिधानको टुङ्गो लगायर संबिधान घोसणा गर्यो । संबिधानको घोषणा संगै आजाद हिन्दूस्तानको पहिलो प्रधानमन्त्रि जबरलाल नेहरुले संबिधान लागु गर्ने विश्वास सहित प्रधानमन्त्रिको सपथ लिए ।आज सम्म केहि मुलुक बाहेक अधिक मुलुक संबिधानको घोषणा पछि गम्भीर आन्तरिक दन्दमा फसेका छन । भारत पनि गम्भीर आन्तरिक दन्दमा फस्यो । संविधान पछि दन्दको समाधान भनेको कि त माटो सुहाऊदो संबिधान दिन सक्नु  पर्छ कि त दक्षिण अफ्रिकि नेता नेल्सन मंडेला जस्तो त्याग गरेको स्वतंत्र शासनकर्ता पाऊन पर्छ  । भारत त्यो दुवै बिकल्प बाट मुक्त थियो र गम्भीर समस्यामा फस्यो ।

     

    नेहरु संबिधान लागुको लागि भन्दै बिभिन्न ठाऊमा आमसभा गर्थे, त्यस्तै क्रममा ऊनि एकदिन भारतको मद्रास राज्यको गुन्टुस शहरमा पुगे । गुन्टुसमा प्रधानमन्त्रि नेहरु बोल्ने पालो सुरु हुन बित्तिकै त्यहाका असन्तुष्टि रहेका जनताले  नाराबाजि, बिरोध संगै ढुङ्गा मुढा सुरु गरे । जस्को कारण थियो १९५१  मा तमिलनाडु, कर्नाटक ,केरला आन्ध्रा प्रदेश मा थियो, जसलाई मद्रास प्रदेश भनिन्थो । भारतको पहिलो स्वतंत्र प्रधानमन्त्रिको लागि पहिलो गाँसमै ढुङ्गा लागेपछि भारतबिरोधि ब्रिटस र इस्ट ईन्डियाको पक्षधरहरुले भन्न थालिसकेका थिए की  (It will be go on civil war ) “भारत छिट्टै गृहयुद्ध मा फस्नेछ”।

     

    जबहरलाल नेहरु प्रति गुन्टुसका जनताको भाषाको आधारमा राज्यको माग गरेका थिए  । नेहरुले भनेका थिए  “भाषाको आधारमा राज्यको माग गर्नु देश तोड्ने कुरा जस्तै हो”। एकातिर नेहरु अडानमा थिए  तर अर्को तिर गएर नेहरुले भाषणमा प्वाक्क भनिदिए  “आन्ध्रा राज्यको माग चाहि ठिकै हो” । नेहरुको भाषण मिडियामा आएपछि महाराष्ट्रमा मराठि -हिन्दि भाषि आदि मान्छे बस्थे जस्ले त्यहि भाषणलाई आधार मानी  तेलगु भाषि पनि हिन्दि र मराठिको रिसमा तातिन थाले ।

     

    भारतमा राज्य बाडफाड पछि बिवाद चुलिदै गयो र सरकारले बिवाद समाधानको लागि सन १८४८ मा एक आयोग गठन गर्यो । त्यो आयोगले सरकार समक्ष रिपोर्ट दिएर स्पस्ट धारणा दियो “भाषाको आधारमा राज्य दिनु हुदैन”। आयोगको धारणा पछि असन्तुष्ट पक्ष ऊग्र भयो । प्रधानमन्त्रि नेहरूले आफैले एऊटा फेरि आयोग गठन गरे । जसमा  सरदार भाई पटेल पनि थिय । जे.बि.पि  आयोगले पनि धारणा तय गर्यो र सन १९४९  मा कांग्रेस कार्यालयमा रिपोर्ट बुझायो । जस्मा लेखियको थियो “भाषाको आधारमा राज्य दिने निति १०  बर्षको लागि सार्ने ” त्यसपछि आवश्यक परे फेरि विचार गर्ने  धारणा बाहिर आऊने  बित्तिकै बाताबरण झन बिग्रियो र सोच्ने होईन अहिलेनै चाहियो भन्ने स्वरको संख्या बढ्यो । यो आयोगले तेलगु राज्यको माग जायज भएको केहि आधार पायो तर अलग आन्ध्रा राज्य  सपना नदेख्न भनेर भनियो ।

     

    ऊता जबहरलाल नेहरुकै नेता प्रकाशमले नेहरु बिरुद्द आफ्नो क्षेत्रमा बिपरित धारणा तय गरे । नेहरुले प्रकाशमलाई चिठ्ठि लेखेर  यसो नगर्न र आन्दोलन स्थगित गर्न आग्रह गरे । मद्रास मा तेलगु र तमिल दुबै आफ्नो हक माग्दै संघर्षमा  थिए ।  केहि सरकारको मान्छेले पनि भनेकि आन्ध्रा माग्ने हो भने मद्रास लाई छोड्नपर्छ । नेहरुले फेरि सरकार टिकाऊन भनिदिए “मद्रास छोडेपछि आन्ध्रा राज्य बनाऊदा हुन्छ”। नेहरुको यो वाक्य संगै आन्ध्रा प्रदेशका चर्चित नेता टि प्रकाशमले पार्टी छोडिदिय र किसान मजदुर नामक पार्टी मा लागे । किसान मजदुर पार्टिले आफ्नो धारणा तय गर्यो “मद्रास बिनाको आन्ध्रा प्रदेश अस्वीकार्य छ”। तेलगु भाषिको क्षेत्र आन्ध्रा प्रदेश कांग्रेसको घृणाको क्षेत्र जस्तै बन्यो फलस्वरूप सन १९५१  डिसेम्बर  २७  मा नेहरुलाई त्यहाका जनताले आमसभामै घेराबंदी गरे । त्यतिमात्र होईन सन १९५२  मा कांग्रेसले देशै भरि राम्रो मत ल्यायो तर तेलगुको कुल १४५  सिटमा ४३  सिट मात्र जित्यो बाकि सबै हार्यो अनि कहानी बदलियो ।

     

    रोयापोक्टा हाईरोड मेहलापुर मद्रास बस्ने “पुटि रामलु”१९५२  अक्टूबर १९  मा आन्ध्रा राज्य र मद्रास यसको राजधानि हुनुपर्ने माग सहित आमरण अनसन बसे । गान्धीबादि बिचारका ऊनि कठोर निर्णय सहित आमरण अनसन बसेपछि तेलगु भाषिको आन्दोलनले ऊग्र रुप लियो । आन्दोलन ऊग्र भएपछि प्रधानमन्त्रि नेहरुले १९५१  डिसेम्बरमा चिफ मिनिस्टर राजगोपाल लाई आन्दोलन रोक र यो माग पुरा हुदै हुदैन भनेर चिठ्ठी लेखे । प्रधानमन्त्रिको कदम बिरुद्द जनता ऊग्र भए र आन्दोलन नियन्त्रण बाहिर गएपछि फेरि नेहरुले १९५२  डिसेम्बर १२ अर्थात्  ९  दिन पछि चिठ्ठि लेखेर “अब बक्त आयो दिने भनेर भने” तर घोषणा  नगरि अनसन नतोड्ने भनेर पुटि रामलुले अनसन जारि राखे । सन १९५१ डिसेम्बर १५ मा पुटि रामलुको ५७  दिने भोकले मृत्यु भयो । रेल स्टेसन ,पुलिसका कार्यालय, चौकि र सार्वजनिक स्थल आन्दोलनकारिको निसानामा परे ,प्रहरिले पनि गोलिवारि गर्यो र ७  जना आन्दोलनकारिको मृत्यु भयो ।  धेरै अन्धा अपाङ्ग र घाईते भए । १९५२ डिसेम्बर १९  मा आन्ध्रा राज्य घोषणा भयो तर पुटिन रामलु जस्को आत्माले आन्ध्रा राज्य मागेको थियो ऊनि रहेनन् ।

     

    त्यसकारण भारतको संबिधानको बिरुद्द पनि धेरै जनताले रगत बगाएका छन । अझैपनि भारतको संबिधानको बिपक्षमा ठुलो जनमत छ । भारत चोखो छ भन्ने भारतिय घमन्ड कायरपुर्ण छ । भारत पछिल्लो समय दिनप्रतिदिन हिङ्सामा नसालु बन्दै छ । जसको ज्वलन्त ऊदाहरण झारखंड मा छोपेर बन्दि भएका माओवादी लाई गोलि हानि निर्मम तरिकारे मार्नु । नेपालको संबिधानको बारेमा फैसला गर्ने नेपाली जनतानै हुन्  । होला असहमति का थुप्रै पक्षधर छन तर त्यसको काधमा चढेर भारत नेपालको अस्मितामा रमन खोज्नु कायरता हो । राज्य बाँडफांड  सम्बन्धमा भारतकै जनतामा पनि षडयन्त्र भएका छन  ।  जस्तै गोर्खाल्याण्ड  अहिलेसम्म सम्बोधन नहुनु  दिल्लि स्वशासित राज्य नहुनु  यसका ज्वलन्त ऊदाहरण हुन ।

     

    यदि भारतको नेपाल हिन्दु राज्य नभएको गुनासो हो भने पहिला आफ्नो देशलाई धार्मिकताको बाटो डोर्याएर  देखाउन सक्न पर्छ । हिन्दुस्तानको हिन्दु राज्यमा गाईको मासु निर्यात अधिक हुनु भारतको बेईज्जती  हो ।भारत ब्राजिल पछि गाईको मासु निर्यात गर्ने संसारको दोस्रो देश हो । संसारका चर्चित गौ ब्यबसायि वा गाईको मासु निर्यात गर्ने १० जना मध्य भारतमा ६  जना छन ।  भारतका ति ६  चर्चित अन्तरास्ट्रिय ब्यापारि मध्य ४ जना हिन्दु धर्मका अनुयाई नै हुन । मोदि सरकारको खरबौ पैसा गाईको मासु निर्यात बाट आऊछ । गाईको मासु विश्वबजारमा निर्यात गर्ने हिन्दु ब्यापारि जस्तै -१.AL-kabeer exports pvt.Ltd Owners name- Mr.Shatish and mr .Atul sabharwal.. Ade~92,jolly makers, chembur Mumbai ~400021

    २. Arabian exports pvt Ltd.. Owener.. Mr.sunil kappor Add- Russian mansions,overseas mumbi-400001

    ३. M K R frozen food exports pvt Ltd.. Owners..mr madan abott Add mG road -janapath ,Newdehil..110001

    ४. PML industry pvt Ltd Owner .. Mr..AS bindra Add-sco 62-63~sector.34~AChandigahar 1600022…सबै हिन्दु नै हुन ।

     

    भारतको  चासोमा चिन पर्नु नेपालको कुनै दोष छैन ।  भारतले संबिधान घोषणा पछि चालेको कदम  नेपाल चिन सम्बन्ध कुनै गलत कुरा होईन । लिखित संबिधानको सुरुवात सन १७८९  देखि फ्रान्स बाट सुरु हुदै २०१५  मा नेपाल सम्म पुग्दा संबिधानप्रति नाङ्गो हस्तक्षेप र संसोधनको गैर कुटनितिक पहल चाल्ने देश भारत पहिलो हो ।आफ्नो पक्षमा रहने गरि कुटनितिक पहल कदमि लिनु अनौठो होईन तर हिड्दै गर्दा बाटो छेक्नु पाप र अपराध दुबै हो ।

     

    संसारका १७ औ स्वाधिन राज्यका हामि नेपालि अझैपनि भारतको ब्रिटिस गुलामि भारतलाई सम्झाईदिने औकात राख्छौ  । संसारको बिर गोर्खालिको छेकबार बनेर भारत होईन जुनसुकै मुलुक ऊभिन्छ भने हामि ऐकजुट भएर सामना गर्न तयार हुनुपर्छ ।  किनकि हामिलाई थाहा छ बैदेशिक हस्तक्षेप सहने जात नेपालि जात होईन र महाभारतमा पनि स्पस्ट लेखियको छ “मुहुर्तम ज्वलितम स्रये” ” न तु धुमायितम चिरम” अर्थात्, ,धुवायर धेरै दिन बाच्न भन्दा ऐकै छिन मशाल जस्तो दन्केर सकिनु ऊत्तम हुन्छ । हामि त्यसको लागि तयार होऔं ।

     

     

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...