धन साम्पाङको ‘सानुमाया’ आईतबार विमोचन हुदैं
सोल-युवा गीतकार, संगीतकार तथा Cinematographer साम लिम्बुको शब्द/संगीतमा धन साम्पाङ राईको गीति एल्बम ” सानुमाया ” (Sanu Maya) यहीँ नोभेम्बर 8 तारिकको दिन ” पुर्वाअञ्चल सरोकार सामाज” दक्षिण कोरियाले आयोजना गर्ने सास्कृतिक कार्यक्रममा बिमोचन हुने भएको छ ।
पाँच वटा गीतहरु समावेस भएको सो एल्बममा साम लिम्बुले संगीत भरेका छन भने D.P Khanal तथा साम लिम्बुकै शब्द रहेको छ ।यो एल्बम Harvest Media ले बजारमा ल्याएको हो।
” हाम्रो भाषा धर्म र संस्कृतिमा विविधता, प्रवासमा रहेको नेपालीहरुमा एकता ” भन्ने नाराका साथ आयोजना गर्न लागिएको सो कार्यक्रममा नेपाली परिकारको स्वाद संगै संस्कृतिक कार्यक्रमको साथ स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने छ भने दशै,तिहर,छठ,उभौली तथा नेपाल सम्वतको शुभकामना आदनप्रदान हुनेछ ।
विस्तृत जानकारीको लागि
काजी नेपाल: 01064641511