Advertisement
SKIP THIS

इपिएस कामदार नेपाल फर्किएनन्


सन्तोष पोखरेल
पोखरा- रोजगार अनुमति प्रणाली (इपिएस) कोटामा दक्षिण कोरिया पुगेका नेपाली अवधि सकिँदा पनि लुकीछिपी त्यहीँ बसिरहेको पाइएको छ। गत जुलाईमै कार्यावधि पूरा भइसकेका कामदार अझै स्वदेश नफर्केका हुन्।

 

वैशाख १२ को विनाशकारी भूकम्पपछि कोरियामा रहेका नेपाली कामदारले गैरकानुनी बसाइ लम्ब्याएको वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले जनाएको छ। शाखा निर्देशक डिल्लीराम बाँस्तोलाले जुलाईयता फर्कनुपर्ने करिब १३ सय कामदार भूकम्पले घरबास क्षति भएको खबरपछि उतै रोकिएको जानकारी दिए। ‘हामीले बुभदा भूकम्पपछि नेपालमा काम पाउने अवस्था नदेखेरै उनीहरू गैरकानुनी रूपमा कोरियामा बसिरहेका हुन्,’ उनले भने।

 

बाँस्तोलाका अनुसार सन् २०१० सम्म कोरिया भाषा परीक्षा उत्तीर्ण भई गएका ७ हजारमध्ये करिब १८ प्रतिशत कामदार गैरकानुनी रूपमा बसेका छन्।

 

‘त्यसरी बसेका कामदारलाई फर्किन भनिसकेका छौं,’ उनले भने, ‘कोरिया सरकारलाई पनि त्यसका लागि आग्रह गरेका छौं।’ अघिल्लो वर्षसम्म गैरकानुनी बसाइ गर्ने कामदारको संख्या ४.५ प्रतिशत रहेकोमा अहिले निकै बढेको जानकारी दिँदै बाँस्तोलाले यस्तो प्रवृत्ति बढ्दा नेपालले पाउँदै आएको कामदार कोटा कटौती हुन सक्ने जोखिम दर्साए।

 

कोरियाले पहिलोपटक सन् २००८ मा इपिएसअन्तर्गत नेपाली कामदार लैजान थालेयता ३३ हजार ५ सय जना त्यहाँ पुगिसकेका छन्। पहिलो पटक गएर ४ वर्ष १० महिना बसेका कामदार नेपाल फर्केपछि दोहोर्याएर जान चाहे फेरि पहिलेकैजति समय बस्न पाउने व्यवस्था छ।कोरियाको मानव संसाधन विकास सेवा (एचआरडी) को नेपालस्थित शाखाका निर्देशक ली डोङ सिर्कले पनि भूकम्पपछि गैरकानुनी रुपमा बस्ने नेपाली कामदारको संख्या बढ्दै गएको बताए।

 

‘कोरिया सरकारले बर्सेनि कामदारबारे अध्ययन गर्दै आएको छ, भूकम्पपछि नेपाली कामदारले गैरकानुनी बसाइ लम्ब्याएको पाएका छौं,’ उनले भने, ‘यसले कामदार कोटामा असर पार्न सक्छ।’

 

भियतनामका कामदारको गैरकानुनी बसाइ अवधि बढेपछि कोरियाले सन् २०१३ मा त्यहाँका कामदार नलिएको जानकारी गराउँदै उनले सम्बन्धित मुलुकले आफ्ना कामदारको गैरकानुनी बसाइ रोक्न नीति बनाउन सुझाए।निर्देशक लीका अनुसार गैरकानुनी रुपमा बस्ने नेपाल कामदार सन् २०१३ मा ३ दशमलव ६ र २०१४ मा ४ दशमलव ५ प्रतिशत रहेकोमा अहिले बढेर १८ प्रतिशत पुगिसकेको छ।

 

यसअघि गैरकानुनी रुपमा बस्ने नेपालीको संख्या तुलनात्मक रुपमा कम देखिएकै कारण कोरिया सरकारले कामदार भिœयाउने १५ देशमध्ये नेपालले दोस्रो बढी कोटा उपलब्ध गराएको लीले स्मरण गराए। कोरियाले इपिएसअन्तर्गत कम्बोडियाबाट सबैभन्दा बढी ७ हजार ७३ जना कामदार लैजाँदै आएकोमा नेपाललाई ५ हजार ३ सय ६४ जनाको कोटा उपलब्ध गराउँदै आएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...