कोरियामा नदीमा गुड्ने बस संचालनमा
फोनिज कोरिया संवाददाता
सोल
दक्षिण कोरियामा सडकदेखी नदीसम्म गुड्ने बस संचालनामा आएको छ । आक्वा कोरिया ट्राभर कम्पनीले संचालनमा ल्याएको सो बस सडकमा प्रति घण्टा १ सय ४० किलोमिटर र नदीमा १८ दशमल ५ किलोमिटरको गतीमा गुडन सक्ने कम्पनीले दावी गरेको छ ।
सो बसमा सडकमा गुड्ने एउटा र पानीमा गुड्ने २ वटा इन्जिन राखिएको छ । इन्छनमा बुधबारदेखि परिक्षणमा ल्याएको सो बसलाई मे १५ तारिखदेखि संचालनमा ल्याइने जनाएको छ । यस्ता बस हाल ५ वटा बनाइएको मा एउटा बसको निमार्ण खर्च १० विलियन वन रहेको कम्पनीले जनाएको छ । १२ हजार वजनको सो बसमा ३५ जना यात्री र चार जना कर्मचारी सहित ३९ जनाको क्षमता रहेको छ । विहान साडे नौबाट साडे छ बजेसम्म चल्ने चल्ने सो बसको भाडा दर वायश्कलाई ३० हाजर युवालाई २५ र बालबालिकालाई २० हजार वन तोकिएको छ ।