Advertisement
SKIP THIS

दुई विषयमा डिग्री गरेका राई किबी खेतीमा , लोभलाग्दो आम्दानी गर्दै


 

खोटाङ – खोटाङको दोर्पाचिउरीडाँडा–८ का शुभचन्द्र राईले किबीको बिरुवा बिक्री गरेर लोभलाग्दो आम्दानी गर्नु भएको छ । तीन वर्षदेखि किबीको व्यवसायिक नर्सरी सुरु गर्नुभएका राईले वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गरिरहनुभएको छ ।

सदरमुकाम दिक्तेलनजिक पर्ने नेर्पाको तालखर्कमा २० रोपनी जग्गामा किबी खेती लगाउनु भएका राईले किबीको एउटा बिरुवा ६ सय रुपैयाँसम्ममा बिक्री गर्दैआउनु भएको छ । कानुनमा बिएल तथा समाज शास्त्र र राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएका राईले यस वर्ष गोल्डेन, हेवार्ड र रेड प्रजातिका गरी ६ हजार ७ सय वटा किबीका बिरुवा बिक्री गरेको बताउनभयो ।

राईको शुभ कृषि फार्मबाट हेवार्ड प्रजातिको किबीको बिरुवा एउटाको ३ सय ५०, रेड प्रजातीको एउटाको पाँच सय र गोल्डेन प्रजातीको किबीको बिरुवा एउटाको ६ सय रुपैयाँमा बिक्री हुने गरेको छ । फार्ममा उत्पादन भएको बिरुवा नर्सरीबाटै बिक्री हुने गरेको राईले बताउनुभयो ।पछिल्लो समय जिल्लाका कृषक किबी खेतीप्रति आकर्षित बनेपछि आउँदो वर्ष १२ हजार बिरुवा उत्पादन गर्ने तयारी गरेको उहाँले बताउनुभयो ।

 

 

फार्मका प्रबन्ध निर्देशक रहेका राईका अनुसार नर्सरीमा उत्पादित किबीको बिरुवा जिल्लाभित्रका सबै गाविस तथा छिमेकी जिल्ला भोजपुरमासमेत निर्यात हुने गरेको छ । विभिन्न क्याम्पसमा अध्यापन तथा वकालतको काम गरेका ४५ वर्षका राईको व्यवसायिक नर्सरी खेतीका कारण स्थानीय तीन युवाले गाउँमै रोजगारीको अवसर पाएका छन् । थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने भएकाले किबी खेती सुरु गरेको राईको भनाई छ ।

‘तीन वर्ष पहिले रोपेको बिरुवाले यस वर्षबाट फल दिन थालेको छ ।’ पूर्वगाविस अध्यक्ष समेत रहेका राईले भन्नुभयो ‘सुरुबाटै राम्रो फल दिएकाले आगामी दिनमा अझै बढाउने तयारी गरेको छु ।’ राईको फार्ममा किबीसँगै पाउलोनिया, सिताके च्याउ, कुरिलो, स्याउ, नास्पातीका साथै विभिन्न प्रजातिका बिरुवा पनि पाइन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • कोरियामा रसुवा समाज स्थापना
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • ‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...