नाकाबन्दीको असर सेयर बजार ३० अंकले घटयो


 
 
काठमाडौं । भारतीय नाकाबन्दीले अर्थतन्त्र अस्तव्यस्त भएपछि सेयर बजारमा पनि पहिरो गएको छ । दसैंपछिको दोस्रो कारोबार दिन बजारमा २९.३२ अंकको गिरावट आएको छ । हरियो भएर खुलेको बजार केही मिनेटमै रातो भएपछि पुरानो रंगमा फर्किन पाएन ।
 
 
नाकाबन्दीले अर्थतन्त्रलाई अस्तव्यस्त पारेपछि बजारमा त्यसको नकारात्मक असर परेको हो । बैंक तथा वित्तीय संस्थालगायत अन्य कम्पनीहरुले धमाधम आकर्षक लाभांस घोषणा गर्दा बजार बढ्ने गर्थियो तर अहिले नाकाबन्दीले उद्योगधन्दा ठप्प भएको र पुँजी परिचालन हुन नसकेको असर स्टक मार्केटमा देखिएको हो ।
 
 
उद्योगधन्दा धेरै भएको तराईमा मधेसी मोर्चाको निरन्तरको आन्दोलन र भारतको नाकाबन्दीका कारण अर्थतन्त्र अस्तव्यस्त भएको छ । दसैंका बेलामा निकै चलायमान हुने बजार यसपाली सुनसान भएकाले पनि अर्थतन्त्रमा पुँजी परिचालन हुन सकेन ।
 
 
अर्थतन्त्रमा चौतर्फी असर पर्दा सेयर बजारमा मंगलबार पहिरो गएको हो । कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ ।दिनभरीमा ८३ कम्पनीको २० करोड ७२ लाख रुपैयाँको सेयर कारोवार भएको छ । कुल तीन लाख ६१ हजार ६१६ कित्ता सेयर कारोबार भएका छन् ।
 
 
बजारका सबै सुचक ओरालो लागेको छ । सबैभन्दा वढी बिमा ९०.७ अंक, जलविद्युत् ७७.५३, बैंकिङ ३५.९२ अंकले झरेको छ । होटल २२.३१, विकास बैंक १६.७५, फाइनान्स ४.९५ र अन्य ७.०४ अंकले घटेको छ ।
 
 
कुल ८३ कम्पनीको सेयर कारोबार भएकोमा जम्मा दुईको मात्र मूल्य बढेको छ । वरुण हाइड्रोको ३५ रुपैयाँ र कर्णाली डेभलपमेन्टको २० रुपैयाँले मूल्य बढेको छ । केही कम्पनीको मूल्यस्थिर रहेपनि अधिकांसको घटेको छ ।
 
 
सबैभन्दा वढी एभरेष्ट बैंकको दुई करोड आठ लाखको सेयर कारोबार भएको छ । बैंकको सेयर मूल्य घटेर २७०२ रुपैयाँमा आएको छ । नेपाल इन्भेष्टमेन्टको साधारण एक करोड ५९ लाख, संस्थापक एक करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनसीसीको अधिवेशन जुन ४ मा हुने
  • चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३ सम्पन्न, उपाधि फारान एफसिलाई
  • नेफिन कोरियाको विशेष अधिवेशन मे २८ हुने
  • धनकुटा सेवा समाज कोरियाद्वारा बिरामीलाई आर्थिक सहयोग
  • ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...