स्याङ्जा परिवारको बार्षिक भेला, सम्मान तथा बिदाई कार्यक्रम हुने


सोल कोरिया

नेपाली चाड दिपावालीको अवसर पारेर स्याङ्जा परिवार दक्षिण कोरियाले वार्षिक भेला, सम्मान तथा बिदाई कार्यक्रम आयोजना गर्ने भएको छ ।

अगामी नोभेम्बर १४ तारिक शनिबार साँझ ८ बजे सोलको दोङ्देमुनमा कार्यक्रम आयोजना गर्न लागेको संस्थाका अध्यक्ष धर्म गुरुङ्ले जानकारी दिए ।

गुरुङ्का अनुसार संस्थाको सबै स्याङ्जालीहरुलाई एकिकृत गराउने हेतुले आयोजना गरिने वार्षिक भेलामा गएको अगष्ट २ तारिकमा सम्पन्न दोस्रो स्याङ्जा कप भलिबल प्रतियोगितामा आर्थिक, भौतिक र नैतिक सहयोग गर्नेलाई सम्मान गरिने भएको हो ।

त्यस्तै सोही अवसरमा अगामी डिसेम्बरमा आफ्नो पाँच वर्षे कोरिया बसाईलाई सकाएर नेपाल फर्किन लागेका संस्थाका बरिष्ठ उपाध्यक्ष दिपेन्द्र अधिकारी, उपाध्यक्ष याम गुरुङ्, सह–सचिव मित्रबन्धु काफ्ले र सदस्य मनिप्रसाद खनाललाई बिदाई गरिने बताईएको छ ।

कार्यक्रममा स–शुल्क रात्रीभोजको ब्यवस्था पनि गरिने परिवारका अध्यक्ष गुरुङ्ले जानकारी दिए ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...